कैलाली घटनाको खबर आउनासाथ लर्बराउँदै उपेन्द्र भारततिर
तमलोपा अध्यक्ष महन्थ ठाकुरले भाषण गर्दागर्दै फोरम अध्यक्ष यादव र सद्भावनाका अध्यक्ष राजेन्द्र महतोलाई कहींबाट पालैपालो फोन आये । सोमबार दिउसो टीकापुरमा आन्दोलनकारीले सात सुरक्षाकर्मीको हत्या गरेको खबर आएको थियो त्यतिबेला । निक्कै अत्तालिएका यादव त्यस लगत्तै भाषण नै नसकी भारत छिरेका छन् । फोन गोजीमा राखेर खाटमा उक्लिएका उनको बोली लर्बराउँद थियो । प्राविधिक कठिनाई आएको भन्दै हतारमा निस्किए र, सुटुक्क पसे भारततिर । उनी भारत नै गएको नदेखाउन मोटरसाइकल चढेर बिर्तामोडको उत्तर शनिश्चरे लाइनतर्फ लागेका थिए । तर, शनिश्चरे लाइन पस्नासाथ अलिकतिमास्तिर एभरेष्ट बैंकबाट पूर्व छिरेर कन्काई कलेजको रोड हुँदै फेरि राजमार्गमै निस्किए । त्यसपछि यति तीव गतिमा भागे की, आधा घण्टामा नै भारतको सिलिगुढी पुगे । कैलालीमा आक्रमण भएको सुन्नासाथ डरले ओठमुख सुकेका तमलोपा अध्यक्ष ठाकुर, सद्भावना अध्यक्ष राजेन्द महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव लगायत नेता कुन दुलोमा पसे, कसैले पत्तै पाउन सकेनन् । फोन आएपछि निकै अत्तालिएका महेन्द्रराय यादव भाषण गर्दागर्दै कार्यक्रम संचालकमाथि झम्टँदै थिए ।
यस्ताे थियाे माओवादी जनयुद्धको पहिलो ‘होलटाइमर’ राइफल, एउटै बन्दुकले सुरू भएकाे थियाे जनयुद्ध
तस्वीरमा भएको ३–०–३ राइफल माओवादी जनयुद्धको तयारीको राइफल हो । यही राइफलबाट माओवादीका केन्द्रीय नेताहरुलाई पहलिो सैन्य तालिम दिइएको थियो । माओवादी नेता देव गुरुङको सहयोगमा मनाङका ब्रिटिश लाहुरेबाट सहयोग लिइएका २ थान राइफल मध्ये अर्को एक राइफल चालु अवस्थामा थिएन । चल्ने अवस्थामा भएको यही राइफलबाट प्रचण्ड, बाबुराम, बादल लगायतले चितवनको राप्ती किनारमा माओवादी नेताहरुले तालिम लिएको ...... तात्कालीन माओवादीसँग त्यतिबेला यही एउटामात्रै राइफल थियो । नेपाल प्रहरीले बोक्ने गरेको यो प्रकृतिको हतियार एउटै हुनाले गर्दा
माओवादी नेताहरुले यसलाई मध्य नेपाल हुँदै पश्चिम नेपालका धेरै जिल्लाहरुमा पुर्याउँथे ।
गाउँमा शिकार गर्ने गरिएका केही थान भरुवा बन्दुकहरु यही राइफलको सहायतामा प्राप्त गरेको तात्कालीन माओवादी नेताहरु बताउँछन् । ....... जनयुद्धको सुरुवाती अवस्थामा एउटै राइफल हुनुको कारण यसलाई ‘होलटाइमर’ राइफल भनिन्थ्यो । जनयुद्ध सुरु भएको केही समयमै गाउँगाउँका जमिन्दार तथा सामन्तको घरबाट केही थान ‘टुएल्बर’ (बाह्रबोर) बन्दुक माओवादीको हात लाग्यो । होलटाइमर राइफल, टुएल्बर र भरुवा बन्दुक जस्ता कमसल हतियारहरुको बलमा नै माओवादीले जनयुद्ध लडेको थियो । ......... जनयुद्धको तयारीको अवस्थामा उक्त राइफललाई दाङबाट रोल्पा लगेका पूर्वजनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन पासाङ भन्छन्, –‘हामीले जनयुद्धको तयारीकै चरणमा त्यो राइफल दाङबाट रोल्पा लगेका हौं ।’ जनयुद्धको सैन्य शक्ति निर्माण गर्नमा यो होलटाइमर राइफलको ठूलो देन रहेको माओवादी नेताहरु बिर्सदैनन् ।
‘डन’ गणेश लामाले यसरी कब्जा गरेछन् अरबौंको होटल !
होटलको बजारभाउ एक अर्ब भन्दा बढी पर्छ । .... होटलबाट आउने नाफा चर्चित गुण्डा नाइकेको रुपमा चिनिएका गणेश लामाले खान्छन् । पछिल्लो समय राजनीतिमा लागेर सुध्रिएको बताउने लामाले ३ वर्ष अघिदेखि होटल कब्जामा लिएर नाफा लिँदै आएको खुलासा भएको हो । ..... दरबार मार्गमा ‘मिटर ब्याज’मा पैसा खेलाउने राजाराम शाखः उर्फ ‘टाइसन’ बाट होटल सञ्चालक रविन्द्र मल्लले ३० लाख रुपैंया ऋण लिएका रहेछन् । सोही ऋणको ब्याजसहित मल्लले ५० लाख दिने गरी कागज गरेछन् । तर समयमै तिर्न नसकेपछि टाइसनलाई गणेश लामाको रोहवरमा एक करोड रुपैयाँ तिर्नुपर्ने कागज गराएछन् । यता टाइसनले गणेश लामालार्ई ३० लाख दिनुपर्ने रहेछ । सोको ब्याजको हिसाबसहित टाइसनले मल्लको ऋणलाई गणेश लामातिर ट्रान्सफर गरेछन् । त्यसपछि लामाले सोही मौकामा होटल लिजमा लिने कुरा अगाडि बढाए । ‘तपाईंको होटल म लिजमा लिन्छु । तपाईंले तिर्नुपर्ने पैसा पनि एडभान्स भयो’ गणेश लामाको भनाई उदृत गर्दै मल्लले भने, ‘गणेशको सोही भनाईपछि सम्झौता हुने कुरा भयो ।’ ...... यद्यपी सहमतिको आधिकारिक ‘सम्झौतापत्र’को पहिलो पक्ष रवीन्द्र मल्ललाई दिइएन । ..... सम्झौता मायाकुमार शाहसँग भएपनि सञ्चालनको जिम्मेवारी भने गणेश लामाले लिएका थिए । होटलबाट आउने आम्दानी गणेशकै खातामा जम्मा हुन्छ । होटलको म्यानेजमेन्टको जिम्मा लामाकै साला भनिने गणेश लामालाई दिइयो । होटल सञ्चालक मल्लले सोही सम्झौता बमोजिम गणेशसँग सम्पर्क गर्न थाले । मल्लले आफ्नो पाउनुपर्ने रकम माग्दा गणेशले भरेभोलि दिने भन्दै टारिरहे । सप्लायर्स, भ्याट, तथा बिजुलीको रकम समेत लामाले भुक्तानी गरेनन् । ‘होटलबाट आउने रकम सबै उहाँ ‘गणेश’ को एकाउन्टमा जम्मा हुन्छ’ मल्लले भने, ‘घाटा जति सबै मेरो नाममा गयो पानी बिजुली, सप्लायर्स सबै मैले तिर्नुपर्ने भयो ।’........ मल्लका अनुसार सप्लायर्सको ६० लाख रुपैयाँ तिर्न बाँकी छ । जसमा आम्दानीको राजश्व कर मात्रै ४० लाख तिर्नु बाँकी छ । तर लामाले अहिलेसम्म कर, बिजुली सप्लायर्सबारे चासो नै देखाएका छैनन् । कर्मचारीलाई तलव नदिएको ३ महिना भइसकेको छ । ....... होटलका मालिक मल्ल पनि सोही होटलमा बस्छन् । आफैंले होटलको कोठा प्रयोग गरेबापत हालसम्म ६२ लाख बिल तिरेको मल्लको दाबी छ । ...... यसरी आफ्नै होटल लामाले कब्जा गरेर ३ वर्षसम्म आम्दानी लिँदासमेत मल्ल बोल्न समेत सकेका थिएनन् । ‘मलाई उजुरी गर्न पनि गाह्रो भयो’ मल्ल भन्छन्, ‘म एक्लै छु, उनीहरुसँग दुई÷चार हजारमा काम गर्ने मान्छे धेरै छन् ।’ कृषि विकास बैंकबाट ऋण लिएर होटल सञ्चालन गरेका मल्लको सम्पत्ति लिलामीको लागि सो बैंकले सुचना निकालेको छ । सूचनामा गत २८ असारमा होटल लिलाम हुने उल्लेख छ । तर, यद्यपी होटल गणेश लामाले संचालन गरेको थाहा पाएपछि लिलामी गर्न बैंक समेत पछि हटेको छ । ........ यसैबीच, होटलको बहाल सम्झौतामा दोस्रो पक्ष भनिएको मायाकुमार शाहले गणेशलाई होटल संचालन गर्न नदिएको दाबी गरे । ‘होटल संचालन गर्न मैंले गणेशलाई दिएको होइन’ शाहले भने, ‘हाम्रो व्यवहार हामी मिलाउँछौं ।’ ...... म अन्यायमा पर्दा यहाँको कर्मचारीले समयमा तलब पाएका छैनन् । उनीहरुले खान पाएका छैनन् । कर्मचारीको कोषमा १९ महिनादेखि रकम जम्मा गरिएको छैन । कर्मचारीले दशैं भत्ता पाएका छैनन् । ...... यो होटलले निकै तनाव दिइसक्यो : गणेश लामा त्यो होटल सञ्चालनमा मेरो नाम छैन । तर मैले भाडामा चलाएको छु । मैले गरेर खान पाउनुपर्छ । उहाँको पनि व्यबहार विग्रेको छ । होटल घाटामै छ । मलाई अहिले लाग्छ त्यो होटल चलाएकोप्रति धिक्कार छ । त्यो होटल कब्जा गरेर मैलें चलाएको पुष्टि गरे कानुन अनुसार मलाई कारवाही गरे हुुन्छ । मलाई यो होटलले निकै तनाव दिइसक्यो । मैले यो होटलबारे रविन्द्र दाईलाई पटक–पटक सम्पर्क गरेर मिलाउनुपर्छ भनेको छु । तर, दाई सम्पर्कमा आउनुहुन्न । ‘दाई तपाईं जिम्मा लिनुस् चलाउनुस् भनेको छु, तर दाई भेट्नसमेत चहानुहुन्न ।’ मैले चलाउने बेला यो होटल पूरै घाटामा थियो । बिग्रिएको व्यापार मैले सम्हालेको हुँ यसको लागि उहाँले मलाई धन्यवाद दिनुपर्छ ।बाँकी यी डन अब के गर्छन् ?
प्रत्यक्ष कार्यकारीका पक्षधर गगन, योगेश र गणेशमान कता छन् ?
संसदीय व्यवस्था अन्तर्गत संसदबाट निर्वाचित प्रधानमन्त्री शासकीय स्वरुप हुने व्यवस्थाले भ्रष्टाचार, विकृति र अस्थिरता पैदा गरेकैले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने माग उठ्यो । ..... संस्थागत रुपमा एमाओवादी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने घोषणापत्र लिएर दुवै संविधानसभा निर्वाचनमा होमिए । कांग्रेसले सुधारिएको संसदीय व्यवस्था भन्दै संसदबाटै निर्वाचित प्रधानमन्त्रीको मुद्दालाई आफ्नो अभियान बनायो । यद्यपी कांग्रेसमा पनि नरहरि आचार्य, प्रदीप गिरी, गगन थापा जस्ता नेता राजनीतिक स्थायित्वका लागि निर्वाचित कार्यकारीकै पक्षमा थिए । ..... तर, मुख्यगरी २०६२/६३ को राजनीतिक परिवर्तनपछि हरेक निर्णय र प्रक्रियामा राजनीतिक सहमतिका नाममा यस्ता मुद्दाहरु सम्झौतामा पुगेर विसर्जन हुने क्रम बढ्यो । चुनावी घोषणापात्रमा उल्लेख गर्दै प्रत्यक्षमा भोट मागेका एमाओवादी र एमाले दुवैले यही सम्झौता र सहमतिका नाममा मुलुकको स्थायित्वस“ग जोडिएको विषयमा अडान लिन सकेनन । फलस्वरुप सम्झौतामा प्रत्यक्षको मुद्दालाई थाती राखे र, अन्ततः कांग्रेसकै कित्तामा उभिन पुगे । ...... पार्टीका बयोवृद्ध र राजनीतिक उचाई हासिल गरेका शीर्ष नेताले यो मुद्दा छोडे । तर, पनि कांग्रेस, एमाले, एमाओवादी जस्ता दलमा आवद्ध युवा नेता नेपालले खोजेको स्थायित्वको लागि यो मुद्दामा पक्षधर बने । ...... गगन थापा, योगेश भट्टराई, गणेशमान पुन .... कांग्रेसमा थापा, एमालेमा भट्टराई, एमाओवादीमा पुन जस्ता नेताले राखेको यही फरक मतलाई आशावादी हु“दै संविधानको मस्यौदामाथि जनताले सुझाव दिंदै ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’कै पक्षमा मत दिए । ...... प्रत्यक्ष निर्वाचितको पक्षमा रहेका यिनै दलका थापा, भट्टराई र पुनहरुले बहस छेड्ने र नेतालाई बाध्यकारी बनाउने गरी दबाब सिर्जना गर्न सकेनन् । ..... नेताहरु र समग्र पार्टीले जनमतको कुरा नमान्ने बुझेका युवा नेताहरुले त्यसको पक्षमा पार्टीभित्रै फरकमत समुह निर्माण गर्ने त्यसको परिचालनमा जनतासमेत परिचालित गरेर दबाब सिर्जना गर्ने दुख गरेनन् ।



No comments:
Post a Comment