जनकपुरमा र महोत्तरीमा ५ प्रदर्शनकारीको मृत्यु
झडपमा जनकपुरको मिल्स एरियामा १८ वर्षीय निक्कुकुमार यादवको मृत्यु भयो । जमुनियाका यादवको टाउकामा गोली लागेको छ । क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका सञ्जयकुमार चौधरीको पनि प्रहरीको गोलीले मृत्यु भएको छ । छातीमा गोली लागेका उनको अञ्चल अस्पतालमा उपचारक्रममा मृत्यु भएको हो ।अन्दाजी ३७ वर्षीय चौधरी सदभावना पार्टी धनुषा जिल्ला कमिटी सदस्य थिए ।
पिराडी चोकमा प्रहरीले चलाएको गोली लागेर सिनुरजोरा गाविस अरेरवा गाउँका अन्दाजी १४ वर्षीय दिलिप यादवको मृत्यु भएको छ । ..... झडपहरुमा ३५ भन्दा बढी घाइते भएका छन् । ...... शुक्रबार अपराह्न विभिन्न नाकाबाट प्रदर्शनकारी जनकपुर भित्रिएका थिए । ...... तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय उपाध्यक्ष बृषेशचन्द्र लालले शान्तिपूर्ण जुलुसमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको आरोप लगाए । ‘शान्तिपूर्ण प्रदर्शनमाथि राज्यले बर्बर दमन गरेको छ’, उनले भने । .....अस्पताल ल्याइएका ३५ घाइतेमध्ये ३० जनालाई गोली लागेको चिकित्सकले बताए ।
....... महोत्तरीको झडपका क्रममा बजारमा किनमेलमा गएका जलेश्वर ७ बज्राहीका रेडक्रसकर्मी गणेश चौधरीको प्रहरीको गोलीले मृत्यु भएको छ । ७५ वर्षीय चौधरी लामो समयदेखि समाज सेवामा संलग्न थिए । पारिवारिक स्रोतका अनुसार उनी नातिको काजकिरियाका सरसामान किन्न जलेश्वरदेखि करिब ३ किमी उत्तरमा रहेको रतवारा बजार गएका थिए । उनका नाति रोहन चौधरीको बुधबार जलेश्वरको झडपमा मृत्यु भएको थियो । ......प्रत्यक्षदर्शीका अनुसार ४ गाडीमा रहेका सुरक्षाकर्मीले आन्दोलनकारीलाई जलेश्वरदेखि लखेटै रतवार पुर्याएर गोली चलाएका थिए ।
..... ४ दसकदेखि समाज सेवामा संलग्न चौधरी यसअघि जिल्ला रेडक्रसका उपसभापति भैसकेका थिए । .... बुधवारै कफर्यू उल्लंघन गर्दै प्रदर्शनमा सहभागी हात्तीलेट गाविसकी ४० वर्षीया राजशीला देवीको प्रहरीको गोलीले मृत्यु भएको छ ।
जनकपुरमा तनाव, कर्फ्यु तोडेर नगरमा उग्र प्रदर्शन
प्रहरीद्वारा दर्जनौं राउण्ड हवाइ फायर
शुक्रबार स्थानीय प्रशासनले लगाएको कर्फ्यु तोड्दै प्रदर्शनकारीहरु नगर क्षेत्रमा प्रदर्शन गर्दै छन् । प्रदर्शनकारी तथा सुरक्षाकर्मीबीच भिडन्त जारी छ । सुरक्षाकर्मीहरुले अनेकौ राउण्ड अश्रुग्यास,रवरका गोली तथा हवाई फायर गरेका छन् । ..... संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको ‘ चलु जनकपुर भरु ।’ अर्थात् जनकपुर भरौं कार्यक्रमलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय धनुषाले आज बिहान ६ बजेदेखि जनकपुरमा अनिश्चितकालिन कर्फ्यु जारी गरेको थियो । ...... अपरान्ह जनकपुरका प्रवेशद्वारहरु पिरारी चोक,जीरोमाईल,पुल्चोक,कुवारामपुर,कदमचोकबाट हजारौंको संख्यामा प्रदर्शनकारीहरु नगरमा प्रवेश गर्न खोजेका थिए । प्रदर्शनकारीहरुलाई रोक्न सुरक्षाकर्मीहरुले पुल्चोक,कदमचोक,पिरारी चोक,कुवारामपुरलगायतका नाकामा दर्जनौं राउण्ड गोली प्रहार गरेका थिए । यस क्रममा कदम चौकमा चार तथा कुवारामपुरमा तीन प्रदर्शनकारीलाई रवरको गोली लागेको समाचार प्राप्त भएको छ । घाइतेहरुको अवस्था बारे विस्तृत जानकारी प्राप्त हुन सकेको छैन । ..... प्रदर्शनकारीहरुले बिहानै देखि कर्फ्यु अवज्ञा गर्दै नगर क्षेत्रका अधिकांश चौकमा टायर बाली प्रर्दशन गर्ने क्रम जारी राखेको छन् ।महोत्तरीमा ९ बजेदेखि अनिश्चितकालिन कर्फ्यु
जनकपुरमा कर्फ्यु
एम्बुलेन्सबाट थुतेर घाइते प्रहरीको हत्या
संविधानसभाका प्रक्रिया दुई दिनलाई स्थगित
स्थगनप्रति सभासदहरूको आपत्ति
एमाले सभसद् विशाल भट्टराईले तराईका २० जिल्लाका १ सय १९ सिटमध्ये ११ मा मात्र जितेका मधेश केन्द्रीत दललाई समग्र मधेशको ठेक्का नलिन आग्रह गरे । ‘समग्र मधेशको प्रतिनिधित्व त्यस क्षेत्रबाट विजयी सभासद्हरूले गर्छन्, तिनमा अधिकांश कांग्रेस, एमाले र एमाओवादीका छन्,’ उनले भने, ‘संविधानसभाको प्रक्रियामा रहेका ८७ प्रतिशत सभासद्लाई बाँकी १३ प्रतिशतले बन्धक बनाउन मिल्दैन ।’ ..... आ–आफ्नो क्षेत्र र समुदायको वास्तविक प्रतिनिधित्व आफूहरूले गर्ने तीन दलका मधेशी, महिला र दलित सभासद्हरूले बताए । नेतृत्वले आफूहरूलाई बेवास्ता गरेका कारण सामुदायिक एजेन्डामा मधेशकेन्द्रीत साना दलले खेल्ने ठाउँ पाएको उनीहरूको गुनासो छ । महिन्द्रकुमारी लिम्बु (कांग्रेस), रञ्जना सरदार (एमाले) र जानकीकुमारी साउद (एमाओवादी)लगायत सभासद्ले महिला, दलित, जनजाति र मधेशी समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी आ–आफ्ना सभासद्सँग छलफल थाल्न नेतृत्वको ध्यानाकर्षण गराए । .... एकाएक रोकिएकामा कांग्रेस सभासद् मुख्तार मोहम्मदले आश्चर्य व्यक्त गरे । ‘हिजोसम्म हामीले प्रक्रिया पर सारेर भए पनि वार्ता गरौं भन्दा नेताहरूले सुनेका थिएनन्, आज कसले भनेपछि मतदान रोक्ने निर्णय गरे ?’ उनले भने, ‘३ दलले मुसलमान, मधेशी र आदिवासी जनजातिको एजेन्डा छाड्नु हुँदैन ।’ ..... ‘सुनसरी र मोरङका अधिकांश बासिन्दा सप्तरी–पर्सा प्रदेशमा जोडिन चाहँदैनन् । जनताले नरुचाएको मागका आधारमा त्यस क्षेत्रमा जबरजस्ती बन्द गराउनुको औचित्य र उद्देश्य के हो ?’
‘सबै माग पूरा नभएसम्म वार्तामा बस्दैनौं’
प्रक्रिया स्थगन गरेकोमा स्वागत
आफूहरुले राखेका चारमध्ये बाँकी तीन माग पनि पूरा नभएसम्म वार्तामा नबस्ने मोर्चाका नेताहरुको धारणा छ । ..... सरकारले मधेसमा गरेको दमन तत्काल बन्द गर्नु पर्ने, सेना परिचालन फिर्ता लिनु पर्ने र घाइतेको उपचारको व्यवस्था नगरेसम्म वार्ताको बातावरण नबन्ने बताए । उनले सरकारले मधेसी मोर्चासँग विगतमा गरेको ८ बुँदे सम्झौता सम्बोधन गरिए तत्काल वार्तामा बसेर आन्दोलन फिर्ता लिने बताए । ...... तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले प्रमुख दलका मधेसी तथा थारुले विद्रोह गर्न थालेपछि उनीहरु डराएको दाबी बताए ।तीन दलको वार्ता प्रस्ताव अपूरो : सद्भावना महासचिव
मधेसमा परिचालित सेना फिर्ता, मृतकलाई सहिद घोषणा, मृतकका परिवार र घाइतेलाई क्षतिपूर्ति र मधेस आन्दोलनताका २०६३ मा भएको आठ बुँदे सहमति कार्यान्वयन नहुन्जेल वार्तामा नबस्ने मोर्चाको अडान ..... यो प्रस्तावलाई मधेसीलाई ठग्न ल्याइएको भन्दै मधेशी मोर्चालाई वार्तामा बोलाउनेभन्दा पनि कांग्रेस, एमाले र एमाओवादीका थारु–मधेसी सभासद्लाई थुम्थुम्याउन मात्रै यस्तो निर्णय गरिएको बताए ।गच्छदार-कांग्रेस वार्ता बालुवाटारमा
वार्तामा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल लगायतका नेता सहभागी भए। .... बालुवाटारमा शुक्रबार विहान बसेको तीन दलको बैठकले आन्दोलनरत पक्षसँग वार्ता गर्न संविधानसभाको मतदान प्रकृया दुई दिन सार्ने निर्णय लिएको थियो । संविधानसभाको कार्यतालिका अनुसार आजैदेखि मतदान प्रकृया सुरु हुने कार्यक्रम थियो ।........ आचार्यले यसअघि भएको सम्झौतामध्ये संविधानसँग जोडिएका बाहेक अधिकांश पूरा भइसकेको बताउदै बाँकी बिषय संविधान घोषणा सँगै पूरा हुने बताए । तीन दलले अन्तरिम संविधानमा भएका व्यवस्था कटौति नगर्ने निर्णय समेत लिएको आचार्यले बताए । ..... मधेस केन्द्रित दलले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने, समानुपातिक समावेशी व्यवस्था कायम गर्नुपर्ने माग गदै आएका थिए । यी दुवै माग अन्तरिम संविधानमा रहेकाले कटौति गर्न नहुने जोड प्रमुख तीन दलभित्रैकै तराई–मधेस सभासद्हरुको रहदै आएको थियो । ..... तीन दल अन्तरिम संविधानको व्यवस्था अनुसार अघि बढ्न तयार देखिएका छन् ।तराई आन्दोलनमा नृशंस र हिंस्रक गतिविधि: गृह मन्त्रालय
ओली–भारतीय राजदूत भेट
संविधान जारी गर्न ढिलाई गर्न नहुने र तराईको आन्दोलनलाई मत्थर बनाएर जानु पर्ने विषयमा कुराकानी भएको समेत ओलीले बताए ।विशेष सम्पादकीय : प्रक्रिया सार, वार्ता थाल
६ सय १ को खचाखच संविधानसभा हल क्रमश: खाली हुँदै गएको देखिन्छ । देशका विभिन्न भूभागमा असन्तुष्ट स्वरहरू चर्कंदै छन् । .....झन्डै तीन दर्जन नेपाली नागरिकको ज्यानसमेत गइसकेको छ ।
..... गत जेठको १६ बुँदे सम्झौतालाई पुनरावलोकन गर्दै सात प्रदेशको सीमांकन गर्ने क्रममा मुख्य तीन दल कांग्रेस, एमाले र एमाओवादीले उक्त सम्झौताको अर्को हिस्सेदार विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई विश्वासमा लिनु आवश्यक ठानेनन् । असन्तुष्ट मधेसी मोर्चाका नेता उपेन्द्र यादव, महन्थ ठाकुरलगायतसँग पनि संंवादका लागि मूर्त पहल गरिएको छैन, ‘औपचारिक’ प्रकृतिको वार्ता आह्वान गर्नेबाहेक । थारू समुदायलगायत असन्तुष्ट पक्षधरसँग त्रिदलीय अघोषित मोर्चाले संवाद नगरी संविधान निर्माण अघि बढाउने कुरा प्रत्युत्पादक हुन सक्छ । ...... अहिले मुख्य दलहरूले सभाको वैधानिकतालाई प्राविधिक बहुमतबाट मात्रै पुष्टि गर्न खोजिरहेका छन्, त्यसको कार्यान्वयन पक्षतिर ध्यान दिएका छैनन् । ......अर्कातिर, जारी तनावबीच प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन जाने तयारीमा छन् । मुलुकको संवेदनशील घडीमा उक्त भ्रमण कदाचित् प्राथमिकताको विषय हुन सक्दैन ।
प्रधानमन्त्रीले राजनीतिक अग्रसरता लिनका लागि उक्त भ्रमण रोक्नु सबै कोणबाट बुद्धिमानी ठहर्नेछ । ..... अहिले आन्दोलनकारी नेताहरूको मुख्यत: चारवटा माग/पूर्वसर्त देखिएका छन्– संविधानको जारी प्रक्रिया स्थगन, विगतका सम्झौताको कार्यान्वयन, हालैका हत्या/गोलीकाण्डको निष्पक्ष छानबिन र सेनाको तैनाथी फिर्ता । .... आफ्ना नागरिकहरू भकाभक मारिन थालेको वर्तमान अवस्था रोक्न र मुलुकलाई भिडन्तको डिलबाट फर्काउन पनि संविधानसभाको प्रक्रिया जहाँ आइपुगेको छ, केही समय यहीं रोक्नुपर्छ । यतिका वर्ष ढिलाइ गरेको संविधान निर्माण निश्चित केही दिन या साताका लागि स्थगन गर्न नसकिने, नमिल्ने हठ कसैले लिनु हुँदैन ।
जलविद्युत् आयोजना धमाधम
विभिन्न जिल्लामा जारी आन्दोलनले सबै क्षेत्रलाई प्रतिकूल असर पारेका बेला लमजुङ र पर्वतमा भने जलविद्युत् आयोजनाहरूको निर्माण धमाधम भइरहेका छन् । यी जिल्लामा बन्द हडतालजस्ता अवरोध नभएकाले निर्माणाधीन आयोजनाले सम्झौताको निर्धारित अवधिमै निर्माण सम्पन्न गर्न सजिलो हुने जनाएका छन् । ...... जलस्रोतको धनी जिल्ला लमजुङ जलविद्युत्मा पनि धनी जिल्ला बन्ने प्रयत्न गर्दै छ । यहाँ ५ वटा आयोजना निर्माण भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेका छन् । ६ वटा आयोजना निर्माणाधीन अवस्थामा छन् । केही निर्माणको प्रक्रियामा छन् । स्थानीयस्तरमा बन्द हडताल हुन छाडेपछि निर्माणाधीन आयोजनाको कामले गति पाएको छ । ती आयोजना तोकिएको समयमा सकिए ५ वर्षभित्र जिल्लाबाट १ सय ५७ मेगावाट विद्युत् उत्पादन हुनेछ । लक्ष्य भेटाउन निर्माणाधीन आयोजना प्रयत्नरत छन् । यतिबेला जिल्लामा ठूला आयोजना निर्माणको लहर चलेको छ । ..... अहिले मस्र्याङ्दी करिडोरमा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’, दोर्दी करिडोरमा ४९ दशमलव ६ मेगावाटको सुपर दोर्दी ‘ख’, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २७ मेगावाटको दोर्दी, २ मेगावाटको छ्याङ्दी र मिदिम करिडोरमा ३ मेगावाटको मिदिमखोला (करापु) जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । ...... दोर्दी करिडोरमै १० दशमलव ३ मेगावाटको दोर्दीखोला १ र मस्र्याङ्दी करिडोरमा ३० मेगावाटको छ्याङ्दी जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको छ । यी दुई आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ । मस्र्याङदी करिडोरमा ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी २ भारतसँग पीडीएको तयारीमा छ । यसको डीपीआर भइसकेको छ । ....... मस्र्याङ्दी नदीमै ५० मेगावाटको मस्र्याङ्दी बेसी आयोजनाको सर्भे भइरहेको छ । मस्र्याङ्दी र मिदिम करिडोरमा अन्य केही आयोजना जेनेरेसन लाइसेन्स कुरेर बसेका छन् । यसअघि यहाँ ७० मेगावाटको मध्यमस्र्याङ्दी, ५ मेगावाटको सिउरी, ४ दशमलव ४ मेगावाटको राँधी, ४ मेगावाटको खुदी जलविद्युत् आयोजना र १ सय ८३ किलोवाटको स्याँगे साना जलविद्युत् आयोजना गरी ८३ दशमलव ५८ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भइसकेको छ । गाउँगाउँमा ३० वटाभन्दा बढी लघु जलविद्युत् सञ्चालनमा छन् । यसबाट ५ हजारभन्दा बढी घरपरिवार लाभान्वित छन् । ....... निर्माणाधीन ६ वटै आयोजना पानीको बहावमा आधारित ‘रन अफ दि रिभर’ प्रणालीका आयोजना हुन् । यसको कुल लागत झन्डै ३२ अर्ब रुपैयाँ रहेको छ । ..... ‘जलविद्युत्मा हुने बन्द हडताललाई निरुत्साहित पारेर लगानीमैत्री वातावरण भित्र्याउन सबै राजनीतिक दल एक भएका छन्,’ प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भने, ‘सुरक्षा निकायका तर्फबाट ती आयोजनामा हुने बन्द हडताल र अन्य गतिविधिको निगरानी तीव्र छ ।’ लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठले तोकिएको समयमा जलविद्युत् आयोजनाले निर्माण सके लमजुङलाई मात्रै नभएर नेपाललाई नै लोडसेडिङमुक्त बनाउन थप टेवा पुग्ने बताए । ..... २० मेघावाट छ । ३ अर्ब ६० करोडको लागतमा सुरु गरिएको आयोजनाले वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको

लामो बन्द हडतालले ठूला आयोजना प्रभावित
बाढीले भत्काएको सिक्टा सिंचाइमा मर्मत रोकियो
नेपालगन्जको सहरी ढल र सडक निर्माण ठप्प
चार लेन सडक पनि अवरुद्ध
लामो बन्द हडतालले ठूला आयोजना प्रभावित
राष्ट्रिय गौरवको सिक्टा सिंचाइको मूल नहर निर्माण काम रोकिएको छ । राँझा–नेपालगन्ज–जमुनाह चार लेन सडक निर्माण ठप्प छ भने सहरी विकास परियोजना सडक र ढल निर्माण पनि अवरुद्ध छ । ‘बन्द–हडतालले एक महिनासम्म काम ठप्प हुँदा निर्माण रोकिएको छ,’ नेपालगन्ज उपमहानगरपालिका कार्यकारी अधिकृत विष्णुप्रसाद भुसालले भने, ‘निर्माणका काम सुचारु गर्न पनि देशले निकास पाउनुपर्ने देखिएको छ । ....... ‘सडक र नाला निर्माण ठप्प छ । जनशक्ति परिचालन गर्न नसक्दा वर्षायाममा मात्र गर्न सकिने हरियालीको कामसमेत गर्न पाइएको छैन,’ उनले भने ।
थला परे पश्चिमका ठूला आयोजना
लगातारको बन्द र हडतालले काम ठप्प
आयोजना कार्यालयमा कोही पनि कर्मचारी छैनन्। टीकापुर क्षेत्रमा सुरक्षाका लागि परिचालन गरिएको नेपाली सेनाको टोली आयोजना कार्यालयको परिसरमा बसेको छ। ..... सिभिल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजिजीसी) ले सम्झौताअनुसार विद्युत् प्राधिकरणले समयमा भुक्तानी नगरेको भन्दै जेठदेखि अनिश्चितकालका लागि निर्माण कार्य रोकेको छ।अमेरिकामाथि दबाब बढ्यो , शरणार्थीको ओइरो
४० लाख सिरियाली आफ्नो थातथलो छाडेर अन्य देशमा शरणार्थी बनिसकेका छन्। तीमध्ये ०.०३ प्रतिशतलाई मात्र अमेरिकाले शरण दिएको छ। .... जर्मनीले ८ लाखलाई शरण दिने घोषणा गरिसकेको छ।








No comments:
Post a Comment