Tuesday, September 29, 2015

In The News (128)

अन्तराष्ट्रिय विमानले भारतमा तेल भर्न थाले
आन्तरिकका लागि २५ दिनसम्मलाई पुग्ने इन्धन
अन्तर्राष्ट्रिय उडानले आजदेखि तेल नपाउने
एक प्रतिशत ट्रक मात्रै भित्रिँदै



विकासोन्मुख देशलाई चीनको २ अर्ब डलर
आगामी १५ वर्षमा त्यस्तो लगानी १२ अर्ब डलर पुग्ने उनले बताए। स–साना टापु मुलुकलगायत विश्वका अतिकम विकसित देशलाई दिइने ब्याज मिनाहा गरिने उनले घोषणा गरे। आगामी ५ वर्षका लागि ६ सयवटा वैदेशिक सहायता कार्यक्रम सञ्चालन गरिने बताए। जसलाई ६ वटा १ सय (सिक्स वान हन्ड्रेड) योजना नाम दिइएको छ। जसअन्तर्गत गरिबी उन्मूलन, कृषि उपज समन्वय, व्यापार सरलीकरण, वातावरण सुरक्षा र जलवायु परिवर्तनका प्रभाव सामना, अस्पताल र क्लिनिकहरू निर्माण, विद्यालय र व्यावसायिक तालिम केन्द्र स्थापनाका लागि १/१ वटा परियोजना सञ्चालन गर्ने चिनियाँ योजना छ। ...... राष्ट्रसंघले सन् २०३० सम्ममा गरिबी र भोकमरी अन्त्यको उक्त लक्ष्य प्राप्त गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ। ..... ‘विकासोन्मुख देशहरूसँग एकता र समन्वय चिनियाँ विदेश नीतिको मूल जग हो,’ राष्ट्रपति जिनपिङले भने।
In thrall to the past
Nepal’s constitution inaugurates the new, but it protects too much of the old.
Constitutions work if there is a minimal sense that constitutional debate is indeed the path to progress and an institutional mechanism that can meaningfully adopt the political concerns of those groups that are feeling marginalised. In Nepal, both conditions seem to be weakening. ..... It is not clear that Nepal has a political party that can successfully manage these differences. ...... Defenders of the constitution point, rightly, to the fact that it was passed by 82 per cent of the vote. But this exacerbates the crisis of trust, rather than resolve it.

It suggests that the Madheshi leadership is not effective in making its presence felt in Kathmandu

; even when it does, it does not seem to carry the authority of its constituents. The sense that Madheshis feel betrayed by a process that was, in some senses, reasonable makes the problem worse, not better. This might diminish faith in representative politics. ....... Ideally, progressive constitutions in South Asia should dissociate citizenship from identity. This ideal is always hard to achieve. Given entrenched hierarchies of power, there is a fear among marginalised groups that throwing a veil of anonymity over identity is merely a ruse for perpetuating the status quo. But this ideal becomes even harder to achieve when there is a suspicion of double standards. In drawing the federal boundaries, the charge is that they have been effectively gerrymandered to give Brahman-Chhetris effective federal representation but have sidelined Madheshis. There is the larger issue of whether proportionate representation by ethnic identity is necessarily a progressive principle. It usually entrenches, rather than overcomes, the tyranny of compulsory identities. But the dropping of the proportionate representation provision will negatively affect Madheshis and, taken together with the federalism provision, has fuelled suspicion. While it is true that the constitution can still be amended, getting amendments passed on anything pertaining to state boundaries (there is no clear mechanism for changing them) or federalism is going to be near impossible. ..... While the constitution is “secular”, its conception of secularism is problematic. It defines secularism as “protection of religion and culture being practised since ancient times and religious and cultural freedom”. This clause is an oxymoron. There is a deep contradiction between the first and second half of this definition, and

one can only imagine what courts will do with it.

It also makes the mistake of aligning secularism with identity rather than freedom. It is an alignment reinforced by a broadly phrased prohibition on “converting” someone. It gives such wide latitude to “culture being practised since ancient times” that you wonder how counterfeit freedom will be. ......... This is not a progressive constitution in so far as it reeks of the language of descent. The core of a modern democracy is not where people come from, but where they are going. The obsession with descent marks a distinction between rights of citizens who are naturalised and rights of citizens by descent.

The former are excluded from an extraordinary range of high offices, effectively making them second-class citizens.

But most egregiously, it treats women as second-class citizens — they cannot confer citizenship to their children independently of men; in case they marry foreigners, their children will be barred from high office. But in a curious way, such a provision, along with the culture clause, exemplifies the subconscious bane of South Asia: the theme of descent makes its prodigal return. The constitution inaugurates the new; but it protects too much of the old. ..........

it will short-change its own women to keep notions of purity of descent alive. The imagined Indian dominance frames this regulation of gender



जनकपुर पुगेका बाबुरामलाई जेपी गुप्ताको स्वागत
भट्टराई जनकपुर आएका थाहा पाएपछि गुप्ता उनी बसेको यात्री निवासमा पुगेका थिए । गुप्ता पूर्व जानकारी विना नै पूर्व प्रधानमन्त्री भट्टराईलाई भेट्न पुगेका थिए । .... ‘उहाँ भूपू प्रधानमन्त्रीका रुपमा मधेस आउनु भएको छ । मलाई आश छ उहाँले हाम्रो समस्या के हो र मधेसीले मागेको वा भारतले थोपरेेको हो बुझ्न पाउनु हुनेछ । र काठमाडौं फर्किएर अरु पूपू प्रम र नेताहरुलाई बताउन सक्नु हुनेछ ।’


भारतको रुखो जवाफ, मधेसीको माग पूरा नहुँदासम्म नाकाबन्दी खुल्दैन
थापाले आपूर्ति रोकिँदा नेपालमा भारतविरोधी जनमत बढेको र त्यसले दुवै मुलुकलाई फाइदा नगर्नेतर्फ भारत सरकारको ध्यानाकर्षण गराएका थिए । थापाले भारतका पेट्रोलियममन्त्री धर्मेन्द्र प्रधानसँग पनि यही विषयमा छलफल गर्नेछन् । ... तर, मन्त्री थापाले ‘अत्यावश्यक सामग्री आपूर्ति नियमित गराइदिन सहजीकरण र सहयोगका लागि’ गरेको आग्रहमा विदेशमन्त्री स्वराजले राजनीतिक सहमतिमार्फत असन्तुष्ट पक्षलाई समेटेर अघि बढे सबै कुरा सहज हुने जवाफ दिएको


बाबुरामको जनकपुर आगमन, उत्साहभन्दा आशंका बढी
कुनै बेला महेन्द्रनारायण निधिको गान्धीवादी, सरोज कोइरालाको क्रान्तिकारी एवं रामनारायण मिश्रको समन्वयवादी राजनीतिको केन्द्र रहँदै आएको सहर जनकपुर पहिलो मधेस विद्रोहका वेला सम्भवतः सबभन्दा संयमित थियो । विरोध प्रदर्शन अपेक्षाकृत सौम्य हुने गरेको जनकपुर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आगमनले फेरि तातेको छ । एमाओवादी पार्टीको सम्पूर्ण जिम्मेवारी सहित व्यवस्थापिका–संसदको सदस्यता समेत परित्याग गरेका डा. भट्टराई अत्यन्त कडा सुरक्षा, चर्काे विरोध तथा तीव्र प्रदर्शनका वीच जनकपुर आइपुगेका छन् । ...... अत्यन्त कडा सुरक्षा, चर्काे विरोध तथा तीव्र प्रदर्शनका वीच जनकपुर आइपुगेका छन् । ..... स्थानीय गोपाल धर्मशालामा निर्धारित समयभन्दा ढिलो गरी आयोजित कार्यक्रमलार्ई सम्वोधन गर्दै उनले मधेश आन्दोलनमा आफ्नो ऐक्यबद्धता जनाए । समावेशी, सामानूपातिक, संघिय स्वायत प्रदेशका अवधारणालाई आत्मसात् गर्दै नयाँ नेपाल बनाउनुपर्ने तर्क अघि सार्दै उनले यसको लागि लामो लडाई सँगसँगै लड्नुपर्ने बताए । ...... काँग्रेस, एमाले र एमाओबादी पुरानो शक्ति र पुरानो चिन्तनले ग्रसित पार्टी भएकोले अब नयाँ शक्ति निर्माणको खाँचो महसुस गरिएिकोले त्यसमा जुट्न सवैसँग आग्रह गरे । ...... संविधान सभाबाट जारी भएको संविधानमा मधेशको मुद्दा समावेश नभएको भन्दै उनले आफू पनि संवाद समितिको सभापति समेत रहेकाले क्षमा मागे ।

मधेशमा दुई प्रदेश एउटा नारायणी पूर्व र अर्काे नारायणी पश्चिम हुनुपर्ने

कुरामा सहमति भए पनि अहंकारले पीडित मूठ्ठीभर काठमाडौंका शासक वर्गले नस्विकारेकाले यस्तो अवस्थाको सृजना भयो, आफूले मिलाउने खूवै प्रयास गरेपनि त्यो हुन नसकेको उनको दावि थियो । जारी गरिएको संविधान अपूरो भएको उल्लेख गर्दै उनले भने मधेशमा लामो समयसम्म आन्दोलन भईरहँदा बालुवाटार र सिंहदरबारमा चैनले सुतेका शासक वर्गलाई व्यूँझाउँन आफू यहाँ आएको प्रष्ट्याए । .......... एमाओदीको नीतिगत विरोध गर्दै मधेशको जायज माग सम्वोधन हुनुपर्ने स्वायत प्रदेश, सम्पूर्ण सहमति तथा सम्झौता लागू गर्नुपर्ने माग गरे । पहाड र मधेश वीच दुरी नबढाएर हामी नेपाली एक होऔ, नेपालका अखण्डता कायम गरौ भन्दै उनले शासक वर्गको ज्यादति खेप्न नसकिने चेतावनी दिए । अघोषित नाकाबन्दी तर्फ इंगित गर्दै उनले भने अहिले बोर्डर अबरुद्ध छ, यसको जिम्मेबार अतिवादी तथा अहंकारवादी सोच भएकोहरुले लिनुपर्छ, उनले भने । बोर्डर अबरुद्ध तराई–मधेश तथा पहाडका जनता कारण नभएको उल्लेख गर्दै काठमाण्डौ र दिल्ली वीच भएको लफडाका कारण श्रृजना भएको उनको धारणा थियो । आफ्नो छिमेकी सँग विवाद गरेर फाइदा नहुने भन्दै भट्टराईले दुवैपक्षले आपसी छलफल गरेर सामाधान खोज्नुपर्ने सुझाव दिए ।

हिन्दीमै भाषण गरेका उनले हजारौं वर्षको मिथिला सभ्यताका याज्ञवल्यक्क, गाग्री र मैत्री जस्ता विभूति, विद्धान विदुषिको महिमागान गर्न समेत भ्याए ।

....... उनले संघीयताको खोल ओढेर दक्षिणले खेल्ने र भारतका नाममा पाखण्डी राष्ट्रवाद देखाएर जनताको माग खोस्ने दुवैको आलोचना गरेका थिए । पूर्वप्रधानमन्त्री भट्टराईको आगमनलाई लिएर मधेसमा कतै स्वागत त कतै विरोधको स्वर चर्काे रुपमा उठ्न थालेको छ । उनको विद्रोहले मधेस आन्दोलनलाई ठूलो उर्जा मिलेको र उत्पीडनविरुद्ध विद्रोहको झण्डा उठाउने उनको कदमको स्वागत गर्नुपर्छ भन्ने राय जनकपुरका जर्वजस्त छ । सांसदको समेत पद त्याग्नु ठृलो त्याग हो, जो अहिले सम्म अपवाद वाहेक मधेसी नेताले गर्न सकेका छैनन्, संविधानमा हस्ताक्षर गरेर उनले गल्ती गरेकै हो, तर उनी अर्थ मन्त्री हुँदाको काम, प्रधानमन्त्री छँदा मुस्तांग गाडी चढ्नुदेखि लिएर मुसहर बस्तीमा बास बस्नु, काठमाण्डौंको सडक फराकिलो बनाउन गरेको कार्यसम्पादन बिर्सन सकिँदैन भन्ने तर्क राख्नेहरुको पनि कमी छैन । ...... जसले दलको स्थापना लगायत लामो जनयुद्धमा आफुलाई समर्पित गरे त्यही ब्यक्तिले नै त्यहि दल परित्याग गर्नु एउटा ठुलो निष्कर्ष लिएर पक्कै निस्किएको हुनुपर्दछ । दल छाड्ने दुःख लाई निष्कर्षबाट प्राप्त हुने सम्भावित आनन्दले छोपेको हुनसक्छ । ती आनन्द प्राप्तिको लागि अव उनले साबधानीपूर्बक निष्कलंकित ब्यक्तिहरुको साथलिँदै उपयुक्त बाटो अख्तियार गर्नु पर्ने हुन्छ र देशका विभिन्न जातजाति समुदायको समस्याहरुलाई बुझ्दै सुशासनको स्थापनाका लागि अग्रसर हुनुपर्दछ त्यसैमा उनको सफलता निहित छ भन्ने यहाँका बुद्धिजीवीहरुले बताउन थालेका छन् । ...... उनी साधारण राजनैतिक कार्यकर्ता पक्कै पनि होइनन्, मुलुकका प्रधानमन्त्री भइसकेका, पेशाले कुशल अभियन्ता, आधुनिक चेत भएका, देश र जनता लोकप्रीयता हासिल गरेका, अन्तराष्ट्रिय पक्षलाई बुझेका र पत्याएका ब्यक्ति भएका कारणले पनि जनकपुरले उनको आगमनलाई कौतुहलता र जिज्ञाशा भरिएको आँखाले हेरिरहेको छ । ..... एमाओवादीको स्थापना, स्वरूप ग्रहण, संस्कार, सफलता र असफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने शीर्षस्थ नेतालाई संगै राख्न नसक्नु पार्टी नेतृत्वको अत्यन्तै ठुलो असफलता हो । उनको पीड़ा र बाध्यता बहसको विषय मात्रै होइन उनको अगाड़ीको दिशा र क्रियाशीलता विशेष चासोको विषय हुनेछ । भट्टराईले आज जनपुरमा थरुहट, मधेस ,जनजाति र मुस्लिम मुद्दाहरुको संवैधानिक प्रत्याभूतिको जटिलताको चर्चा र भावनात्मक एकीकरणको अवसर गुमेको अनुभूति र पछुतो भने कतै देखाएनन् । ..... आफै संवाद समितिका सभापतिसमेत रहेका र संविधानमा हस्ताक्षरसमेत गरेका बाबुरामले संविधान लागू नहुँदै किन पार्टीबाट अलग्गिए ? यस जिज्ञासाको सही जबाफ जनकपुरले पाउन सकेन । कुनै बेला सभ्यता–आधारित मिथिला होस् वा अस्मिता–अभिप्रेरित मधेस, तात्कालिन मिथिलाका राजधानी रहेको जनकपुरमा बाबुरामको कदमको पुनर्कल्पनाले उर्जा प्रवाह भएका सहरवासीमा आसा र विद्रोहको आगो बराबर छ ।
अधिकार दिलाउन नसकेको भन्दै मधेसी समुदायसँग बाबुरामले माफी मागे
डा. बाबुराम भट्टराईले मधेस र थारुको माग पूरा भएपछि मात्र संविधानले पूर्णता पाउने बताएका छन् । ..... संविधानसभाको सम्वाद समितिका सभापति समेत रहेका भट्टराईले महत्वपूर्ण जिम्मेवारीमा रहेर पनि मधेसलाई अधिकार दिलाउन नसकेको भन्दै माफी मागेका छन् । .... उनले आफू तराई-मधेस, हिमाल र पहाडलाई जोड्न जनकपुर आएको बताए । साथै उनले मधेसको समस्याको वार्ता र सम्वादवाटै राजनीतिक समाधान खोज्नु पर्नेमा जोड दिएका छन् । यसका लागि सरकार पक्ष बढी जिम्मेवार हुनु पर्ने भन्दै उनले आन्दोलनकारी पनि वार्तामा बस्न आग्रह गरे । .... संविधान संशोधन गरेर आन्दोलनरत पक्षको जायजमा सम्बोधन गर्नु पर्ने उनले बताए । ......

भट्टराईले राष्ट्रपति डा. रामवरण यादवले दौरा सुरुवात लगाएर नेपाली बन्न कोशिस गरेको तर, पटक पटक अपमानित हुनु परेको बताए ।

..... भट्टराई सम्बोधन गरेर हिँडे लगतै आन्दोलनकारीले मञ्च नै जलाएका छन् ।
कर्मचारीहरुले सामूहिक राजिनामा दिँदै आन्दोलनमा ऐक्यबद्धता जनाए
नेपाल टेलिकम महोत्तरीमा कार्यरत रहि विभिन्न ट्रेड युनियनसंग आवद्ध रहेका १४ जना कर्मचारीहरुले सामूहिक राजिनामा दिदै मधेश आन्दोलन प्रति ऐक्यवद्धता जनाएका छन् । .... विभिन्न कर्मचारीहरुले मधेश आन्दोलनमा ट्रेड युनियनहरुले भुमिका निर्वाह नगर्नुका साथै मधेश आन्दोलनमा ऐक्यवद्धता नजनाउन दिएको निर्देशन राणाकालिन र दमनकारी नीति रहेको भन्दै यसको विरोध समेत गरेको छ । .... नेपाल टेलिकम महोत्तरीमा कार्यरत रहेका नेकपा एमाले सम्बद्ध नेपाल दूरसञ्चार कर्मचारी संघका क्षेत्रीय कोषाध्यक्ष भावेशकुमार कर्ण, जलेश्वर ईकाईका अध्यक्ष धर्मेन्द्र ठाकुर, सचिव रामजी साह, सदस्यद्वय सत्यदेव मण्डल र शिवचन्द्र यादवले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएका छन् । ...... त्यसैगरी नेपाली काँग्रेस आवद्ध नेपाल टेलिकम वर्कश युनियनका जलेश्वर इकाई अध्यक्ष रामकिशोर ठाकुर, कोषाध्यक्ष सरोज झा, सदस्यहरु चन्देश्वर पासमान, वेचन साह, तारादेवी कर्माचार्य, जतन मेस्तार, शत्रोहन ठाकुर र सल्लाहकार दुखमोचन चौधरीले समेत राजिनामा दिएका छन् । ..... त्यस्तै एनेकपा माओवादी आवद्ध नेपाल राष्ट्रिय कर्मचारी संगठनका जलेश्वर इकाई अध्यक्ष अशोककुमार राउतले पनि साधारण सदस्य समेत नरहने गरी राजिनामा दिनुभएको संयुक्त प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । ...... लोकतन्त्रमा दमन, हत्या, हिंसा तथा आतंकको कुनै पनि स्थान नरहेको उल्लेख गर्दै विज्ञप्तिमा मधेश र थरुहटक्षेत्रमा अपुरणीय क्षति भइरहेपनि सरकारले माँगहरुलाई वेवास्ता गर्नु गैरलोकतान्त्रिक कार्य भएको उल्लेख गरिएको छ । मधेश र थरुहटक्षेत्रको जायज माँगको तत्काल सम्बोधन हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।


मधेश र मधेशीको कुरा गर्दा एमालेमा कारबाही हुन्छ – रेवन्त झा (नेकपा एमालेका पूर्वनेता)
हामीले प्रेस विज्ञप्ति निकालेर उनीहरूलाई पटक–पटक जानकारी गरायौं कि मधेशका जायज मागहरू सम्बोधन गर्नु तर उनीहरूले बेवास्ता गरिरहे त्यो अवस्थामा हाम्रा अरू कुनै बाटो भएन र हामी सक्रिय रूपमा मधेश आन्दोलनमा लाग्यौं । .....

‘मधेश आन्दोलनलाई समर्थन जनाएको हुनाले यो पार्टी विरोधी गतिविधि भएकाले निजलाई कारवाही गरिएको छ’

भनेर उल्लेख गरिएको छ । हामीसँगै रौतहटका ४५÷४६ जना पार्टीकै जिम्मेवार गाउँ कमिटीका अध्यक्षहरू, इलाका कमिटिका सदस्यहरू, इलाका कमिटीका पदाधिकारीहरू, जिल्ला कमिटीका सदस्यहरूलाई पनि निलम्बन गरेर कानुनी कारवाही गर्ने बताइएको छ । ...... मलगायत अरूहरूलाई पनि निलम्बनमा पारिएको छ । अहिलेसम्म ४५ जना कारवाहीमा परेका छन् । ..... मधेश आन्दोलनलाई समर्थन गर्नेहरूलाई नेकपा एमालेले ठाउँको ठाउँ कारवाही गर्ने नीति लिएको छ । त्यो नीति अनुरूप जहाँको नेता भए पनि त्यही जिल्लाले कारबाही गर्नसक्ने भनेर परिपत्र गरेको छ । त्यस हिसाबले ठाउँ ठाउँमा पार्टीको साथीहरू मधेश आन्दोलनको पक्षमा लाग्नुभएको छ । उहाँहरू कारवाही गर्ने नीति छ तर काँहीकाँहि चाँहि माग जायज नै हो भनेर कारवाही नगरेको पनि छ । धेरै ठाउँमा सहिष्णुता देखाएको छ । तर,

रौतहटमा एकाधिकार छ । पहाडियाकरणले यहाँ जरा गाडेको छ ।

....... अब नेकपा एमाले मधेशी, थारू, दलित, जनजाति विरोधी पार्टी भएको ठहरिन्छ । ..... म लगभग २५ वर्षदेखि नेकपा एमालेको एउटा सिपाहीको रूपमा काम गर्दै आइरहेको छु । विगतको संविधानसभाको चुनावमा म नेकपा एमालेको तर्फबाट उम्मेदवार पनि थिएँ । ..... अहिलेसम्म मधेशी जनताले हक अधिकार नपाउनुमा सबभन्दा मूल कारक नै आफूलार्य राष्ट्रिय पार्टी भनाउनेहरू छन् । ती राष्ट्रिय पार्टीमा काम गरिरहेका मधेशी नेताहरूले आफ्नो नेतृत्वकोमा गएर मधेशी जनतालाई हामी फकाइहाल्छौं मिलाईहाल्छौं तिनीहरूबाट केही हुन सक्दैन अहिले हल्ला भईरहेको छ दुई चार दिनमा सेलाइहाल्छ फेरि जित कांग्रेस एमालेकै हुन्छ । एमाओवादीको नै बिगबिगी रहिरहन्छ भन्छन् । त्यसले गर्दा नै मधेशको माग सम्बोधन हुन नसकेको हो । ........ मधेशी पुत्रहरू दैनिक छातीमा गोली थापेर आफ्नो रगत बगाईरहेका छन् । यो अवस्थामा अहिले पनि ठूला दलका मधेशी सभासद्हरू आफ्ना नेतृत्वको दरबारलाई छाडेर आफ्नो जन्मभूमिमा आएर केही गरून् केही देखाउन् जनताको अधिकार स्थापित गराइदिऊन् त्यसपछि को कुन पार्टीमा र कहाँ जान्छ त्यो उनीहरूको स्वतन्त्रता हो त्यसमा कसैको हस्तक्षेप हुँदैन । पहिले मधेशको लागि लडौं । ..... जसलाई संविधानको आवश्यकता नै थिएन तिनीहरू फेरि एकपटक संविधानमा हाबी भएका छन् र उनीहरू नै संविधानमा रमाइरहेका छन्, दीपावली मनाइरहेका छन् । ..... पहिलो संविधानसभामा जति मधेशी सभासदद्हरू निर्वाचित भएका थिए ती सभासद्हरूलाई त्यतिबेला यी राष्ट्रिय भनाउँदा पार्टीहरूले संविधान बनाउने काममा नलगाईकन खाली कुर्सीको खेलमा लगाए । संविधानसभामा प्रधानमन्त्री बन्ने र प्रधानमन्त्रीबाट हटाउने खेलमा मात्र लगाए यिनीहरूलाई मधेशी जनताको नजरमा यस्तो बनाइदिए कि तिम्रो नेताहरू चाँहि कुर्सीको पछिपछि मात्रै हिंड्छन् । ..... यिनीहरूले संविधान बनाउँदैनन् यिनीहरू तिमीहरूको अधिकारको पक्षमा छैन भन्ने प्रभाव जनतामा पारिदिए र त्यसको प्रभाव दोस्रो संविधानसभामा तराईको सम्पूर्ण क्षेत्रबाट ९०% भन्दा बढी सिट कांग्रेस, एमाले र माओवादीले जिते । ...... जस्तै रौतहटकै क्षेत्र नं. १ मा ४० हजार मतदाता रहेका छन् भने ५२ जना उम्मेदवार रहेका थिए । यस पटकको निर्वाचनमा त्यो ५२ जना उम्मेदवारमध्ये १ जना माधव कुमार नेपाल हुनुहुन्छ बाँकी ५१ जना सबै मधेशी नै हुन् ।

८००० मत माधव कुमार नेपालले ल्याउनु भयो भने बाँकी ३२ हजार मत त मधेशीहरूसँग नै छ नि अनि कसरी हार्छ मधेशीले ।

..... नरेन्द्र मोदीका दुत नेपालमा आउँदा हल्लीखल्ली भयो तर यही केपी ओलीको दुत प्रदीप ज्ञवाली दिल्ली जाँदा कुनै हल्लीखल्ली भएन ।
मधेश प्रदेशबाट पछि हटे कसैको हित नहुने : यादव



सोनलसँग भेट्न ठाकुर पुगे कारागारमा
भट्टराई जनकपुर जाँदा तनाव
उनले संविधान निर्माणको महत्वपूर्ण समितिको सभापतिको जिम्मेवारी लिएर पनि मधेशलाई अधिकार दिलाउन नसकेको भन्दै माफी मागे । तर, बाबुरामले नयाँ संविधान जलाउनु पर्ने भन्दै आन्दोलनकारीले मञ्च जलाइदिएका छन् ।


मधेशका जिल्लामा धमाधम कांग्रेस, एमाले र एमाओवादी परित्याग गर्दै
मधेशका जिल्लाहरुबाट सयौंको संख्यामा नेपाली कांग्रेस, एमाले र एमाओवादीका कार्यकर्ता पार्टी परित्याग गरी रहेका छन् । मंगलवार बिरगंज नेकपा एमाले बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य श्री हरिहर यादवको नेतृत्वमा सैयौंको संख्यामा नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी पार्टीका सक्रिय स्थानीय कार्यकर्ता पार्टी परित्याग गरि सदभावना पार्टीमा प्रवेश गर्दै गरेका छन् । ..... उनीहरुले कांग्रेस, एमाले र एमाओवादीले मधेशी जनताको मत प्राप्त गरे पनि जनतालाई धोका दिएको आरोप लगाएका छन् । पार्टी प्रवेश कार्यक्रममा आफ्ना विचार राख्दै उनीहरुले

कांग्रेस, एमाले र माओवादी जस्ता पार्टी अगामी निर्वाचनमा मधेशमा लज्जास्पद तरिकाले हार्ने

ठोकुवा समेत गरे । उनीहरुले मधेशी जनताको दुःख पहाडी नेतृत्वका पार्टीले कहिले पनि बुझ्न नसकेको भन्दै उनीहरु मधेशीलाई केवल भोट ब्यांकको रुपमा बुझेको समेत बताए । तिन पार्टीबाट १ सय ५० जना सक्रिय शिर्ष कार्यकर्ताहरुले पार्टी त्याग गरेको घोषणा गर्दै सद्भावना पार्टीका प्रवेश गरेका छन् । कार्यक्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले उनीहरुलाई फुलमाला लगाएर स्वागत गरेका थिए ।
'संविधान पुनर्लेखन हुनुपर्छ'
सद्भावना अध्यक्ष राजेन्द्र महतोले सरकारले मधेसी मोर्चाको सर्त पूरा नगरी गठन गरेको वार्ताटोलीको औचित्य नभएको बताएका छ।
मध्यस्थकर्ताको भूमिकामा भट्टराई
भारतपरस्त आरोपबाट भट्टराई वाक्क भैसकेका छन्। अचेल उनलाई यो आरोपले छुन पनि छाडेको छ। 'कस्ले के भन्छ त्यो मेरो रुचिको बिषय हैन,' भट्टराईलेको भनाई छ 'तराई–मधेश र पहाडका जनताबीच द्वन्द्व बढाएर स्थिति भड्काउन खोजिएकोमा मेरो चिन्ता छ', उनले शीर्ष नेतृत्व र आन्दोलनरत पक्षलाई सम्हाल्न सकिने तहमामात्रै द्वन्द्वलाई सीमित राख्न आफूले आग्रह गरेको बताए। .... भट्टराई मात्र एक यस्ता शीर्ष नेता हुन जसलाई यतिबेला आन्दोलनरत पक्षले आफ्नै ठानेर समस्या सुनाउने गर्छन्। ...... सरकार र प्रमुख दलका शीर्ष नेतासँग पनि भट्टराईको निरन्तर उठाबस चलिरहेकै छ। हिजैमात्र नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र सञ्चारमन्त्री मिनेन्द्र रिजालसँग उनले समस्यालाई समाधानबारे छलफल गरेका थिए। एमाले नेतासँग पनि त्यतिकै सम्पर्कमा छन्। ..... भारतको हस्तक्षेपमा मौनता साँधेका उनी भारतका पनि मध्यस्थकर्ताका भूमिका निर्वाह गर्नसक्ने पात्र हुन्। ..... आन्दोलनरत मधेसी मोर्चा र थारू नेताहरु समेत भट्टराईप्रति लचिलो छन्। उनीहरू अाफ्ना सवालहरूमा भट्टराईले सघाएको ठान्छन्। हिजोअाज भट्टराई सरकारसँग अान्दोलनरत मोर्चाको दूरी घटाउन र समस्याको निकास खोज्न भूमिका निर्वाह गर्दैछन्। उनको यो भूमिकाप्रति धेरै मधेसी नेता प्रशन्न छन्। संघीय समाजवादी फोरम नेपालका सचिव अभिषेक प्रताप शाह भट्टराईको भूमिकालाई लिएर खुशी व्यक्त गर्छन्। ..... अहिले शीर्ष नेताहरुले बुझ्न नसकेको कुरा उहाँले बुझ्नुभएको हामीले पाएका छौंं।'
जनकपुरमा लखेटिए बाबुराम
दिउँसो करिब एक बजे हवाइमार्ग हुँदै जनकपुर आइपुगेका उनले केही वेरसम्म बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को सभाकक्षमा एमाओवादीका मधेशी नेता रामकुमार शर्मा, रामचन्द्र झा, रामरिझन यादव, तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता लगायत स्थानीय केही अगुवासँग संक्षिप्त अन्तरक्रिया गरेका थिए। ..... त्यहाँबाट करिब पौने तीनबजे पुर्वनिर्धारित कार्यक्रम अनुसार गोपाल धर्मशाला परिसरमा निर्माण गरिएको मञ्चमा पुगेका भट्टराई जम्मा १२ मिनेट बोलेर एयरपोर्ट तर्फ निस्केका छन्। पहिलेदेखि नै उनलाई जनकपुर प्रवेश गर्न नदिन आन्दोलनरत मधेशी मोर्चा र युवा संघर्ष समितिलगायतले उनले जनकपुरमा संविधानको प्रतिलिपि जलाउने शर्तमा आउन दिन छुट दिएको थियो। यति हुँदा पनि

भट्टराई एयरपोर्टबाट जनकपुर नगरमा प्रवेश गर्ने क्रममा ठूलो भिडले कालो झण्डा देखाउँदै उनको विरोध गरेको थियो।

...... भट्टराइले संविधान जलाउनु भन्दा संसोधन गरेर जायज मागको सुनुवाइ गर्नुपर्ने धारणा राखेका थिए। उनले नाकाबन्दी खोल्नुपर्ने र संवाद र सहमतिबाट समाधान खोज्नुपर्ने बताएपछि चर्को बिरोध सुरू भएको थियो। मञ्चमा भट्टराई बोलिरहँदा दर्शकदिर्घाबाट संविधान जलाउ, संविधान जलाउ भन्दै हुटिंग हुन थालेपछि उनले मन्तव्य छोट्याएर प्रहरीको सहारामा एयरपोर्ट तर्फ निस्किन भ्याए। पाँच भ्यान प्रहरीको सुरक्षाघेरामा भट्टराई धर्मशाला परिसरबाट बाहिर निस्कन सफल भएपनि आन्दोलनकारीले संविधान जलाउने शर्त स्वीकार गरेर पनि संविधान जलाउन इन्कारगरि मधेशीलाइ धोका दिएको भन्दै उनका सहयोगी कार्यकर्ता रामचन्द्र झा, रामरिझन यादव र रामकुमार शर्मालाई कुटपिट गरेका छन्।
धनुषा कार्य समितिले राप्रपा नेपाल त्याग्यो
पार्टीका जिल्ला अध्यक्ष रितेश सिंहले जनकपुरमा पत्रकार सम्मेलनगरी आजै (बुधबार) बाट आफुहरुले पार्टी परित्याग गरी मधेशमा जारी आन्दोलनमा होमिएको जानकारी दिए। ...... पार्टीको जिल्ला कार्यसमितिका उपाध्यक्ष सुदर्शन सिंह, सचिव बद्रीनारायण मल्लिक र कोषाध्यक्ष जितेन्द्रकुमार साहलगायत करिब दुई दर्जन जिल्ला नेताहरु सञ्चारकर्मीमाझ उपस्थित भई पार्टी परित्यागको घोषणा गरेका हुन्। पार्टीलाई संविधानसभाकै चौथो ठूलो दलको रुपमा स्थापित गर्ने मुख्य एजेन्डालाई नै नेतृत्वले लत्याइदिए पछि सो पार्टीमा रहिरहनुको औचित्य नभएको ठहर गरी सामुहिक रुपमा परित्याग गरेको जिल्ला अध्यक्ष सिंहले बताए । ..... मधेशमा ४० जना भन्दा बढीको ज्यान गइसकेपनि आन्दोलनबारे ठोस वक्तव्य जारी गर्न रुची नदेखाएको र पुरानो जमानाको खसवादी चिन्तन हावी हुँदै जानथालेपछि बाध्य भएर हामीले पार्टी परित्याग गरेका हौं


पहाडी शासकले मधेसलाई सधै धोका दिएको छ : बाबुराम भट्टराई
जनकपुर पुगेलगत्तै बाबुरामले मधेसी समुदायलाई उत्तेजित पार्ने अभिव्यक्ति दिएका छन् । सुरुमा आफू आन्दोलनकारी नभई सहजकर्ताका रुपमा मधेस आएको बताएका बाबुरामले पहाडी शासकले मधेसलाई सधै धोका दिएको भनेर उत्तेजित अभिव्यक्ति दिए । जनकपुर विमानस्थलमा ‘सेफ ल्याण्डिङ’ गरेका बाबुरामले भने- ‘म आन्दोलनकारी होइन । मधेसको समस्या समाधानका लागि सहजकर्ताका रुपमा यहाँ आएको हुँ ।’ ..... ४५ दिनदेखि मधेसमा भइरहेको आन्दोलनलाई वार्ताबाट समाधान खोज्नुपर्ने बताउँदै उनले मधेसका मुद्दालाई सम्बोधन गर्नका लागि संविधान जारी गर्नुभन्दा पहिले पनि आफूले धेरै पहल गरेको तर, तीनै दलका शीर्ष नेताहरुलाई पटकपटक आग्रह गर्दा पनि कसैले कुरा नसुनेको गुनासो गरे ।


अवरोध हटाउन भारतलाई हार गुहार गर्दै ओली
लोकतान्त्रिक प्रक्रियाबाट दुई तिहाइ सभासद्को मतबाट जारी भएको संविधानलाई पुनर्लेखन गर्नुपर्छ भन्ने कतिपय मधेसकेन्द्रित दलका नेताका भनाइमा पनि उहाँले असहमति राख्नुभयो । ओलीको प्रश्न थियो – “जिद्दीको पनि हद हुन्छ, असंवैधानिकताको पनि हद हुन्छ ।

अङ्गीकृत नागरिकता भएकालाई मुख्यमन्त्री किन चाहियो ? नेपाली छैनन् ?”

ठीक गर्‍यौं बाबुराम !
एकजना मित्रले फोन गरेर भने-‘बाबुरामले पार्टी छोडे यार !’ सुन्नेबित्तिकै यति खुशी लाग्यो कि कुनै आत्मिय मित्र जेलबाट निस्केको खबर सुन्दाजस्तो ! मनमनै सलाम अर्पण गरेँ बाबुरामलाई । लाग्यो-ठीक गरे !

गोरुझैँ जोतिनपर्ने र बन्दीझैँ अपमान खेप्नुपर्ने ठाउँबाट मुक्त भएछन् !

..... राजनीतिक पार्टीमा विचार भनेको ‘प्राण’ हो र संगठन भनेको शरीर । ..... विचारका निर्माता आफैँले पार्टी छोडेपछि माओवादी प्राणहिन बन्ने र केही समयमै दुर्गन्धित भएर सिद्धिने कुरा उनले भनिराख्नु जरुरी थिएन । ..... मधेस आन्दोलनप्रति गम्भीर हुनुपर्छ भन्ने बाबुरामको धारणा भारतपरस्त होइन, राष्ट्रवादी नै हो । ..... आˆनो मोटोपन र सुगर घटाउन साइकल चढ्छु भन्नेलाई राष्ट्रवादी देख्ने अन्ध राष्ट्रवाद र अन्धभक्तिबाहेक अरु केही होइन ।

एउटा मुलुकले हस्तक्षेप गर्‍यो भनेर अर्को मुलुकलाई गुहार्नेहरु कसरी राष्ट्रवादी हुन सक्छन् ?

....... मधेसमा आन्दोलन चर्केर सयौँ जनता मरिरहँदा यी भारतीय हुन् भनेर निर्मम बन्नु राष्ट्रवाद होइन । यसमा त झन् देश टुक्र्याउने षड्यन्त्र अन्तरनिहीत देखिन्छ । .....

जसरी अमेरिकामा काला जातिमाथि गोरा जातिले अपमान र घृणा गर्थे, त्यसरी नै नेपालमा पनि मधेसी र थारुलाई अपमान मात्र होइन, घृणा गर्ने गरिएको छ ।

..... राष्ट्रियता कम्युनिष्टको नारा होइन । सैद्धान्तिक रुपमा त कम्युनिष्टहरुले विश्वभरकै जनतामा परेको दमन र उत्पीडनको विरुद्ध बोल्नुपर्छ, संघर्ष गर्नुपर्छ । तर, नेपालका पाखण्डी कम्युनिष्टहरु राष्ट्रवादको वकालत गर्दै देशमा बिखण्डन ल्याउने वातावरण बनाउँदैछन् । ....... चुनावको बेला रकम लिन बिदेशी दुताबास धाउने र खुलामञ्चमा सोझा जनतालाई जम्मा गरेर फेरी, राष्ट्रियताको नारा लगाउने फटाहा शासकहरु ..... नेपाललाई भारतमाथि निर्भर बनाउने नेतृत्व पनि यही नक्कली राष्ट्रवादी नेतृत्व हो, अरुले बनाएका होइनन् । ..... हाम्रो मुलुकलाई परनिर्भर बनाउने असमान सन्धि-सम्झौता अलौकिक शक्तिले गरेर दिएको होइन, यिनैले गरेका हुन् । यस्ता नेताहरु एकाएक कसरी राष्ट्रवादी बने ? ..... खाडी मुलुकमा पसिना बगाएर कमाएको रेमिट्यान्स नेपालमा बसेर भ्रष्टाचार गर्ने पनि यिनै नेता हुन् । दक्ष जनशक्ति यिनैको कारण विदेशमा पलाएन हुन वाध्य भएका हुन् । देशलाई समृद्ध बनाउन यिनले के गरे ? ...... आन्तरिक समस्या हल गर्न नसक्ने अनि, हस्तक्षेप गरे भनेर छिमेकीलाई चिढ्याएर जनतालाई दुःख दिने पनि काठमाडौँका शासकको अपराधिक मानसिकता मात्र हो । काठमाडौँका शासकलाई त जुन मुलुकको गुलामी गरे पनि भयो तर, खोक्रो राष्ट्रवादले जनताको दिनचर्या कष्टकर बन्दै गएको ती सामन्ती शासकलाई के थाहा ! ...... अझ, ढीला गरे । किनकि, माओवादी आन्दोलनको सबैभन्दा अवसरवादी खेमा (प्रचण्ड गुट)सँग वैद्यले भन्दा बाबुरामले नै पहिले विद्रोह गर्नुपर्थ्यो । ..... बाबुरामले माओवादी छोड्न सक्दैन, माओवादीमै बसेर गन्गन् गरिरहने हो भन्ने गर्थे मान्छेहरुले ! ... दीर्घकालीन योजना निर्माण र कार्यान्वयनको क्षमता राख्ने बाबुरामले अब नेपालजस्तो गरीब मुलुकलाई सम्पन्न र आत्मनिर्भर बनाउन सक्ने विचार र सोको कार्यान्वयन गर्न सक्ने नयाँ पार्टी निर्माण गर्नुपर्दछ ।


मधेशी मधेश ही नही देश भी चलाने में सक्षम है : विश्लेषक सि.के. लाल
खसवादी शासक देश चलाने में असक्षम सावित हो चुका है यह संविधान से जाहीर होता है । अगर देश चलाने की क्षमता उनमे होती तो आज देश में द्वन्द नही होता, इसलिए कहता हूँ कि अब वो लोग राजनीतिक मधेशी जनता को शोप दें । ..... खसवादी शासक जनता के मत का दुरुपयोग किया है । बड़ी सख्यां में जितकर जाना और शासन करना बडी बात नही है क्योकि इसका भी बहुत बडा इतिहास है, हिटलर भी बहुमत से ही जितता था ..... ऐसा बहुत सारा इतिहास है कि बहुमत के बल पर जनता की आवाज को दवाने वाला खुदको मिटा चुका है । वर्तमान शासक ने भी मधेश आन्दोलन को यही समझ रखा है । वह समझते है कि राष्ट्र का सेना, जिल्ला प्रशासक, न्याय, कुटनीतिक के साथ साथ ही बहुमत भी हमारे साथ है । हम जैसा चाहे वैसा कर सकते है । अगर ऐसा मनसाय नही होता तो जायज माँग के लिए आन्दोलित निहथ्या जनता उपर बन्दूक की गोलियाँ नही बरसाते, अश्रु ग्यास नही छोडते, घर घर में जाकर नही पिटते । जबतक जनता के मत का सदुपयोग होता है तब उसका शासन चलता रहता है, जनता की मत दुरुपयोग होने पर शासन खतरे में रहा है इतिहास बतला चुका है । .....

पाकिस्तान के मुसरफ ने भी ९० प्रतिशत मत तथा इराक के सद्दाम ने ९५ प्रतिशत मत के आधार में क्रुरता पूर्वक शासन किया था ।

लेकिन नतिजा यह निकला की वह पतन हो गया । अब वही हाल नेपाल में होगा वह भविष्य बतला रहा है । ....... एमाले तो एक सीमित समुदाय की पार्टी है, उसे सम्प्रदायिक पार्टी कहने से भी होगा । ..... संविधान में नागरिकता, जनसंख्या के आधार में निर्वाचन, समावेसिता, न्याय प्रणाली, आत्म निर्णय के अधिकार सहित त्रुटिपुर्ण रहा


​मधेसको आन्दोलनलाई चुरेभावरको चुनौती
२०६२/२०६३ मा भएको मधेश आन्दोलनका क्रममा समानान्तर आन्दोलन भएको थियो चुरेभावरको एकता पार्टीको। दुबै आन्दोलन समानान्तर रुपमा अघि बढेपछि तात्कालिन सरकारले दुबै पक्षसँग सहमति गरेको थियो। ...... मधेसीदलसँग मधेस स्वायत्त प्रदेश निर्माण गर्ने सहमति भएको थियो भने चुरेभावरसँग भावर प्रदेशलाई समेटेर भावर प्रदेश निर्माण गर्ने सहमति भयो। त्यतिवेला मधेसी दलहरुसँग आठ बुँदे सहमति भएको थियो भने चुरेभावरसँग नौं बुँदे सहमति भएको थियो। ..... मधेसी दलहरुले समग्र मधेस एक प्रदेश वा एक मधेस दुई प्रदेश भनेर नारा लगाइरहेका बेला चुरेभावरले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एक प्रदेश माग गरेको छ। ..... ‘नौं बुँदे सम्झौतामा मुलुक संघीयतामा जाँदा भावर प्रदेश कायम गर्ने सहमति भएको थियो’ चुरेभावर लोकतान्त्रिक पार्टीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सरकारले त्यतिबेला गरेको सम्झौता कार्यान्वयन नभए पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका भावरवासी चुप लागेर बस्ने अवस्था छैन र भावर प्रदेशका लागी आन्दोलनको आँधिबेहरी ल्याउन पनि हामी पछि पर्ने छैनौं।’ ..... ‘अंगिकृत नागरिकता धारीहरुलाई प्रमुख पदमा पुर्‍याउन पाउनुपर्छ भन्नुले आन्दोलनकारीको नियत प्रष्टीएको छ।’


सिमामा मोर्चाको धार्ना पाचौ दिन पनि जारी नेता महतोको खाना र बासपनि नाका मै



मधेश अान्दाेलनः काठमाडौं पुग्ने बाटो
हुन पनि, काठमाडौंको जनजीवन प्रभावित नभएसम्म राज्य चलमलाउँदैन। ४० दिनभन्दा लामो मधेश बन्दबाट टसमस नभएको काठमाडौले अहिले हल्का सुगबुगाहट देखाएको छ। त्यसो त, काठमाडौंमा राज्यका प्रभावशाली पंक्ति मात्र बस्दैनन् र जनसांख्यिक बनोटको हिसाबले यो महानगर आफैंमा ‘सानो नेपाल’ भएको छ। राजधानी भएकोले यो शहरले आफ्नो दैनिक जीवनका लागि एउटा निश्चित अवधिसम्मको संग्रह पनि गरेकै छ। सरकारलाई गलाउन देशको एउटा भूगोलका बासिन्दाले अर्को भेगकालाई असहज पर्ने गरी गरिने आन्दोलन छलफलको अर्को विषय हुनसक्छ। ..... एक दशकमा तीन पटक भएको मधेश आन्दोलनको मूल सन्देश हो– यो क्षेत्र प्रादेशिक संरचनामा जान चाहन्छ। मधेश अब काठमाडौंसँग जोडिएर समग्र नेपालको समृद्धिमा सहयोगी बन्न चाहन्छ। नेपालको भूगोलभित्र रही आफ्नो उच्चतम सम्भावनाहरूको खोजी मधेशी मूलधारको मनोविज्ञान हो। यो नेपाल राज्यका निमित्त गतिलो पूँजी पनि हो, तर काठमाडौसँग सम्मानजनक रूपमा जोडिने चाहनाको निरादर हुँदा मधेशीहरूको ऊर्जा आन्दोलनमै उडिरहेको छ। ......

अब मधेशले दिल्लीको बाटो भएर काठमाडौं पुग्ने? अनि काठमाडौं आफैं वीरगंज, विराटनगर पुग्ने कि दिल्लीमार्फत मधेश आउने?

.... काठमाडौंको मनस्थिति के देखियो भने– ‘मधेशीहरूले निकै कचकच गरे, यिनलाई एउटा प्रदेश छुट्याई दिऊँ। भारतको छत्तीसगढ जस्तो बनोस् कि झारखण्ड जस्तो, एउटा प्रदेश छुट्याई दिऊँ।’ .........

अहिलेको प्रदेश २ जुन मनोविज्ञानले ल्याइएको छ, त्यसमा काठमाडौंको मधेशप्रतिको पूर्वाग्रह र प्रतिशोध प्रष्टै झ्ल्किएको छ।

काठमाडौंका शासक वर्गलेे देखाएको मधेशी सङ्घर्षप्रतिको पूर्वाग्रह र प्रतिशोधको भावनाले देशलाई सहजताका साथ अगाडि बढाउन मद्दत गर्दैन। ..... अब काठमाडौंसँग मधेशको केवल दुई प्रकारको सम्बन्ध हुनसक्छ– केन्द्रसँग सम्मानजनक सम्बन्ध रहेको स्वायत्त मधेश र काठमाडौंसँग एउटा स्वतन्त्र गणतन्त्रको सम्बन्ध भएको मधेश। ..... मधेशमा भइरहेको आन्दोलनमा पिलीभितदेखि फारबिसगंजसम्मका भारतीय क्षेत्रमा स्वस्फूर्त चासो देखिएको छ। विगतमा नेपालमा लोकतान्त्रिक आन्दोलनहरू हुँदा पनि नेपालसँग जोडिएका भारतीय क्षेत्रमा यस्तै हुन्थ्यो र तदनुरूपका गतिविधि हुन्थे, तर यसपटक माहोल अलि फरक छ, खासगरी ‘मधेशी दमन’ भन्ने बुझाइका कारण।

साझा सांस्कृतिक समूह भएका सीमापारिका भारतीयहरूबाट अहिले जुन खालको सहयोग भइरहेको छ, विगतमा यस्तो भएको थिएन। यसले सीमाञ्चलको बदलिंदो अवस्था देखाउँछ।

...... बिहारमा हुन लागेको र उत्तरप्रदेशमा केहीपछि हुने प्रादेशिक निर्वाचनका कारण पनि भारतको केन्द्रीय सत्तामा आरुढ भारतीय जनता पार्टी (बीजेपी) र त्यसका नेता रहेका प्रधानमन्त्री नरेन्द्र मोदीको चासो बढाएको छ, सीमाञ्चलमा। ..... नेपालमा जारी संविधानलाई लिएर भारतबाट आएको प्रतिक्रियाले भने मधेशमा ‘बल्ल दिल्ली बोल्यो’ भन्ने बुझाइ छ।


मधेस बन्दको ४५ दिन : पहिले रुवायो, अहिले हँसायो !
कतै भैंसी जुलस कतै, गधा र कुकुर !
तराई/मधेसमा जारी आन्दोलनले सोमबार ठ्याक्कै डेढ महिना पूरा गरेको छ । साउन ३० गतेदेखि शुरु भएको आन्दोलनको प्रारम्भमा धेरै मानिसहरु गोलीको शिकार भए । मधेसमा रुवावासी र कोलाहल भयो । अहिलेचाँहि आन्दोलनकारी हँसाउन थालेका छन् । यस्तो लाग्दैछ, मधेस आन्दोलनमा हास्य रस प्रवेश गरेको छ । ..... शुरुमा मुख्य तीन दलका नेतामाथि आक्रोश पोखेका आन्दोलनकारी अहिले आएर आफ्ना जिल्लाका सभासदहरुबिरुद्व पनि आक्रोश पोख्न शुरु गरेका छन् । ‘आफूहरु आन्दोलनमा रहँदा पनि आफूहरुको मर्म नै नबुझिकन संविधानमा हस्ताक्षर गरेको’ भन्दै सभासदविरुद्व पनि आन्दोलन थालिएको छ । ..... भैंसीको सिङमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकलम दाहाल, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र गृहमन्त्री बामदेव गौतमको ट्याग बनाएर भुण्ड्याइएको थियो । .... आन्दोलन गरे पनि एकतर्फी रुपमै संविधान जारी गरिएपछि नेताहरुलाई गधासँग तुलना गर्दै आन्दोलनको गतिविधि गरिँदैछ । गधाको शरीरमा यी चार नेताको फोटो टाँगेर गधालाई नगर परिक्रमा गराएर प्रदर्शनहरु गरिएको छ । सप्तरी सदरमुकाम राजविराजसहित कञ्चनपुर नगरपालिका तथा सिरहा सदरमुकाममा पनि गधा जुलुस प्रदर्शन भएको छ । ....... ‘तीन दलका चार नेतालाई फाँसी दिइएको छ ।’ ..... प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता तथा गृहमन्त्री बामदेव गौतमको पुत्ला बनाएर सडकमै टाँगिएको छ ।
मधेससहितको नयाँ राष्ट्रवादको निर्माण गरौँ
आठ वर्षदेखि संविधान निर्माणमा काम गरिरहेको छु। ‘मुर्गी जितनी बढ्ती हे उत्‌नी दुम सुटकाती हे’ जस्तै भएको छ ।

हाम्रो उर्जा पनि जिरोमाइल टु जिरोमाइल भइरहेको छ।

संविधान घोषणा भएको दिन घर फर्किदा बुढीले सोधी के पायो त? झुठ बोल्न पनि भएन र साँचो पनि बोल्न सकिनँ। केही पाएनौ पनि भन्न भएन, पाएको गुमायो भन्न पनि भएन। ..... अन्तरिम संविधानले सेटल गरिसकेको जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र समानुपातिक समावेशी हटाउन के आवश्यक थियो? ..... भाारत विरुद्ध ट्विटे र फेसबुकवालाहरू युद्व नै छेडेका छन् भन्दा पनि हुन्छ। अर्थात सामाजिक सञ्जालमा भारतले अघोषित नाकाबन्दी गर्‍यो भनेर भारतको व्यापक आलोचना भइरहेको छ। यी समूहले त कमसेकम नेटमा भएपनि आक्रोश पोख्न पाएका छन्। .... विचार के गर्नुपर्‍यो भने

आन्दोलन गर्ने अधिकांश मधेशी थारूहरू नेट भनेको के हो त्यो पनि थाहा छैन। तिनका वारेमा सोच्ने कि नसोच्ने?

...... तिनी जन्मँदै भारत विरोधी राष्ट्रवाद लिएर जन्मन्छन्। हामी पनि तिनका भारतविरोधी मानसिकताका शिकार भएका हुन्छौं। ठूला दाइप्रतिको आक्रोशले हामी आफनै मुलुकमा विदेशी नागरिकको रुपमा भेदभाव सहन बाध्य हुन्छौं। ..... भारतविरोध र मधेसी विरोध पर्यायावाचीको रूपमा प्रयोग हुन्छ। ऋतिक रोशनले नेपाल बाहिर बोलेको विषयमा काठमाडौंमा मधेशीहरू कुटिएको अझै सम्झिरहेको छु। मलाई थाहा छैन, तर

म ल कलेजको क्लासबाट भागेर डेरा पुगेँ। थापाथली पुलको छेउ छेउ हुँदै मुख छोपेर कलंकी पुगी जनकपुर भागेर कुटाइ खानबाट जोगिएको हो।

त्यो बेलामा भाग्नु परेको पीडा अझै ताजै छन्, किनभने ऋतिक रोशनको कथित नेपालविरोधीको टिप्पणी भारतीयहरूमात्रै भएनन्, यहाँका धोती लगाउने मधेसीहरू पनि भए, काला वर्णका मजस्ता मधेसीहरु पनि भए, जो वास्तवमा जिन्दगीमा धोती नलगाए पनि धोती कहलिन्छन काठमाडौंमा। फेरि त्यस्तै माहोल बन्दै गएको छ। सचेत हुने बिषय हो यो। ........ नाकाबन्दी गर्ने मधेसी र थारू नेताहरुका परिवार र छोराछोरी पनि काठमाडौंमा छन्। तिनीहरु पनि नाकाबन्दीको चपेटमा पर्नेछन्। ४४ दिनमा ४१ जनाको मृत्यु हुँदासम्म पनि यो काठमाडौंको सत्ताले सुनेन। पहिले नै लोकतान्त्रिक चरित्र देखाएर संवाद मार्फत समस्या सुल्झाएको भए आज यो अवस्था आउने थिएन। आफ्नै देशका जनताले त्यत्रो आन्दोलन गर्दा कानमा तेल हालेर सुत्ने? राजनीतिक समस्यालाई सुरक्षा परिचालन गरेर हल खोज्ने कार्य गरेको परिणाम स्वरुप आजको अवस्था आएको हो। ...... हाम्रा पौने दुई भोट तपाईँका एक भोट नहोस् भनि माग्नु नाजायज हो? सबै समुदायका राज्यमा बराबरी हिस्सेदारी होस् र समानुपातिक समावेशीको व्यवस्था होस भनी माग गर्नु के लोकतान्त्रिक माग होइन? .... मोरङ, सुनसरीजस्ता मधेसका जिल्लाहरूलाई दक्षिण भाग प्रदेश नं. २ मा राखि सामर्थ्यको लागि कोसीको उपभोग गर्ने हक दिनुस भन्नु गल्ती हो ? नवलपरासी देखि कैलालीको टीकापुर सम्म थरुहट प्रदेशका माग सम्बोधन गर्न भन्नु के नाजायज हो? संघीयताको सवालमा मधेसीहरूले पहिचानको कुरा गर्दा उनीहरुलाई साम्प्रदायिक र विखण्डनकारीको विल्ला भिडाउनु जायज कुरा हो? ...... मधेसको मानसिकता अब नेपालबाट केही नपाइने हो कि भन्ने तिर गएको छ? कति चोटी आन्दोलन गर्ने? अन्तरिम संविधानले दिइसकेको अधिकारहरू पाउन पनि ४१ जना मर्नुपर्छ र? जे लिनु छ त्यो लिउँ तर एकचोटी लडौं भन्ने तिर मोडिएको छ। यी विकसित मानसिकताले नेपालको सार्वभौमसत्तामाथि खतरा उत्पन्न गर्ने संकेत दिएको छ, तर काठमाडौंले बुझ्न नसक्या मात्र हो, काठमाडौं त केवल मधेसीहरूलाई विद्रोही, साम्प्रदायिक र विखण्डनकारीको विल्ला भिडाएर दबाउन चाहन्छ। दिल्लीले चाँडै बुझेर रोकेकोमा नेपाली राष्ट्रवादीले पनि भारतप्रति विरोध गर्नुपर्ने कारण छैन। तर केही छैन, कोही ढिला बुझ्छन् कोही चाँडै। को कताबाट आए भन्ने विवादमा नफसौं फेरि हामी ढुंगे युगमा पुग्छौ। इतिहासलाई हतियारको रूपमा प्रयोग नगरौं।

खाँडीमा भौतारिएका हाम्रा युवा र दिदी बहिनीको पसिना र शरीरबाट कात्रो सहित आउने रेमिट्यान्सले चल्या यो देश हो।

....... अहिले हामी ठीक श्रीलंकाको सन् १९८४ को अवस्थामा छौँ । .... अहिलेको ग्लोबल युगमा लोकतन्त्र, अल्पसंख्यकको बारेमा छिमेकीले बोल्नु ट्रेन्ड नै छ। राष्ट्रवादी अडान सेलेक्टिभ हुनसक्दैन। आज भारतले मधेसी आन्दोलनरत दलहरुको पक्षमा समर्थन गर्दा हस्तक्षेप ठान्नेहरुले राणाविरोधी आन्दोलन, २०४६ सालको आन्दोलन, १२ बुँदेको यात्रा र २०६२-६३ को आन्दोलनमा भारतको सहयोग सम्झिदा पुग्छ। ...... संशोधन प्रस्ताव हालेका सभासद्हरुलाई जवरजस्ती अघोषित व्हीपको आधारमा संशोधन फिर्ता गराइयो। ध्वनिमतको आधारमा सबै धाराहरु पास गरियो। धाराहरुमा छलफल समेत गरिएन।

एमाले र कांग्रेसका मधेसी तथा थारु सभासदहरु मुटुमा ढुंगा राखी हस्ताक्षर गरे र तिनलाई अहिले घर फर्कन गाह्रो छ।

विश्वभरि कतै पनि यस्तो संविधान सभामा यस्तो अघोषित व्हीप र प्रक्रिया अपनाइएको विरलै छ।


“दीपावाली गर्ने बहुसंख्यक कि संविधान जलाउने ?” : लिम्बुवानका नेता राम मगरले गरे प्रश्न
‘सङ्घीयताको सिद्धान्त, धर्मनिरपेक्षताको व्याख्या, अधिकारको बाँडफाँडलगायत धेरै विषयमा त्रुटी छन् । संविधान पुनर्लेखन गर्नुको विकल्प छैन ।’


पोखरामा मोदीको पुत्लासँगै भारतको झण्डा पनि जलाए



मधेशको एकइन्च भूमि पनि पहाडमा नमिलाउन महतोको चेतावनी
सबै मांग संविधान संशोधनबाट पूरा भए पछि मात्र नाकाबन्दी खोल्ने बताए । .... मधेशमा भई रहेको नाकाबन्दीले गर्दा काठमाण्डौंमा रहेका मधेशी जनता माथि कुनै प्रकारको टीका टिप्पणी नगर्न र मधेशी जनता माथि दुर्व्यवहार नगर्न चेतावनी दिएका छन्। .... काठमाण्डौंमा मधेशी माथि हुने कुनै किसिमको दुर्व्यवहारले त्यसको असर मधेशमा पनि हुन सक्ने भएर त्यस प्रति सबैलाई सचेत हुन अपील गरेका छन् ।

No comments: