वीरगन्जमा ४ र कलैयामा १ आन्दोलनकारीको मृत्यु
वीरगन्ज दंगाग्रस्त घोषणा
प्रदर्शनकारीका तर्फबाट पनि बम र गोली प्रहार: प्रहरी
कर्फ्र्यु उल्लघंन गरी मंगलबार विहानदेखि वीरगन्ज सहरका विभिन्न भागमा प्रदर्शन भएका थिए । ..... यहाँको मकालु होटलमा बसेका सद्भावन पार्टीका अध्यक्ष राजेन्द्र महतो विहान कफ्र्यूको अवज्ञा गर्दै आन्दोलनका घाइतेलाई भेट्न अस्पताल पुगेका थिए । उनले सोमबार साँझ प्रहरीको गोलीबाट मृत्यु भएका दिलीप चौरसियाका आफन्तलाई भेटेका थिए । प्रहरीले व्यापक दमन गरी मधेसीको आवाज दबाउन खोजेको उनले आरोप लगाए । 'सरकारले वार्ताको माहौल बनाएन,' उनले भने । महतो ३ दिनदेखि वीरगन्जमै छन् । स्रोतका अनुसार दुई दिनअघि यहाँ आएका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर मंगलबार विहानको काठमाडौँ गएका छन् । यसैबीच कर्फ्र्यू लगाउँदा पनि शान्ति सुरक्षा नियन्त्रणमा नआएपछि स्थानीय प्रशासनले वीरगन्जलाई मंगलबार अपराह्न ३ बजेदेखि दंगाग्रस्त क्ष्ाेत्र घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेका अनुसार कर्फ्र्यु घोषणा गरिएको क्ष्ाेत्रलाई दंगाग्रस्त घोषणा गरिएको हो । सुरुक्ष्ाा स्रोतका अनुसार स्थिति काबुमा नआए सेनासमेत खटाइने छ । ........ 'प्रदर्शनकारीका तर्फबाट गोली र बम प्रहार भएका छन् ।' प्रदर्शनकारीले श्रीपुरमा सुतली बम पडाएको उनले बताए । ' प्रदर्शनकारीको तर्फबाट बसपार्क क्ष्ाेत्रमा ७ राउण्ड गोली प्रहार भएको छ,' उनले भने, 'नगवा र श्रीपुरमा पनि नलकटुवा पेस्तोलबाट प्रहरीलाई ताकेर गोली चलाइएको छ ।' ..... भारतसँग सीमा जोडिएका ग्रामीण क्षेत्रका प्रहरी चौकीहरुमा आगजनी गरिएको छ । लंगडी, आशवारी, मिर्जापुर, जानकीटोला, बुडगाँई, भिस्वा प्रहरी चौकीमा आगो लगाइएको उनले बताए । वीरगन्ज बसपार्क क्षेत्रमा रोकिराखिएका करिब १० वटा बसमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । मधेसवादी दलले भने प्रहरीले व्यापक दमन गरेको आरोप लगाएका छन् । राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्दि्रय सदस्य राजेशमान सिंहले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेपछि स्थिती तनावग्रस्त बनेको बताए । यसअघि सोमबार भएको झडपमा प्रहरीको गोली लागेर वीरगन्जमा मनियारीका ३५ वर्षीय दिलीप चौरसियाको मृत्यु भएको थियो । सोमबार र मंगलबार दुई दिनमा वीरगन्जमा ५ जना आन्दोलनकारीको मृत्यु र कयौं घाइते भएका छन् । ...... प्रहरीको गोली प्रहारले कम्तीमा २५ र अश्रुग्यासले ३० जना घाइते भएको संघीय समाजवादी पार्टी फोरम नेपालका अध्यक्ष रामबाबुकुमार यादवले दावी गरे ।काठमाडौंमा थपियो निषेधित क्षेत्र
'गोली लागेर ढलेका हिफाजत(मृतक)लाई डिएसपी विनोद शर्माले मानवता विरोधी दुव्र्यवहार गरेर मारे,' उनले भने, 'अरुलाई घरघरमा पसेर कुटेर घाइते बनाएका छन् ।' यी बाहेक घाइते ढल्दासमेत गोली प्रहार गरेको उनले बताए ।
...... 'घुँडामुनि हान्ने अवस्था हुँदा हुँदै प्रहरीले मृत्यु हुने गरी गोली प्रहार गरेका छन्' ..... 'अश्रुग्यासको असरले दुई दिनदेखि खाना नरुच्ने, चक्कर आउने, जिउ चिलाउने समस्या भएको छ,' घाइते कचोर्वा १ का प्रदीप यादवले भने । ..... कलैयामा तनाव चर्केको दोस्रो दिनमा विभिन्न्ा गाउँमा प्रदर्शन भएको क्रममा
प्रदर्शनकारीले केही प्रहरी चौकीमा आगजनी गरेका छन् । अन्य केही चौकीमा तोडफोड गरेका छन् । कचोर्वा चौकीमा प्रदर्शनकारी पुग्दा त्यहाँका प्रहरी नजिकैको सिमा पारी गए । त्यपछि उनीहरु त्यहाँका कागजात जलाइदिएका छन् । देवापुर, बडकी फुलवरिया, गण्डक चौकीका प्रहरी चौकी छाडेका छन् । कतिपय चौकीका प्रहरीहरु नजिकैको शसस्त्रको क्याम्पमा पुगेका छन् । .... यसैबीच आन्दोलित संयुक्त मधेसी मोर्चाले गाउँका प्रहरी फिर्ता लिन, प्रहरी र प्रशासनका कर्मचारीलाई भाडाका कोठाबाट निकाल्न घरबेटी र उनीहरुसित सामान विक्री वितरण व्यापारीलाई नगर्न मंगलवार उर्दी जारी गरेका छन् ।
भारतले सीमाक्षेत्रको सडक स्तरोन्नति गर्ने
१ हजार ७ सय ५१ मिलोमिटर खुला सिमामा जोडिएको नेपाल-भारत सिमावर्ती बिन्दूका सम्पर्क सडकलाई सहज र सुविधायुक्त बनाउन भारत सरकारले २ सय ५८ करोड रुपैंयाको बिनियोजन गरिसकेको ...... सडक निर्माण भनिए पनि सिमावर्ती भेगमा तटबन्धको स्वरुपमा निर्माण भइरहेको सूचना पाएर आफूले विदेश मन्त्रालयमा ध्यानाकर्षण गराएको राजदूत दीपकुमार उपाध्यायले कान्तिपुरलाई बताए । ....... भारतले आफूखुशी ढङ्गमा 'कोरिडर' सडकका रुपमा ७ मिटर चौडाइमा फैलिएको सडक निर्माण जारी राखेको छ ।
नेपाल सिमावर्ती भारतीय हाइवे
१.सितारगंज-टनकपुर - ५२ किलोमिटर
२.रुपडिया-बाराबंकी - १४४ किलोमिटर
३.काकरवहा-बाराणसी -१४४ किलोमिटर
४.सोनौली-गोरखपुर -८३ किलोमिटर
५.रक्सौल-पिप्राकोठी -७० किलोमिटर
६.सनोबसारा-मुजफ्फरपुर -७० किलोमिटर
७.काकरभिट्टा-पानीटंकी -७० किलोमिटर
उपेन्द्र र महन्थ काठमाडौं आए
राजनीतिक र कुटनीतिक चासो सम्बोधन गर्ने
यादव जनकपुरबाट हवाइजहाजमा र ठाकुर वीरगञ्जबाट गाडीमा काठमाडौं आएका हुन् । काठमाडौं आउनेबित्तिकै बिजुलीबजारस्थित पार्टी मुख्यालयमा कान्तिपुरसँग कुरा गर्दै तमलोपा अध्यक्ष ठाकुरले सरकार र ठूला भनिने दलले जारी हिंसा नरोकुन्जेल वार्ताको कुनै सम्भावना नरहेको जिकिर गरेका छन् । तर ठाकुरले राजनीतिक र कुटनीतिक चासो सम्बोधन गर्न काठमाडौं आएको संकेत गरे । मधेसी मोर्चाले संविधानसभा प्रक्रिया रोक्नुपर्ने, सेना परिचालन फिर्ता गर्नुपर्ने मुद्दालाई वार्ताको पूर्वशर्तका रुपमा अघि सारेको छ भने विगतका सहमति कार्यान्वयन हुनुपर्ने उसको माग यथावत् छ । मोर्चाले वार्ताका लागि शर्त राख्दैगर्दा सरकार र मुख्य दलहरुले अस्वीकार गरेको पृष्ठभूमिमा उनीहरु काठमाडौं आउनुलाई अर्थपूर्ण मानिएको छ । मंगलबार वीरगञ्जको प्रदर्शनलाई नेतृत्व गरेका सद्भावना अध्यक्ष राजेन्द्र महतो भने काठमाडौंमा वार्ता हुन नसक्ने अडानमा छन् ।असन्तुष्ट दलका मागमा एमाओवादीले अग्रसरता देखाउने
'असन्तुष्ट मधेसी दलहरु, थारु, दलित, जनजातिलगायतका एजेन्डा सम्बोधन गर्न कांगेस र एमाले सग छलफल गर्ने निर्णय भएको छ,' बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कान्तिपुरलाई भने, 'उनीहरुका जायज मागहरु पुरा गराउन हामीले अग्रसरतासमेत देखाउने निर्णय गरेका छौं ।जलेश्वरमा कांग्रेस कार्यालयमा तोडफोड
कार्यालय सचिव श्यामशरण वर्माका अनुसार करिब ५ लाख मूल्य बराबरको क्षति पुगेको बताए ।उच्चस्तरीय वार्ता समिति गठन गर्नुपर्छ: निधी
काँग्रेस महाधिवेशन सार्न संविधान संशोधन गर्ने प्रस्ताव
कृष्णप्रसाद सिटौलाले असोज ५ गतेभित्र पार्टीको १३ औं महाधिवेशन गर्न असम्भव भएको र त्यसअघि नयाँ संविधान जारी हुने नहुने निश्चित नभएको अवस्थामा ..... तत्काल अन्तरिम संविधान संशोधन प्रस्ताव दर्ता गर्न एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसँग वार्तागरी अघि बढ्नु पर्ने ...... संविधानको परिमार्जित मस्यौदामा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रेका मधेसवादी दलको मागबारे उनीहरुसँग विगतमा भएका सहमतिहरु अधिकांश कार्यन्वयन भइसकेको र बाँकी पनि संविधान जारी गरेपछि पूरा गर्न सकिने धारणा पौडेलले राखेका थिए। ..... पौडेलका अनुसार, संविधानको प्रस्तावना, धर्म निरपेक्षता, थ्रेसहोल्ड, संबैधानिक निकायका पदाधिकारीहरुकेा सुनुवाई, बाग्लुङ र रुकुम जिल्ला नटुक्राउने, जिल्लाको अधिकार क्षेत्र, सेना परिचालनको व्यवस्था, अर्धन्यायिक अदालतको बन्दोवस्त, विधेयक स्विकृतिमा राष्ट्रपतिको भूमिका, स्थानीय तहको ऐनमा देखिएका संबैधानिक विवाद सर्वोच्च अदालतले सुनुवाइ गर्ने, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष अलग अलग दल वा एउटै दलको हुने लगायत १२ वटा विषयमा संशोधन प्रस्ताव दर्ता गर्नु पर्ने छ। ....संशोधन प्रस्ताव तयार गर्न काँग्रेसमा कार्यदलनेता निधिले नयाँ संविधानमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयमा अन्तरिम संविधानमा व्यवस्था भए अनुसारको विधि र प्रक्रिया अपनाएर जनसंख्याको आधारमा निर्धारण गर्नु पर्ने राय दिएका थिए।
मुख्यसचेतक चिनकाजी श्रेष्ठको नेतृत्वमा आनन्दा प्रसाद ढुंगाना र रमेश लेखक संलग्न कार्यदलले पार्टीका कुनै पनि सदस्यले राख्न चाहेको संशोधन प्रस्ताव संकलन गरी आवश्यक प्रक्रिया अघि बढाउने छ।
आज बीरगंजमा नेपाल प्रहरीको गोलीले मारिएका र घाइते भएकाहरु ।
सबैलाई ताकी-ताकी टाउको र छातीमा गोली ठोकिएको छ ।
कहाँ छन् नेपालका सपूत भनेर छाती फुलाउने मानवाधिकारवादीहरू ?
कहाँ छ संयुक्त राष्ट्र संघ ? !





झलनाथ, ओली, एमाले के नेता लगातार पहाडी-मधेशी सम्प्रदायिकता फैलाने का कोशिश कर रहें हैं । आज स्टार एफएम में ऋषि धमला के साथ बातचीत में झलनाथ ने कहा - ‘अब धोती प्रदेश बनाउने त’ । अब अगर सम्प्रदायिकता फैली तो जिम्मेवार कौन होगा ? शर्म तो हमें है , हमारी धरती उन लोगों के कैद में है जो किसी देश के इशारे पर इस देश का बिखण्डन करने के लिए सम्प्रदायिकता फैलाना चाहते हैं । और शर्म इसलिए भी कि अभी भी कुछ चेहरे से मधेशी दिखनेबाले लोग अपनी धरती, अपना नाम-परिचय और माँ-बाप के बेइज्जती के वावजूद एमाले नेताओं का बहिया बने हुए हैं । शर्म है ! शर्म है !!










गिरिजा बाबु बिरगंज में नहि रहे, अब यहा मधेशी सहिदो के सालिक लगाया जायेगा।


आज सर्लाही बरहथवा में सभी कार्यालयों में मधेश सरकार लिखने का कार्यक्रम सफल हुआ ।














No comments:
Post a Comment