
































प्रचण्डको प्रस्ताव मोर्चाद्वारा अस्वीकार : मोर्चाले माग्यो प्याकेजमा सहमति
प्रचण्डले समावेशी, समानुपातिक, निर्वाचन क्षेत्र निर्धारण लगायतका विषय अहिले टुंगाएर जाने र सीमांकनको विषयमा अझै सहमति नबनिसकेको अवस्थामा संसद्भित्रै एउटा समिति वा राजनीतिक समिति गठन गरेर निश्चित अवधिमा निर्णय गर्ने गरी जाने भन्ने प्रस्ताव राखेका थिए । तर, मधेशी मोर्चाका नेताहरुले प्रचण्डको प्रस्ताव अस्वीकार गर्दै प्याकेजमा नै सहमति गर्नुपर्ने माग गरेका थिए । मोर्चाका नेताहरुले सीमांकनबारे ठोस प्रस्ताव लिएर आउनका लागि सरकार पक्षलाई माग गरेका थिए । ...... मधेशी मोर्चाले मोर्चाले प्याकेजमा नै सहमति खोजेपछि सरकारी पक्षले सीमांकनको विषयमा पनि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलहरुसँग छलफल गरेर छिटोभन्दा छिटो प्याकेजमा ठोस प्रस्ताव ल्याउने आश्वासन दिएका थिए । ...... आजको बैठकमा कुनै नयाँ कुरा नभएको तराई मधेश सद्भावना पार्टीका रामनरेश राय यादवले रातोपाटीसँग भने । .....बैठकपछि निकै आक्रोशित देखिएका उपेन्द्र यादवले पनि निर्णायक वार्ता भनेर प्रचारवाजी गरिए पनि सरकारी पक्षले कुनै तयारी नै नगरी आएको बताए । ‘वार्ताको नाममा चिया र बिस्कुट खाने काम भयो,’ उनले भने ुअब सडकतिर भेटेर चिया बिस्कुट खाँदा हुन्छ।’
...... यसअघिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समेत उपस्थित रहेकोमा आजको बैठकमा भने कांग्रेसका कोही नेता उपस्थित भएनन् । आफूहरुलाई ढिला जानकारी दिएको र वार्ता छ भने २४ घण्टाअघि नै जानकारी दिनुपर्ने बताउँदैमा वार्तामा आउन अस्वीकार गरेका थिए । ‘नेपाली कांग्रेसका नेताहरुसँगै बसेर आजको बैठक तय भएको थियो तर आज वहाँहरुले खै किन आउन मान्नुभएन,’ बैठकमा सहभागी सरकार पक्षका एक नेताले रातोपाटीसँग भने ।
थारु र मधेसीका कुरालाई सुनेको नसुनै गरेर कहॉसम्म जान सकिएला ? ओली काकालाई खुलापत्र
निर्णायक वार्ता नेपालका लागि घातक : बिजुक्छे
बिजुक्छेले देशका नदी नाला दिएरभन्दा वार्ता असफल हुनु नै राम्रो भएको टिप्पणी गरे । ..... नेपाली राजनीतिमा सबैभन्दा कमजोर नेताका रुपमा पुष्पकमल दाहाल रहेको र प्रधानमन्त्री बनिसकेका दाहाल, बाबुरामले आफुले के काम गरे त्यसको विषयमा समेत समिक्षा गर्नु पर्ने भन्दै बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले देशका नाममा दिएको सन्देश सकारात्मकका रहेको टिप्पणी गरेका छन् । सिंहदरबारमा झुन्डाएर राखिएका प्रधानमन्त्रीका तस्वीरहरु नियाल्दै कसको कार्यकालमा कस्ता काम भएका थिए भन्ने मुल्यांकन र समिक्षा गर्नु पर्ने भन्दै उनले हाल आएर अरुलाई दोष लगाउने परम्पराको रोग परित्याग गर्नु पर्नेमा जोड दिए । ‘औषधिको हाहाकर छ, अक्सिजन छैन तर पनि स्वास्थ्य मन्त्री के गरिरहेका छन् ?’, उनले प्रश्न गरे,‘यो जटिल प्रश्न उब्जिएको छ ।’ अन्य सहयोगी देशहरुसँग कुटनीतिक पहल गरि औषधि र अक्सिजन ल्याउन पहल गर्नु समेत उनले बताए । ...... नेपालमा दुईवटा तराई रहेको विषयलाई बुझ्न नसक्नु र तराईका कामदारवर्ग यो तराई आन्दोलनको पिल्साईमा परेको भन्दै बिजुक्छेले यतिबेला बिगतमा मन्त्री भइसकेका र जनताबाट पराजित भएका जमिन्दारहरुको आन्दोलनमा भारतका गुण्डाहरु आएर तराईका नेपालीलाई दु:ख दिइरहेको बताए ।डिजेल बोकेको ट्रिपरमा आगजनी गरियो
सीमांकन बारे दाहालको प्रस्तावको विपक्षमा कांग्रेस-एमाले नेता
झलनाथ खनालले दाहालले ल्याए जस्तो सीमांंकन हेरफेर गर्नेमा सहमत हुन नसकिने बताए । ‘तराई र पहाडका जिल्ला छुट्याउने खालको सीमांकनमा एमाले सहमत हुनसक्दैन,’ उनले कान्तिपुरसँग भने, ‘दाहालले ल्याएको प्रस्तावबारे पार्टीमा छलफल भएको छैन, यदि त्यस्तो प्रस्ताव आयो भने हाम्रो पार्टी त्यसमा सहमत हुन्छ जस्तो लाग्दैन ।’ ...... कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि दाहालले भनेजस्तो सीमांकन हेरफेरको प्रस्तावले समस्याको हल नहुने बताए । सीमांकन मिलाउन राजनीतिक संयन्त्र बनाउनु पर्ने कांग्रेसको धारणा रहेको सिटौलाले बताए । ........ आन्दोलनरत मधेसी मोर्चाले सीमाकंनलाई बटम लाईन बनाउदै आएका छन् । सीमांकन हेरफेर नभई अहिलेको समस्या समाधान नहुने भन्दै मोर्चाका नेताहरुले नयाँ सीमाकंन सम्बन्धी सत्तारुढ दल र प्रमुख प्रतिपक्ष कांग्रेसको औपचारिक धारणा समेत माग गर्दै आएका छन् । उनीहरुले सीमाकंन सम्बन्धी धारणा नआए वार्तामा नबस्ने चेतावनी समेत दिँदै आएका छन ।अखण्ड मोरङ, सुनसरी र झापाको पक्षमा आन्दोलन सुरु
अखण्ड सुनसरी, मोरङ र झापाको माग गर्दै यहाँका आठ दल, बुद्धिजीबी र पेशाकर्मी सहितको नागरिक समाज आन्दोलनमा उत्रिने तयारी गरेको छ । ........ उनीहरुले कानून व्यवसायी, शिक्षक, अर्थविद, राजनीतिज्ञ, सञ्चारकर्मी, शिक्षण संस्थाका सञ्चालक, अधिकारकर्मी, टोल समन्वय समिति र पेसाकर्मी सहितको १५ सदस्यीय नागरिक समाज गठन गरी आन्दोलनको तयारी गरेका हुन् । ....... उनका अनुसार अखण्ड मोरङ, सुनसरी र झापालाई टुक्र्याएर प्रदेश नम्बर २ मा मिसाए यहाँको नागरिक समाज जुनसुकै मूल्य चुकाउन पनि पछि नपर्ने समाजले निर्णय गरेको छ । .............. केन्द्रीय अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारी र संरक्षकमा प्रधानमन्त्री केपी शर्मा ओली रहेको मदन भण्डारी फाउण्डेशन जिल्ला समिति मोरङले पनि अखण्ड मोरङ, सुनसरी र झापालाई टुक्र्याएर प्रदेश नम्बर २ मा गाभ्ने सरकारको तयारीको विरोध गरेको छ ।चाहिएजति इन्धन दिन चीन तयार : आपूर्तिमन्त्री
'आवश्यक परे पाइपलाइन समेत बनाउन चीन सरकार सहमत'
चीनले मागेजति इन्धन दिने आश्वासन दिएको छ ।निर्णायक भनिएको वार्ता यत्तिकै सकियोतर, समस्या यातायातको छ,’ अनौपचारिक चीन भ्रमणबाट मंगलबार फर्केका आपूर्तिमन्त्री पुनले भने, ‘समस्या समाधन गर्न पूर्वाधार र पाइपलाइन निर्माणको प्रक्रिया अघि बढाउने छौं ।’
...... ‘छलफलको क्रममा राम्रो वातावरण निर्माण भएको छ,’ मन्त्री पुनले भने । उनका अनुसार चीनबाट पेट्रिल, डिजेल, ग्यासलगायत सबै प्रकारको इन्धन आयात गरिने छ । आयात गर्दा केही कठिनाइ र चुनौती भए पनि इन्धन भित्र्याइने मन्त्रालयको दाबी छ । ...... व्यावसायिक रूपमा इन्धन ढुवानी प्रक्रिया मिलाउन मन्त्रालय र सरकारी टोली सम्भवत: शुक्रबार चीन प्रस्थान गर्ने मन्त्री पुनले बताए । ‘व्यावसायिक सम्झौताका लागि एउटा टिम छिट्टै जाने छ,’ उनले भने, ‘सबै प्रक्रिया पूरा भए टोली शुक्रबार जाने छ । त्यसका लागि गृहकार्य भइरहेको छ ।’ टोलीले नाका, मूल्य, परिमाणलगायत विषयमा सम्झौता गर्ने मन्त्रालयले जनाएको छ । ...... चीन स्वामित्वमा पेट्रो चाइनाले निगमलाई सोमबार साँझ इमेलमार्फत पत्राचार गरी सम्झौताका लागि बोलाइसकेको छ । पेट्रो चाइनासँग गरिएको समझदारीअनुसार नेपालको जम्मा खपतको ३३ प्रतिशतसम्म इन्धन आयात गर्न सकिने छ । बाँकी दुई तिहाइ भने भारतबाटै आयात गर्ने निगमको तयारी हो । उक्त आधारमा पेट्रो चाइनाले करिब ३५ देखि ४० अर्ब रुपैयाँ सम्मको कारोबार गर्ने छ । ........ मन्त्री पुनका अनुसार अनौपचारिक छलफलका क्रममा चीनको स्थानीय कर मिनाहा गर्न अनुरोध गरेको बताए । कर छुट भए इन्धनको मूल्य भारतसरह हुने उनले बताए । ‘अनौपचारिक रूपमा स्थानीय कर मिनाहा गरिदिन अनुरोध गरेको छु,’ उनले भने, ‘स्थानीय कर मिनाहा भए मूल्य भारतबाटै आयात गरेकै जस्तो पर्छ । बजार मूल्यसरह नै हुन्छ ।’ ...... यस्तै, अर्को विकल्पको खोजीमा निगमका इन्जिनियर तथा परियोजना विभाग प्रमुख वीरेन्द्र गोइत र आपूर्ति तथा वितरण विभागका प्रमुख मुकुन्दप्रसाद घिमिरे बंगलादेश गएका छन् । इन्धन आयातको अध्ययन गर्न दुई–तीनअघि बंगलादेश गएका हुन् । ‘बंगलादेशमा बंगलादेश पेट्रोलियम कर्पोरेसन्ससँग छलफल भएको जानकारी पाएका छौं,’ निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले भने । ....... निगमका अनुसार पछिल्लो समय भारतीय आयल कर्पोरेसन्स (आईओसी) ले नेपालका लागि इन्धन लोडिङमा केही खुकुलो गरेको छ । पहिले इन्धन भर्न गएका कन्टेनरहरूमध्ये करिब १० प्रतिशत मात्रै लोडिङ दिने गरेको आईओसीले हिजोआज ३०/३५ प्रतिशतसम्म लोड दिने गरेको निगमले जनाएको छ । ....... बंगलादेश नेपाललाई इन्धन निर्यात गर्न सकारात्मक देखिएको छ ।बंगलादेशबाट इन्धन ल्याउँदा भारतले अवरोध गर्ने सम्भावना भने कायमै छ ।
बंगलादेशबाट नेपाल आउने छोटो बाटोका नाका काकडभिट्टामा भारतले अवरोध गरिरहेको छ । ........ अतिकम बिकसित मुलुकको पारवहन अधिकार दिन भारतलाई आग्रह गर्ने सरकारको तयारी छ । ढुवानी गर्दा भारतले अवरोध गरे हवाइजहाजबाट ल्याउन सकिने मन्त्री पुनले बताए ।‘बंगलादेशबाट आयात गर्दा पनि बाटो भारतकै प्रयोग गर्ने हो । सडकबाट ल्याउन नपाए हवाइजहाजबाट ल्याउछौं,’ मन्त्री पुनले भने, ‘त्यसमा पनि अवरोध गरे पारवाहन अधिकार प्रयोग गर्छौं ।’
पारवाहन अधिकार अनुसार तेस्रो मुलुकबाट ढुवानी गरेको सामान भारतले रोक्न मिल्दैन । ‘सन्धी अनुसार रोक्न मिल्दैन । अवरोध गरे अर्को उपाय खोज्छौं,’ मन्त्री पुनले भने । ....... ग्यासको विकल्पमा दुई/तीन दिन भित्रै मट्टितेल बाँडिने मन्त्रालयले जनाएको छ । मन्त्री पुनका अनुसार निगमले आफूसँग भएको मौज्दातको मट्टितेल वितरण गर्नेछ । मन्त्रालयका अनुसार निगमको विभिन्न डिपोमा करिब १० लाख लिटर मट्टितेल मौज्दात छ ।
No comments:
Post a Comment