संविधानको धारा २६५ मा यसरी ठगिए मधेशी, थारु, मुश्लिम र आदिवासी
नेपालको संविधानमा विभिन्न ४ आयोग गठन गर्ने संवैधानिक प्रावधान ठिक भए पनि संविधानको धारा २६५ ले मधेशी, थारु, मुश्लिम र आदिवासी जनजातीको लागि ति आयोग ललिपप मात्र हुने ... नेपालको संविधानको धारा २६५ ले आदिवासी जनजाती, मधेशी, थारु र मुश्लिमलाई पुनः कुठाराघात गरेको छ । नयाँ संविधानमा अन्य आयोगहरु यथावत रहने तर यो ४ वटा आयोग १० वर्षमा किन पुनरावलोकन गर्नु पर्ने बताए । यो घुमाउरो तरिकाले मधेशी आदिवासी जनजाती, थारु र मुश्लिमलाई ठग्ने काम भएको छ । यसले जनता ठगिएको महसुस गरी रहेका छन् । तत्तकाल उक्त संविधान संशोधन गर्दा हटाउनु पर्ने बताए ।
नेपालको यो अवस्था हुनुमा शिर्ष नेताहरु दोषि छन् : प्रो. एस.डी मुनि
नेपालको अहिलको अवस्थाको मुख्य जिम्मेवार नेपाली शिर्ष दलका घमण्डी, आत्म केन्द्रित र अदुरदृष्टिको कारणले भएको आरोप लगाएका छन् । नेपाल भारतको बारे बारम्बार सामाजिक सन्जालमा टिप्पणी गर्दै आउनु भएका प्रो. एस.डी मुनिले अहिले नेपालमा भारत प्रति देखिएको क्रोधीत भएको उल्लेख गर्दै यसको दोषि भारत नभई नेपालका शिर्ष नेताहरु नै भएको उल्लेख गरेका छन् । उनले शिर्ष तिन दलका नेताहरु सँग देश हाक्ने दुरदृष्टि नभएको आरोप लगाउँदै देशको अवस्थाको सम्पुर्ण जिम्मेवार उनीहरुले लिनु पर्ने बताएका छन् ।
Nepalese are rightly angry at India's reaction. Blame arrogant, self centred and short sighted top Nepali leaders equally for Current mess.
— SUKH DEO MUNI (@SDMUNI) September 28, 2015
Nepal's NC, UML & Maoist leaders cut power sharing deals to twist principles of inclusion, federalism and secularism. Will those deals hold?
— SUKH DEO MUNI (@SDMUNI) September 27, 2015
If the marginalised groups' CAs could earlier show courage of leaving their parties, Nepal would have had a generally hailed Constitution.
— SUKH DEO MUNI (@SDMUNI) September 27, 2015
Bhattari's leaving Prachanda at now will realign Nepali political forces. Marginalised CA members may feel emboldened to rally around him.
— SUKH DEO MUNI (@SDMUNI) September 27, 2015
सेनाको विश्लेषण : माग सम्बोधन नगरे नियन्त्रण गुम्नसक्छ
पश्चिम तराईमा थारूहरूको माग राजनीतिक रूपमा सम्बोधन नगरे परिस्थिति नियन्त्रणबाहिर जान सक्ने नेपालीसेनाको निष्कर्ष छ। तर, तरल परिस्थितिलाई नजिकबाट हेरिरहेको र ‘ल एन्ड अर्डर मेन्टेन’ गर्न स्थानीय प्रशासनलाई सघाइरहेको सैनिक अधिकारीहरूले बताएका छन्।एक उच्च सैनिक अधिकारीका अनुसार अहिलेकै अवस्था कायम रहे तराईमा थारू र मधेसीबीचको सहकार्यमा उत्तेजक आन्दोलन हुने र स्थिति सरकारको नियन्त्रणमा आउन नसक्ने सेनाको विश्लेषण छ। ..... ‘थारूहरूको एजेन्डा राजनीतिक रूपमा सम्बोधन गर्नुपर्छ, उनीहरूको एजेन्डा ल एन्ड अर्डरले समाधान हुँदैन,’ प्रधानमन्त्री सुशील कोइरालासहित चार दलका शीर्ष नेतासँग कामु प्रधानसेनापति क्षेत्रीले भनेका थिए, ‘अन्यथा तराईको परिस्थिति नियन्त्रणबाहिर जाने खतरा छ।’ सो बैठकमा सशस्त्र प्रहरी प्रमुख कोषराज वन्त, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मी पनि सहभागी थिए।कामु प्रधानसेनापति क्षेत्रीले त्यसअघि र पछि पनि प्रधानमन्त्री कोइरालासँगका भेटमा सोही कुरा दोहोर्याउँदै आएको एक उच्च सैनिक अधिकारीले बताए। थारू र मधेसीबीच राजनीतिक सहकार्य हुने अवस्थामा तराईमा पहाडी र अन्य समुदायबीच दंगा उत्पन्न हुनसक्नेतर्फ सेनाले सतर्क गराउँदै आएको ती अधिकारी बताउँछन्। सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले पनि राजनीतिक विषय राजनीतिक रूपमै समाधान गर्नुपर्ने बताए। ‘राजनीतिक विषयवस्तुलाई त्यही रूपमा समाधान गर्नु उपयुक्त होला, त्यो हाम्रो विषय होइन,’ सैनिक प्रवक्ता पोखरेलले भने, ‘हामीले विद्यमान नियम कानुनअनुसार स्थानीय प्रशासनलाई सहयोग गरिरहेका छौँ। कतिपय ठाउँमा सेना खटिएको छ, कहीँ गस्ती मात्रै गरेको छ। यसलाई सेना परिचालन नै भएको अवस्था मान्न मिल्दैन।’ तर, परिस्थितिलाई सेनाले नजिकबाट नियालिरहेको र सतर्क अवस्थामा रहेको प्रवक्ता पोखरेलले बताए।‘अहिलेको तरल परिस्थितिलाई हामीले नजिकबाट हेरिरहेका छौँ, स्थानीय प्रशासनको सहयोगका लागि सेना उच्च सतर्क भएर बसेको छ,’ पोखरेलले भने, ‘विद्यमान ऐन–नियमको परिधिमा रहेर ल एन्ड अर्डर मेन्टेनका लागि सेनाले स्थानीय प्रशासनलाई सघाइरहेको छ, यो सेनाको कर्तव्य हो।’कामु प्रधानसेनापति क्षेत्रीले तराईसहित सेनाका सबै युनिटलाई परिस्थिति असामान्य भएको भन्दै सतर्क अवस्थामा रहननिर्देशन दिइसकेका छन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच उत्पन्न मनमुटावका कारण स्थानीय तहमा समन्वय अभाव रहेको र यसलाई समाधान गर्न पनि सेनाले सुझाब दिँदै आएको छ।‘सशस्त्र प्रहरी र नेपाल प्रहरीको बीचमा झगडाको बिउ रोपिदिएपछि तल्लो तहमा उनीहरूका अधिकृतदेखि जवानसम्म विभाजितमानसिकता छ, मनोबल खस्किएको छ,’ एक सैनिक अधिकारीले भने, ‘राजनीतिक दलले राजनीतिक विषयलाई वार्ताबाट नटुंग्याउने, परिस्थिति असामान्य बन्दै जाने भएपछि मुलुक कसले सम्हालिदिन्छ?’यसअघि पृतनापतिहरूको भेलामा पनि यो विषय उठाइएको थियो। राष्ट्रिय अनुसन्धान विभाग सक्रिय नभएको पनि सेनाले जनाएको छ। ‘टीकापुरमा हजारौँ मानिस घरेलु हतियार बोकेर आउँदा हाम्रा गुप्तचरका मानिस के हेरेर बसिरहेका थिए ? उनीहरूले यो सूचना किन समयमा सम्प्रेषण गर्न सकेनन् वा गरेनन् ?’ सेनाका एक उपरथीले भने, ‘ट्याक्टिकल इन्टेलिजेन्ससमेत नभएपछि कहाँबाट सुरक्षाकर्मीले गतिलो काम गर्नसक्छ ?’प्रमुख दलले ६ बाट सात प्रदेश बनाउने सहमति गरेपछि मध्यपश्चिममा दीपावली भएको थियो, तर थारू बाहुल्य पश्चिम तराईमा चर्किएको आन्दोलन अझै जारी छ। कैलालीको टीकापुरमा ७ भदौमा प्रदर्शनकारीको आक्रमणबाट एसएसपीसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो। सो घटनापछि टीकापुरमा स्थानीय प्रशासनलाई सहयोग गर्न सेना खटिएको छ भने तराईका सबै जिल्लामा सेनाले उच्च सतर्कता अपनाएर कुनै पनि वेला खट्ने गरी तयारी अवस्थामा छ।स्रोतका अनुसार आन्दोलनमा थारू र मधेसीको सहकार्यले मुलुककै सुरक्षा सन्तुलन खल्बलिने सेनाको विश्लेषण छ। जंगी अड्डाको निष्कर्ष उल्लेख गर्दै स्रोतले भन्यो, ‘पश्चिम तराईको माग राजनीतिक रूपमा सम्बोधन गरिसकेपछि तराईमा ठूलोसमस्या आउँदैन। त्यसपछिका समस्या ल एन्ड अर्डरबाट हल हुन्छन्।’ तराईको सुरक्षा जटिल भए पनि नियन्त्रणबाहिर गइनसकेको सेनाको निष्कर्ष छ। अहिले नै सेना परिचालित नभएको सैनिक प्रवक्ता पोखरेलले बताए।
यो कस्तो राष्ट्रवाद हो, जो एक स्वदेशी समुदायको विरोधमा छ ?
तलका मधेशीहरु भोकै रहून्, मारियून्, केही सरोकार छैन, तर आफ्नो दानापानी र सुखसयल भने बेरोकटोक चलिरहोस् ! यो कस्तो राष्ट्रवादी सोच हो ? ..... अहिले काडमाण्डुका गल्ली, चौक चौराहा र चियापसलदेखि भट्टीपसलसम्ममा चर्को राष्ट्रवादको गफ मात्रै सुनिन्छ । मधेशले आफ्ना केही सवाल राख्ने बित्तिकै जागिहाल्ने खालको छ यिनीहरुको राष्ट्रवाद । त्यसमा पनि अहिले त झन भारतले नै मधेशसँग जोडिएर चासो राखेपछि यिनीहरुको राष्ट्रवाद चुलिनु अपेक्षित नै थियो । संविधानप्रति भारतको कडा रबैयाले गर्दा यी राष्ट्रवादीहरुलाई आफ्नो ‘नस्लवादी’ राष्ट्रवाद प्रदर्शन गर्ने थप निहुँ मिलेको छ । ......के साँच्चीकै यो यिनीहरुको राष्ट्रवाद हो वा खान नपाउने तथा गाडी चढ्न नपाउने त्रासबाट उत्पन्न आक्रोश हो ? यिनीहरु चार दिन आपूर्ति बन्द हुँदा यति आक्रोशित, आतंकित र विचलित भएका छन्, के यिनीहरुले ४५ दिनदेखि बन्द अवस्थामा रहेको मधेशका जनताले के खाँदै होलान्, कसरी जीवन धानिरहेका होलान्, एकचोटि पनि गम खाएका छन् ?
...... यिनीहरुचाहिँ आफ्ना हकका लागि मधेशका घरघरबाट नागरिकहरु सडकमा ओर्लिसकेको तथा आवश्यक सामग्रीको आपूर्ति आफ्नै लागिसम्म पनि बन्द गर्दै आफ्नै जीवनलाई थप कष्टकर बनाउनसम्म तयार रहँदै भारतीय नाका थुनेको र राजमार्ग ठप्प पारेको समेत देख्दैनन् । .... झन् भारतको पछिल्लो ‘गैरकूटनीतिक’ र ‘असुझबुझपूर्ण’ कदमले यिनीहरुलाई मधेशी आन्दोलनलाई अझ बदनाम मात्रै हैन, खारेज नै गर्ने थप बहाना मिलेको छ । .... यो त राष्ट्रवादको आवरणमा भारतको चर्को विरोध गरेजस्तो गरेर मधेशीको आवाजलाई निस्तेज पार्ने खेल हो । घरभित्र उठेका असन्तुष्टिलाई बाह्य ‘हस्तक्षेप’को हाउगुजी देखाएर निमोठ्न खोज्नु राष्ट्रवाद होइन । .... सिंगो मधेश–थरुहट र जनजातिहरुको व्यापक र चर्को विरोधलाई संसदमा बहुमतको भरमा नजरअन्दाज गर्दै ल्याइएको संविधानलाई स्वागत नगरेकोमा ती उत्पीडितहरुलाई अराष्ट्रवादी देख्ने यिनीहरुले आफैले आफ्नो राष्ट्रियताको दायरा कति साँघुरो पारेको भेउ नै पाउँदैनन् । संविधानको अपूर्णताको विरोधमा यत्रो चर्को र व्यापक विरोध घरभित्रै भइरहँदा पनि यिनीहरु ‘हाम्रो संविधान विश्वमै उत्कृष्ट’ भन्दै गफ छाँटिरहेका छन् । आफ्नै मुलुकका कुन समुदायका के के माग लेख्न छुटाइए अथवा आफ्नै कति वटा पूर्व अडान लेख्न बिर्सिए भन्दै आफ्नै संविधान पुनरावलोकन गर्नु कता हो कता, यिनीहरु अन्य देशका संविधान पल्टाउँदै त्यसका कमीकमजोरी औंल्याउँदै आत्मरतिमा लीन छन् । ......आफ्नो दानापनी बन्द हुन लागेको झोँकमा राष्ट्रवादको मुखौटा लगाएर केही मानवअधिकारवादीहरु कथित भारतीय नाकाबन्दीविरुद्ध प्रदर्शन गर्न भारतीय दूतावासअगाडि जान्छन्, तर आफ्नै राष्ट्रभित्र अधिकारका लागि संघर्षरत नागरिकलाई आफ्नै राज्यले हाकाहाकी मारिरहँदा चुइँक्कसम्म बोल्दैनन् । किन ?
..... गोर्खाल्याण्डको आन्दोलनले नेपाली मिडियाको समर्थनसहित प्रमुख समाचार बनेको देख्दा यिनीहरुको मन हरर हुछ र सीना (छाती) गर्वले फुल्छ, तर नेपालभित्रै मधेश प्रदेशको मागलाई यिनीहरु नै नाजायज ठहर्याउँछन् । किन ? ....यहाँ दाहालहरु, देउवाहरु, ज्ञवालीहहरु दिल्ली जाँदा परामर्श गर्न गएको ठहरिन्छ, तर यादवहरु, ठाकुरहरु, महतोहरु भारत जाँदा गुहार माग्न गए भनी अपमानित गरिन्छ ।
...... काठमाण्डुलाई दानपानी खुवाइरहुञ्जेल, ग्यास तथा पेट्रोलियम आपूर्ति गराइरहुञ्जेल, मधेशीलाई गाली वा नसीहत दिइरहुञ्जेल तथा मधेशीको मुद्दामा नैराश्यता देखाइरहुञ्जेल भारत यी सबै राष्ट्रवादीहरुको ‘डार्लिङ’ हुन्छ । तर भारतले मधेशीको प्रसंग झिक्नेबित्तिकै यिनीहरुको नस्लवादी राष्ट्रवाद जागेर आउँछ । र त्यसपछि सुरु हुन्छ, भारतलाई निहुँ पारेर आफ्नै देशबासी मधेशीलाई थप बेइज्जत, घृणा, अपमान, तिरष्कार र आक्रमण गर्ने यिनीहरुको घिनलाग्दो अभियान ! ..... म यो निष्कर्षमा पुगेको छु,कथित ‘नेपाली राष्ट्रवाद’ भारतविरोधीभन्दा पनि मधेशीविरोधी जगमा उभिएको छ ।
मधेशलाई ‘टार्गेट’ गर्न मात्र भारतविरोधको सहारा लिइन्छ । नत्र भने अझै पनि मधेशीहरु मारिइरहँदा यिनीहरु किन चुप छन् ? किन यिनीहरु ‘मधेश र थरुहटका माग सम्बोधन गर’ भन्दै सडकमा प्रदर्शन गर्दैनन् ? ...... यिनीहरुले दार्जिलिङ र जनकपुरबीचको फुटबल म्याचमा जहिले पनि दार्जिलिङको समर्थन गर्छन् ।
No comments:
Post a Comment