माओवादीको स्तम्भ भाँचियो : गगन थापा
पार्टीलाई एकताबद्ध राख्ने मेरो प्रयास असफल भयो : नारायणकाजी
संविधानमा हस्ताक्षर गर्ने सभासद् मधेश पसे खुट्टा भाँचिन्छ : महतो
प्रचण्ड र बाबुरामवीच दरबारिया र भारतीयको त्यो सनसनीपूर्ण आरोप प्रत्यारोप
रोक्नुहुन्छ भनेर बाबुरामजीले मलाई १५ मिनेट अगाडि मात्र भन्नुभयो : टोपबहादुर
पार्टीलाई एकताबद्ध राख्ने मेरो प्रयास असफल भयो : नारायणकाजी
संविधानमा हस्ताक्षर गर्ने सभासद् मधेश पसे खुट्टा भाँचिन्छ : महतो
‘म कुनै वार्ता गर्नका लागि काठमाडौं आएका होइन । बिराटनगरबाट वीरगन्ज जानका लागि चाँडो हुन्छ भनेर काठमाडौं आएको हुँ ।’ उनले शनिबार सद्भावना पार्टीले वीरगंज नाकामा धर्ना गर्ने कार्यक्रम भएकाले त्यहाँ चाँडो पुग्न काठमाडौं आउनुपरेको बताए । ..... अहिलेको याथस्थितिमा कुनै पनि हालतमा सरकरसँग वार्ता नहुने बताए । वार्ताका लागि सरकारले नै वातावरण बनाउनुपर्ने बताउँदै उनले आफ्ना सर्तहरु नमानेसम्म वार्तामा नबस्ने बताए । ‘सर्तहरु त आन्दोलनकारीहरुले राख्ने हो, सरकारले होइन । हामीले त भनेकै छौं, हाम्रो सर्त पूरा गर हामी वार्तामा बस्छौं ।’ ..... यो तेस्रो चरणको आन्दोलन अब चौंथो चरणमा जाँदैन । अब यहीँबाट वार कि पार हुन्छ । उधारोमा सम्झौता हुँदैन ।’ उनले ४० जनाभन्दा बढीले ज्यान गुमाउँदा पनि सरकारले आन्दोलनको माग नसुने आफूहरु शरणार्थी जीवन बिताउने समेत बताए । ..... ‘संविधानमा खुरुखुरु हस्ताक्षर गर्ने अनि मधेशसँग मेरो समर्थन छ पनि भन्ने ? यस्तो दुई अर्थी कुरा गरेर हुँदैन । संविधानमा हस्ताक्षर गर्नेहरुको त मधेशी जनताले खुट्टा भाँचिहाल्छ नी,’ उनले भने । ‘खुब जनमत छ हाम्रो मधेशमा भन्छन् शीर्ष तीन दल । गए भयो नि मधेश त्यति नै मधेशमा जनमत भए । खै मधेशमा जित्ने सभासद् मधेश आएका ?,’ उनले चुनौती समेत दिए, ‘यहाँका जनता आक्रोशित छन् । हामीले भोट दिने अनि कुरा सुशील र केपीका सुन्ने ?’ ..... मधेशी जनताको आन्दोलन मधेशमा भएका पहाडे समूदायलाई खेद्न नभएको बताए ।यो हो बाबुरामको राजनीतिक डायरी
२०२६ सालको एसएलसीमा बोर्ड फस्र्ट भएर उच्च शिक्षा हासिल गर्न बाबुराम काठमाडौं आए । त्यतिबेला सरकारले जम्मा एक सय रुपैयाँ छात्रवृत्ति दिन्थ्यो । किसान परिवारका बाबुरामले त्यो खर्चले मात्रै महिनाभरि चलाउन कठिन थियो । अमृत साइन्स कलेजबाट नजिकै कवि शिरोमणि लेखनाथ पौडेलको घरको छिडीको साँघुरो कोठामा मासिक ५० रुपैयाँमा बाबुराम र उनका तीन सहपाठीले डेरा जमाए । ...... शेरबहादुर देउवाको नेतृत्वमा नेविसंघ भर्खरै गठन भएको थियो । ..... विद्यार्थीहरू अखिल र नेविसंघ भनेर चुनाव लड्थे । अमृत क्याम्पसमा भने प्यानलसहित चुनाव हुन्थ्यो । तर वामपन्थी प्रभाव भने थियो । बाबुरामको राजनीतिक चेतना त्यतिवेला राजतन्त्रविरोधी मात्रै थियो । कांग्रेस वा कम्युनिस्ट थिएन । ..... २०१७ सालमा बहुदलीय व्यवस्था खारेज गरी राजा महेन्द्रले निर्दलीय व्यवस्था स्थापना गरेपछि नेपाली कांग्रेसले सशस्त्र संघर्ष सुरु ग¥यो । त्यतिबेला उनकी जेठी आमाका दाजु अर्थात् उनका मामा कृष्णप्रसाद न्यौपाने कांग्रेसका नेता थिए । उनी वारेन्टेड रहेछन् र बाबुरामको घरमा भूमिगत बसेका रहेछन् । रातोपाटी बाबुराम त्यतिबेला ६–७ वर्षका थिए । उनको घरमा भूमिगत बसेका मामाले राजतन्त्रविरोधी कुराहरू गरिरहने, के के थरी पर्चाहरू लेखिरहने गर्थे । त्यसबाट राजतन्त्रविरोधी प्रारम्भिक चेतना उनमा जाग्यो । पछि २०२५ सालतिर भरत शमशेरले ‘राजा महेन्द्रका अपराधहरू’ भन्ने पर्चा लेखेका थिए । त्यो पर्चा पनि उनै मामामार्फत उनले पढ्न पाए । ..... राजा भनेको त बदमास पो रहेछ भन्ने उनलाई भित्रदेखि लाग्यो । ..... स्कुले जीवनमा जागेको राजतन्त्रविरोधी भावना अमृत क्याम्पसमा पढ्दा झनै बलियो हुँदै गयो । त्यतिबेला स्नातकतर्फबाट राष्ट्रिय पञ्चायत सदस्यमा चुनाव लडेका रामराजाप्रसाद सिंहले जिते । रामराजाप्रसाद सिंहलाई शपथग्रहण गर्न दिइएन । उनी राजतन्त्रविरुद्ध गणतन्त्रका पक्षमा उम्मेदवार भएका थिए । रातोपाटी सिंहको गिरफ्तारी र उनलाई शपथग्रहण गर्न नदिएको विरोधमा अमृत क्याम्पसमा आयोजित विरोध कार्यक्रममा बाबुराम सहभागी भए । यो नै उनको पहिलो राजनीतिक काममा सक्रिय सहभागिता थियो । ...... बाबुराम गणेशमान पुत्र प्रदीपमान सिंह, मनमोहनका छोरा प्रकाश अधिकारीसँगै पढ्थे । अमिक शेरचनका भाइ प्रान्ति शेरचन अमृत क्याम्पसका स्ववियु सभापति उम्मेदवार थिए र उनले जितेका थिए । बाबुराम यतिबेला आफ्नो ज्ञान बढाउन राजनीतिक नेताहरूसँग भेटघाट गरिरहन्थे ।एसएलसी बोर्ड र आइएस्सीको पनि प्रथम विद्यार्थी भएकाले उनलाई सबैले चिन्थे ।
रातोपाटी उनी सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय लगायतसँग ज्ञान हासिल गर्न भेट्थे । तर कुनै राजनीतिले प्रेरित वा राजनीतिक उद्देश्यका लागि भने होइन । काठमाडौंमा पढ्दा उनको राजनीतिक चेत अंकुरित मात्रै भएको थियो । ..... एसएलसी र आइएस्सीमा सर्वप्रथम भएपछि उनी कोलम्बो प्लानमा इन्जिनियरिङ पढन चण्डीगढ गए । चण्डीगढको राम्रो वातावरणमा उनले कलेजको अध्ययन मात्रै होइन, स्वअध्ययन पनि गरे ।हालका भारतका प्रधानमन्त्री मनमोहन सिंह उतिबेला चण्डीगढमा पढाउँथे ।
...... कार्लमाक्र्सको कम्युनिस्ट घोषणापत्र त कोर्समा नै थियो । त्यसबाहेकबाबुरामले एकपटक विश्वका सबै चर्चित व्यक्तित्वहरूको जीवनी पढिभ्याउने अठोटै गरे । गान्धीदेखि चे ग्वेभारासम्मका जीवनी पढ्दा उनलाई सबैभन्दा बढी चेको जीवनीले प्रभावित पा¥यो ।
रातोपाटी उनी दिनभरि नै पन्जाब विश्वविद्यालयको पुस्तकालयमा भेटिन्थे । सत्तरीको दशकको सुरुआतमा विश्वभरिका युवामा चेको क्रेज अत्यधिक थियो । उनी चेप्रति प्रभावित हुनुका दुईवटा कारण थियो । पहिलो, वैचारिक ढंगले उनी कम्युनिस्ट विचारप्रति आकर्षित भइसकेका थिए । दोस्रो,भारतमा कुल्लीको काम गर्ने लाखौँ नेपालीको अवस्था नाजुक थियो ।
बाबुराम त्यो अवस्थाबाट नेपालीलाई मुक्त गर्ने बाटो के हुन सक्छ भनेर सोचिरहेका थिए । उनी चेको सशस्त्र संघर्षको बाटो नै नेपाली दुःखी–गरिबहरूको बाटो हो भन्ने निष्कर्षमा पुगिसकेका थिए । ....... भारतमा भएका नेपाली विद्यार्थीलाई संगठित गर्ने उद्देश्यले चन्डीगढमा २०३३ सालमा बाबुरामकै नेतृत्वमा नेपाली विद्यार्थी संघ भन्ने एउटा संगठन खुल्यो । बाबुरामले त्यो संगठनलाई भारतव्यापी बनाउने तयारी गरे । ..... ०३४ मा इन्जिनियरिङगमा ग्राजुयट गरिसकेपछि पोस्ट ग्राजुयट गर्न दिल्ली गए । डिएनएन बाबुरामकै योजनामा अखिल भारत नेपाली विद्यार्थी संघ बनाइयो । त्यसको पहिलो सम्मेलन चन्डीगढमै भयो र त्यसले पहिलो अध्यक्ष बाबुरामलाई नै बनायो । यो भारतमा भएको कुनै पनि नेपाली संगठनहरूमा पहिलो थियो । यसले पहिलोपटक ‘फागुन ७’ को औचित्य भन्ने विचार गोष्ठीको आयोजना ग¥यो । त्यो गोष्ठीमा २००७ सालमा भएको आन्दोलन अपुरो रहेको र राजा रहेसम्म प्रजातन्त्र हुँदैन भन्ने विषयमा बाबुरामले आफ्ना खुला विचार राखे । ...... जब सबैतिरबाट बाबुराम सर्वप्रथम बन्दै गए, प्रवासमा भएका नेपालीहरूलाई उनले संगठित बनाएर नेपालको राजतन्त्रविरुद्धको संघर्षमा लामबद्ध बनाउन थाले, तब उनीविरुद्ध षड्यन्त्र र आरोपको शृंखला सुरु भयो । नेपालबारे केही गर्नुपर्छ भन्ने सोचका साथ भारतमा डाक्टर, इन्जिनियर, कृषि विषय पढ्ने विद्यार्थीलाई समेट्दै एउटा साझा संगठनका रुपमा बाबुराम भट्टराईले नेतृत्व गरेको अखिल भारत नेपाली विद्यार्थी संघ बन्दै गयो । त्यो संगठन सारमा राजतन्त्रविरोधी थियो । २०३४ असोजमा बाबुराम त्यो संगठनका अध्यक्ष बने । ...... अघिल्लो साल बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्कंदा गिरफ्तार भएका थिए । ..... त्यहीबेला बाबुरामले नेपाली विद्यार्थीहरूको साझा संगठनका अध्यक्षका हैसियतले बिपी कोइरालाको उपचार हुनुपर्छ भनेर वक्तव्य निकाले । त्यो वक्तव्य निकालेपछि भारतस्थित नेपाली दूतावासले बाबुरामलाई उनको संगठनको अध्यक्षबाट निष्कासन गरिएको वक्तव्य दिन लगायो । बिपीको स्वास्थ्य उपचारका पक्षमा वक्तव्य निकाल्नेलाई अध्यक्षबाटै निष्कासन गरिएको खबरपछि बाबुरामको जनसम्पर्क झन् व्यापक हुँदै आयो । ...... दूतावासले दिल्ली युनिटका अध्यक्ष प्रभात घिमिरे र सचिव विनोद श्रेष्ठलाई दुरुपयोग गरेको थियो । पछि यसले हलचल नै मच्यायो । बाबुरामकै अध्यक्षतामा बसेको अखिल भारत नेपाली विद्यार्थी संघको अर्को बैठकले भारतस्थित नेपाली दूतावासको योजनामा राजतन्त्रका पक्षमा लाग्नेलाई कारबाही गरियो । यो घटनाबाट बाबुराम गणतन्त्रका पक्षमा दरिलो अडान भएका व्यक्तित्व हुन् भन्ने कुरा पुष्टि भयो । उनले नेतृत्व गरेको संगठन जनतन्त्र पक्षीय सबै शक्तिहरूको साझा संगठनका रूपमा झन् स्थापित भयो । ...... नेपाली कांग्रेस, तुलसीलाल अमात्य समूह, तत्कालीन चौम लगायतका दलहरूले त्यसपछि बाबुरामलाई सम्पर्क गर्न थाले । .... त्यति नै बेला अखिल भारत नेपाली एकता समाज जन्मियो । बाबुराम प्रत्येक शनिबार मजदुर बस्तीमा जाने र प्रशिक्षण दिने जस्ता काममा खट्न थाले । विद्यार्थी र मजदुरबीच उनको सम्बन्ध अझै गाढा भयो । बाबुरामकै नेतृत्वमा प्रत्येक वर्ष नेपालका वरिष्ठ व्यक्तित्वहरू र राजनीतिक दलका प्रतिनिधिहरू बोलाएर भारतमा सेमिनारहरू आयोजना हुन थाले । ...... नेपालमा प्रतिबन्धित कांग्रेस, कम्युनिस्ट सबै पार्टीहरूसँग उत्तिकै सम्पर्क भए पनि बाबुराम वामपन्थीतिर नै बढी ढल्के । पहिल्लो चरणमा २०३६ सालसम्म उनी चौम र माले दुवैसँग समदुरीमा रहे । उनी यसअघिको दुई वर्ष तटस्थ बस्नुको कारण उनी कसैबाट प्रभावित भएर होइन कि आफै स्वतन्त्र ढंगले राजनीतिलाई बुझेर मात्रै आउनुपर्छ भन्ने विचारका कारणले थियो । ....... उनी २०३६ सालमा आफ्नो विद्यावारिधिका लागि जवाहरलाल नेहरू विश्वविद्यालयमा भर्ना भए । .....माओको देहान्तपछि प्रतिक्रान्ति भयो भन्ने विचार चौमसँग मिलेकाले उनले २०३७ सालमा मोहनविक्रम सिंहमार्फत त्यो पार्टीको सदस्यता नै लिए ।
बाबुराम ०३७ पछाडि अखिल भारत नेपाली एकता समाजको पश्चिमोत्तर समितिको सभापति बने र मजदुरहरूका बीचमा राजनीतिक काममै खटे । ..... अखिल भारत नेपाली विद्यार्थी संघ छोडेपछि पनि उनी भारतमा छउन्जेल त्यो संगठनको सल्लाहकार तथा सर्वमान्य नेता थिए । मजदुर तथा विद्यार्थीलाई समन्वय गर्दै संघर्षका काममा सरिक गराउँथे । २०३६ सालमा राजा वीरेन्द्र दिल्ली गएका बेला उनलाई कालोझन्डा देखाउँदा बाबुराम आफ्नो जीवनमा पहिलोपटक गिरफ्तारीमा परे । ...... २०४२ सालमा बाबुराम काठमाडौं फर्के । काठमाडौं फर्कनुअघि नै उनले निर्णय गरिसकेका थिए, पूर्णकालीन राजनीति गर्नेबारे । उनी मसालको काठमाडौं जिल्ला सेक्रेटरी र वागमती ब्युरो सदस्य भएर कम्युनिस्ट राजनीतिमा सक्रिय भए । ...... उनी नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले लैजानुपर्छ भन्ने मान्यता राख्ने भएकाले पुरानै ढाँचा परित्याग गर्न नसक्ने मोहनविक्रमसँग मतभेद बढ्यो । तर, उनी सधैँ क्रान्तिकारी पार्टीहरू बीचको एकतामा जोड दिन थाले । रातो पाटी त्यतिबेला दूधकाण्ड, रंगशाला काण्ड, मेघालयका शरणार्थी विषयमा उनी संघर्ष गर्न थाले र साझा मञ्च बनाएर पद्मरत्न तुलाधर लगायतसँग पञ्चायत शासनविरुद्धको आन्दोलनमा सरिक भए । ..... २०४६ सालको जनआन्दोलनताका मसाल, मशाल, सर्वहारा श्रमिक संगठन, शम्भुराम समूह, कृष्णदास समूह आदि मिलेर संयुक्त राष्ट्रिय जनआन्दोलन नामक मोर्चा बन्यो । त्यसको उनी प्रवक्ता बने जुन अघोषित रुपमा संयोजक नै हुन्थ्यो । सोही मोर्चाले २०४६ साल चैत्र २४ गते गरेको नेपाल बन्द नै त्यो आन्दोलनको उत्कर्ष थियो । त्यो दिनको उत्कर्षले नै पञ्चायती व्यवस्थाको अन्त गर्यो । ..... २०४६ को परिवर्तनपछि नयाँ प्रक्रियामा जानका लागि उनले पार्टी एकताको पहल गर्न थाले । ..... एकता केन्द्र २०४७ मंसिरमा बन्यो । .... संयुक्त जनमोर्चा निर्माण गरेर क्रान्तिका लागि नयाँ ढंगले जानुपर्छ भन्दै बाबुरामहरूले एकता केन्द्रसँग पार्टी एकता गरे । बाबुरामले नेतृत्व गरेको संयुक्त जनमोर्चा नेपाल नै एकता केन्द्रको जनसंघर्ष र चुनावी प्रयोगको मोर्चा बन्यो । यसले २०४८ को चुनावमा नौ वटा सिटमा विजय हासिल ग¥यो र तेस्रो ठूलो दल भयो । सडक र सदन दुवै मोर्चाबाट संयुक्त जनमोर्चा नेपालले राष्ट्रि«यता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर संघर्ष जारी राख्यो । बानेश्वरमा भारतीय पोसाकमै प्रहरी आएर नेपालीलाई गिरफ्तार गरेकाले २०४९ वैशाख २१ गते संयुक्त जनमोर्चाले बन्द आयोजना गर्यो । ..... २०४६ को जनआन्दोलनबाट प्राप्त सीमित अधिकारबाट मात्र पुग्दैन, जनतालाई पूर्ण मुक्ति चाहिन्छ भन्दै नेकपा (माओवादी)ले २०५२ मा जनयुद्ध सुरु ग¥यो । संयुक्त जनमोर्चा नेपालले बाबुराम भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालीन देउवा सरकारसँग राखेर सशस्त्र युद्धमा जाने घोषणा ग¥यो । र व्यवस्थित युद्धमा उनीहरू सामेल भए ।२०५२ देखि २०६३ सम्म चलेको जनयुद्धमा बाबुराम चार महिना वार्तामा बस्दाबाहेक सबै समय भूमिगत बसे ।
प्रचण्ड र बाबुरामवीच दरबारिया र भारतीयको त्यो सनसनीपूर्ण आरोप प्रत्यारोप
०६१ वैशाखमा मैसुरमा भएको पोलिटब्युरो बैठकमा निकै असहज स्थिति देखापर्यो । मूल राजनीतिक एजन्डामा पूर्ण सहमति भएर पनि कतिपय नेताले प्रचण्डका केही कार्यशैलीगत कमजोरीको आलोचना गरे । पार्टीभित्रका समस्या छरपष्टसँग उजागर भए त्यहाँ । राति अबेरसम्म बहस भयो । तर कुनै संश्लेषणविना बैठक स्थगित भयो । जसका कारण नेताहरुबीच शङ्का बढ्यो र नमिठोपन महसुस गरे । पोलिटव्युरो बैठक लगत्तैपछि ऋइच्क्ष्: का प्रतिनिधिसँग भेट गर्न जाने क्रममा प्रचण्ड, लालध्वज र राहुलबीच बैङ्लोरमा समीक्षात्मक अन्तरक्रिया भयो । अन्त्यमा विद्यमान समस्यालाई मूलभूत तीन बुँदामा संश्लेषण गरे उनीहरुले । ....... मुख्यत: प्रचण्ड र लालध्वजका केही स्वाभावजन्य र मनोवैज्ञानिक समस्याको वस्तुनिष्ठ पहिचान र निराकरण हुनुपर्ने । ..... पार्टीको मुख्य अन्तरविरोध राजतन्त्रसँग हुने कि भारतसँग भन्ने विषयमा पार्टीभित्रै बहस चर्कन थाल्यो ।पार्टी छाड्दाछाड्दै बाबुरामले उठाएका १२ विषयप्रचण्डले मुख्य अन्तरविरोध भारतसँग रहेको भन्दै सुरुङयुद्ध घोषणा गरे
भने बाबुरामले भारतसँग भन्दा निरङ्कुश बन्दै गएको ‘राजतन्त्र’सँग मुख्य अन्तरविरोध रहेको मत अघि सारे । विवाद चर्कंदै जाँदा बाबुराम पक्षधरले प्रचण्डलाई ‘दरबारपरस्त’ र प्रचण्ड पक्षधरले बाबुरामलाई ‘भारतपरस्त’को आरोप लगाए । ....... त्यसपछि पार्टी केन्द्रमा मुख्य समस्या लालध्वज रहेको नयाँ विषय उठाइयो र सोहीअनुसार विभिन्न क्षेत्रमा सम्प्रेषण गरिएको बताइन्छ । ..... ०६१ असार दोस्रो साता प्रचण्ड, लालध्वज, दिवाकर, राहुललगायतका नेताहरु एकैसाथ देशभित्र प्रवेश गरे । बाटोमा सामान्य कुराकानी गरे, तर शीर्षस्थ नेतृत्व पङ्क्तिबीचमा सम्बन्ध अरु चिसिएको अनुभूति गरे नेताहरुले । रोल्पा पुगिसकेपछि मात्र प्रचण्डले लालध्वजमाथि गम्भीर शङ्का गरेको र दिल्लीमा बादल, पथिकलगायतका नेताहरुलाई हेडक्वार्टरविरुद्ध जान उक्साएको र प्रकारान्तरले हेडक्वार्टर नै कब्जा गर्ने ‘ग्रान्ड डिजाइन’ बनाउन खोजेको गम्भीर आरोप लगाउने प्रयत्न गरे । अध्यक्षको सङ्केत त्यस्तो रहेको बताइन्छ । प्रचण्ड गम्भीर मनोगतवादमा फस्न खोजेको लालध्वजको विश्लेषण थियो । उनले तथ्य–सत्य सहित आरोप पुष्टि गर्न चुनौती नै दिएका थिए । प्रचण्डसँगको पटक पटकको भेट र पछि दिवाकरसँगको कुराकानीमा समेत लालध्वजले स्थितिलाई जटिल र अस्वस्थ नबनाउन आग्रह गरे । प्रचण्डका मूलभूत सबल र सकारात्मक पक्षको साथमा केही दुर्बल र नकारात्मक पक्षलाई समेत ध्यान दिन र सच्याउन अनुरोध गरेका थिए लालध्वजले ।प्रचण्ड आफैँले स्वीकार गर्दै आइरहेको अस्थिर र सानो कुरामा पनि तुरुन्तै तरङ्गित र सशङ्कित बन्ने प्रवृत्ति, मदिरा पिउने र लुजटक गर्ने बानी, र उनकी श्रीमती सीताले बेलाबखत जिम्मेवार नेताहरुको मानमर्दन गर्नेगरी बोल्दा र हैसियतभन्दा बढी प्रस्तुत हुन खोज्दा नियन्त्रण गर्न नसक्नु प्रचण्डका दुर्बलपक्ष रहेको लालध्वजले बताएका थिए ।
विगतमा यीबारे पटक–पटक सङ्केत र आग्रह गर्दा पनि प्रचण्डले प्रभावकारी ढङ्गले सुधारात्मक कदम नचालेकाले लालध्वज वाक्कदिक्क भएका थिए । त्यसैकारण उनले दिल्लीमा कतिपय नेताबाट प्रचण्डको विरोधमा टिकाटिप्पणी भइरहँदा पनि त्यसको प्रतिरोध गरेका थिएनन् । उदासीन बनेर बसेको लालध्वज स्वयम् स्विकारेका थिए । तर, त्यसैलाई अतिरञ्जित गरेर लालध्वजले प्रचण्डविरुद्ध नै ‘ग्रान्ड डिजाइन’ गर्न खोजेको आरोप लगाउन खोज्नु मनोगतवादको पराकाष्ठा र गलत तथा हानिकारक हुने भनाइ थियो लालध्वजको । अझ बादल पूर्वबाट आएर प्रचण्डसँग बसेर लालध्वजलाई भेट्दै नभेटी प्रस्तावित केन्द्रीय समिति बैठक स्थलतिर लागेपछि आसन्न बैठकमा सम्पूर्ण आक्रमण आफमाथि केन्द्रित हुने पूर्वानुमान थियो लालध्वजको । .........पार्टी, सेना र मोर्चाको नेतृत्वलाई एकै व्यक्तिमा केन्द्रित गर्ने प्रस्ताव आयो प्रचण्डबाट ।
लालध्वजले त्यसमा असहमति राखे । उनले आफूले मोर्चाको संयोजकको पद परित्याग गर्ने, तर त्यसलाई कोही उपयुक्त तेस्रो व्यक्तिमा स्थानान्तरित गर्ने सुझावसमेत दिए । ....... बैठकमा कैयौँ दिनसम्म लगातार रुपमा लालध्वजमाथि आक्रमण केन्द्रित भइरहेपछि र कतिपय सापेक्ष रुपमा बढी इमानदार र सन्तुलित देखिँदै आएका नेताहरुसमेत भ्रमित हुँदै गइरहेको देखेपछि लालध्वजले नैतिकताका आधारमा स्थायी समिति र मोर्चाको संयोजक तथा सदस्यबाट राजीनामा प्रस्तुत गरे । दिनभरिको बहसकक्रममा सबैले युद्धको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर राजीनामा फिर्ता लिन आग्रह गरेपछि र बैठक हलबाहिरको कुराकानीमा प्रचण्डले अहिले विचार संश्लेषण र नेतृत्व केन्द्रीकरणको प्रश्नमा सामान्य सैद्धान्तिक सहमति मात्र कायम गरेर जाने र ठोस निर्णय पछि गर्ने बताएपछि लालध्वजलेआफूले गरेको राजीनामा केन्द्रीय कार्यालयमा अभिलेखका रुपमा सुरक्षित राख्ने आग्रहका साथ फिर्ता लिएको घोषणा गरेका थिए । .... अन्तिममा वैठकको अन्त्यमा ‘एकता र विजय’ को बैठक भनेर संश्लेषण गरिए पनि भित्री मनले कोही पनि पूर्ण रुपले सन्तुष्ट रहेका थिएनन् । ...... केन्द्रीय समिति बैठकपछि विभिन्न कमान्ड र क्षेत्रका बैठक र प्रशिक्षण भेलाहरु भए । त्यहाँ स्थिति सामान्य भएन र केन्द्रको अन्तरसङ्घर्ष अस्वस्थ ढङ्गले तलसम्म प्रवाहित भएको पुष्टि भयो । मुख्यत: पश्चिम कमान्डअन्तर्गतको प्रशिक्षण भेलामा केन्द्रीय समितिको निर्णयको भावविपरीत र अहिलेसम्मका सबै स्वीकृत पार्टी पद्धतिविपरीत सुदर्शनलगायतका नेताहरुबाट लालध्वज, बादल, गोपाल खम्बू (साइँला) आदि को नामै किटेर भन्डाफोर गरेका थिए । गण्डक क्षेत्रको प्रशिक्षण भेलामा पनि वरुणले मन्चबाटै पूर्ववक्ता स्थायी समिति सदस्य र पोलिटब्युरो सदस्यबाट व्यक्त विचारहरुको सबैले बुझ्ने भाषामा खण्डन गरेका थिए । महिला मोर्चा लगायत विभिन्न मोचाका बैठक र भेलामा पनि माथिका अन्तरसङ्घर्ष अस्वस्थ रुपमा तलसम्म प्रवाहित भएको सङ्केत आएको थियो । आमपार्टी पङ्क्तिमा केन्द्रीय समिति बैठकले अन्तरसङ्घर्ष ठीकसँग हल नगरेको अनुभूति थियो नै । विधिसम्मत यथार्थ जानकारीको माग तथा अन्तरविरोध ठीकसँग सञ्चालनको आग्रह पनि भएको थियो । कतिपय पत्रपत्रिकामा समेत पार्टीका अन्तरसङ्घर्षहरुको चर्चा गरेका थिए । ...... यसैबीच ०६१ कात्तिक २३ गते बाबुराम भट्टराईले केन्द्रीय स्कुल विभाग र प्रचार तथा प्रकाशन विभागबाट राजीनामा दिनुका साथै चारबँुदे असहमतिपत्र बुझाए । त्यसलगत्तै मङ्सिर १५ मा पनि उनले १३बुँदे राजनीतिक बहसका विषय प्रचण्डलाई बुझाए ।यसैलाई मुख्य आधार बनाएर बाबुराममा ‘विचलन’ आएको निष्कर्षमा पुग्यो हेडक्वार्टर ।
०६१ माघमा रुकुमको लावाङमा बसेको पोलिटव्युरो बैठकले बाबुरामलाई पार्टीको जिम्मेवारीबाट निष्कासन गर्यो । उनीसँगै नेतृ हिसिला यमी र नेता दीनानाथ शर्मा पनि कारबाहीमा परे । बाबुरामलाई कारबाही गर्नुपर्ने कारण दस्तावेजमा उल्लेख छ, ‘पार्टी अन्तरसङ्घर्षलाई वर्गसङ्घर्षको शत्रुतापूर्ण स्वरूप खतरा उत्पन्न हुँदै गएको छ । भट्टराईमाथि समानान्तर हेडक्वार्टर सञ्चालन गरेको, अन्तरविरोध तथा मूल्य–मान्यताविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको तथा विगतमा पार्टीबाट निष्कासित दक्षिणपन्थी विसर्जनवादलाई पछ्याएको आरोप छ ।’ ........ ०६१ साउनमा सम्पन्न केन्द्रीय समितिको अर्को बैठकपछि माओवादीले जनयुद्ध रणनीतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरेको घोषणा गर्यो । .....बाबुराम राजनीतिक वृत्तमा चर्चित हुादै गर्दा अध्यक्ष प्रचण्ड नेतृत्व केन्द्रीकरण गर्ने पक्षमा थिए ।
उनले लावाङ बैठकभन्दा धेरै पहिलेदेखि नै यो प्रयास सुरु गरेका थिए । नेताहरू भारतमा छादा यो विवाद माओवादीभित्र गुपचुप थियो । तर, जब ०६१ मा माओवादीका नेताहरू प्रचण्ड र बाबुराम नेपाल आए, तब विवाद छताछुल्ल बन्दै गयो । ०६१ भदौमा रोल्पाको थवाङस्थित फुन्टिवाङमा बसेको माओवादी केन्द्रीय समितिको बैठकपछि विवाद पोखिन थाल्यो । बाबुराम नेतृत्वको संयुक्त क्रान्तिकारी जनपरिषद् र प्रचण्ड नेतृत्वको पार्टी समानान्तरजस्तै भएकोमा प्रचण्डलाई आपत्ति थियो । वक्तव्य जारी गर्दा समेत प्रचण्ड र बाबुरामले संयुक्त रूपमा हस्ताक्षर गर्ने भएकाले मूल नेतृत्वबारेमा भ्रम पैदा भएको आवाज पार्टीभित्रै उठिरहेको थियो । त्यहीबेला पार्टी, सेना र मोर्चाको नेतृत्व अध्यक्षमा केन्द्रीकरण गर्नुपर्छ भन्ने प्रचण्डको प्रस्तावमा बाबुरामले पार्टी, सेना र मोर्चाको एकल नेतृत्व कायम गर्नु सैद्धान्तिक कमजोरी हुन्छ भन्ने आफ्नो विचार राखे । यदि यो विचारलाई स्वीकार नगरिए राजीनामा दिने भन्दै बाबुरामले ........ पार्टी, सेना र मोर्चाको प्रमुखमा एउटै व्यक्ति रहनुपर्ने र विचारको केन्द्र प्रचण्ड हुनुपर्ने विषयमा विवाद थियो । पार्टीको मुख्य अन्तरविरोध राजतन्त्रसाग हुने कि भारतसाग भन्ने विषयमा पार्टीभित्रै अन्तरविरोध चर्कियो त्यति नै बेला । ...... ०६१ माघमा रुकुमको लावाङमा सम्पन्न माओवादी पोलिटव्युरो बैठकले माओवादी नेता बाबुराम भट्टराईलाई पार्टीको साधारण सदस्यमात्र रहनेगरी स्थायी र केन्द्रीय कमिटीबाट समेत निलम्बन गर्यो । पोलिटव्युरो बैठकले भट्टराईलाई मात्र कारबाही गरेन, उनकी श्रीमती हिसिला यमीलाई पनि केन्द्रीय कमिटीबाट निलम्बन गर्यो । पोलिटव्युरो बैठकमा बाबुरामको पक्षमा रहेका अर्का नेता दीनानाथ शर्मा पनि राजीनामा दिन बाध्य भए । ..... कारबाहीपछि बाबुराम र प्रचण्ड पक्षले एक–अर्कालाई नङ्ग्याउन कुनै कुरा बााकी राखेनन् । बाबुराम कारबाहीमा परेकाले नङ्ग्याउने कुरामा प्रचण्ड पक्ष बढी सफल भयो । बाबुरामलाई कारबाही गरेपछि सबैभन्दा बढी चिन्ता प्रचण्डलाई लागेको थियो । बाबुरामलाई कारबाही गरे पनि उनको अभावमा काम गर्न कठिन भएका कारण प्रचण्ड खुसी थिएनन् । बाबुराममाथि कारबाही गरेर गडबड भयो भन्ने चिन्ता प्रचण्डमा बढी भयो । ..... प्रचण्ड केही समयपछि आउने र बाबुरामले पहिले गएर वार्ताका लागि तयारी गर्ने सल्लाह भए पनि बाबुराम भारत जान एकाएक हच्किए । एकातिर भारतपरस्तको आरोप लागेकाले पहिले जाादा केही गडबड भइहाल्यो भने भारतपरस्तको आरोप पुष्टि होला भनेर बाबुराम हच्किन पुगे । बाबुरामले प्रचण्डसमक्ष दुवै सागै जाने प्रस्ताव राख्न पनि खोजेका थिए । तर, परिस्थिति अनुकूल नभएको भन्दै प्रचण्डले अस्वीकार गरे । यही चिन्ताका कारण बाबुरामलाई राति दुइ बजेपछि निद्रा नलाग्नेसमेत भयो । किरणको अभाव महसुससागै दुवै नेताले नयाा ढङ्गले अघि बढ्ने अन्तिम निर्णय गरे । त्यसपछि सात दलसागको छलफल र भारतसागको वार्ताका लागि बाबुराम भारततर्फ लागे । तर, बाहिर बाबुरामको कुरा पार्टीको लाइन हो कि होइन भनेर शङ्का फैलियो । बाबुरामले अघिसारेको लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव प्रचण्डले मान्ने हो कि होइन भनेर शङ्का फैलियो । बाबुरामले सात दलसाग कुरा गर्दा पनि उनीहरूले पनि प्रचण्डको सहमतिबारेमा प्रश्न उठाउन थाले । पार्टीकै लाइन भएको कुरा प्रचण्डकै मुखबाट नसुनेसम्म शङ्का बनेको थियो । ....... माओवादीले आफूभित्र चलिरहेको वैचारिक बहसलाई सार्वजनिक गरेपछि माओवादीभित्र तरङ्ग पैदा भयो । ..... माओवादीभित्र चलिरहेको बहसमा आमजनसमुदायलाई समेत सहभागी गराउने ध्येयले विषयलाई बाहिर ल्याइएको बताइएको थियो । एउटा युद्धरत पार्टीमा यस किमिसको जनवादको अभ्यास हुनु बिल्कुलै नयाँ थियो भन्दा पनि हुन्छ । बीसौा शताब्दीमा क्रान्ति र प्रतिक्रान्तिका तीता–मीठा अनुभवबाट सिकेर २१औा शताब्दीको पहिलो क्रान्ति गर्ने र प्रतिक्रान्ति रोक्ने महफ्वपूर्ण दायित्व आफ्नो काँधमा आएको ठम्याइ रहेको माओवादी नेताहरूभित्र माक्र्सवाद–लेनिनवाद–माओवादलाई समृद्ध नगरी २१आौ शताब्दीमा क्रान्ति गर्न र त्यसलाई रोक्न सम्भव छैन भन्ने कुरा आमसहमति जस्तै थियो । माओवादीले केही समयपहिले २१औा शताब्दीको जनवाद विकाससम्बन्धी प्रस्ताव पारित गरेर विश्व कम्युनिस्ट आन्दोलनमै नयाँ आयाम थपेको बताएको थियो । ..... बाबुरामको चर्को विरोध गर्नेमा थिए– रवीन्द्र श्रेष्ठ ... उनको जोड पार्टीभित्र भिन्नमतलाई समाप्त पार्नुपर्छ, भौतिक रूपमै समाप्त पार्नुपर्छ भन्नेमै रह्यो । यो उनको व्यक्तिगत कमजोरी, सनक वा चरित्रगत विशेषता थियो या प्रायोजित अभिव्यक्ति थियो, त्यसको छानबिन हुँंदै छ । बाबुरामसमेतलाई कारबाही गर्ने सन्दर्भमा पनि उनी त्यसैप्रकारको फासिस्ट, आत्मकेन्द्रित, सन्की र विवादास्पद अतिका रूपमा प्रकट भएका थिए,’ दीनानाथ शर्माले रवीन्द्रले भनेको उद्धृत गर्दै भनेका छन् ।
अहिले भारतको हवाला दिएर आफ्नो स्वार्थपुर्ति गर्ने तर थारु र मधेशीको जायज मागलाई कुल्चने प्रयत्न हुँदैछ यो दुःःखद छ । .... आगामी दिनदेखी कुनै पनि नेतहरुले चुनावी खर्च माग्न अथवा सांसद खरिद विक्री गर्न विदेशी दुतावासमा रकम माग्ने काम रोकिनेछ । ..... हामी मध्ये कुनै पनि नेताले पद पाउन दुतावास धाउने प्रचलनको अन्त्य हुनेछ । र आफन थर्ड डिभिजन ल्याउने छोराका निम्ती विदेशी दूतावासमा गएर छात्रवृत्ति माग्ने र विरामी पर्दा विदेशीबाट करोडौंको खर्च पास गराउने प्रवृत्तिको पनि अन्त्य हुनेछ । हामी आफ्नै दुतावासमा बस्न छाडेर विदेशीको आतिथ्यता लिएर फाईभस्टार र सेभेनस्टार होटलमा बस्ने परम्परकोको पनि अन्त्य हुन सकेमा हाम्रो राष्ट्रवाद बलियो हुने अपेक्षा गर्छु । .... हामिले खुल्ला मंचमा उसका विरुद्ध कड्किने अनि राती गएर लत्रक्क लत्रँदै उसका पाखुरा समात्ने नक्कली राष्ट्रवाद एउटा हुन्छ । .... अर्को सुगौली सन्धिदेखिको कुरा बुझेर यथार्थतालाई मध्यनगर गर्दैसवै जनतालाई एक बनाएर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने अर्को राष्ट्रवाद हुन्छ ।
........ टुकी बाल्ने, साइकल चढ्ने राष्ट्रवाद कि विद्युतिय गाडी चढ्ने राष्ट्रवाद प्रगतिशील राष्ट्रवाद ? पश्न यहाँनेर हो । अब हामीले कुन राष्ट्रवाद को चयन गर्ने ।म विजुलीबाट मोटर चल्ने राष्ट्रवादको पक्षमा छु ।
...... ०४६ सालको आन्दोलनको क्रममा ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’को रुपमा हामी एकदमै सानो शक्ति भएपनि हामीले संविधानसभाको कुरा उठायौं । प्रवक्ताको हैसियतले मैले नै त्यतिवेला दश सुत्रिय माग प्रस्तुत गर्दै संविधानसभाबाट संविधान बनाउनुपर्छ भन्ने माग प्रस्तुत गरेको थिएँ । तर दुःखका साथ भन्नुपर्छहाम्रै मोर्चाको एक घटक मोटो मशाल जसको महासचिव प्रचण्ड हुनुहुन्थ्यो, उहाँले त्यसको घोषित रुपमा विरोध गर्नुभो ।
उहाँले लेख लेखेर संशोधनबादी नारा भने, त्यहि कारण हाम्रो ‘संयुक्त राष्ट्रिय जनआन्दोलन विगठन समेत हुन पुग्यो, त्यो पार्टिको आधिकारीक धारणा बन्न सकेन । तर पनि हामीले त्यो नारा निरन्तर उठाइरह्यौं । ........ मैले ‘लोकतान्त्रिक गणतन्त्र’ लाई तत्कालिन माग बनाउनुपर्छ भन्ने माग पार्टी भित्र राखेँ । त्यसबेला पनि मलाई पार्टीभित्र संशोधनवादी/सुधारवादी भन्ने ठहर गरियो । ..... ०६० साल पुसमा मैले कान्तिपुर दैनिकमा त्यहि आशयको लेख लेखेबापत मलाई त्यसै सालको मागमा कमरेड प्रचण्ड लगायतका केही साथिहरुले कारवाही गर्नुभो । पछी राजा ज्ञानेन्द्रले ‘कु’ गरेर सत्ता हत्याए लगत्तै मैले अगाडि सारेको ‘लोकतान्त्रिक गणतन्त्र’ धारणा नै सही रहेछ भन्ने बोध भएर पार्टीको चर्चित चुनवाङ बैठकले लोकतान्त्रीक गणतन्त्रको नारा स्विकार गर्यो । त्यसकै आधारमा हामीले ०६२ मंसिर ७ गते १२ बुँदे समझदारी गर्यौं । त्यसमा पहिलोपटक नेपाली इतिहाँसमा ०१४ सालपछी पहिलोपटक चार दल र माओवादीको तर्फवाट संविधानसभाको नारा स्विकार गरियो । त्यसकै आधारमा ०६२÷६३ को आन्दोलन र शान्ति संझौता मार्फत हामीले विधीवत संविधानसभालाइ संस्थागत गर्यौं । त्यसकै आधारमा अन्तरिम संविधान हुँदै दोस्रो संविधानसभाले संविधान घोषणा गर्यो । ...... ०७२ असोज ३ गते नेपाली जनताले झण्डै सत्तरी बर्षअघी देखेको सपना पुरा भएको छ । जनताले चुनेको संविधानसभामार्फत संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेको छ । गणतन्त्र संघियता धर्मनिरपेक्षता समावेशी,समानुपातीक लोकतन्त्र संस्थागत भएको छ । .... गएको ०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएको दिन पहिलो अविस्मरणीय दिन थियो दोस्रो संविधान घोषणा भएको दिन अविस्मरणीय दिन हो । .... हामी भन्दा अघिल्लो पुस्ताले २००७ सालदेखीनै यो कुरा उठाउँदै आएको थियो । ०१४ सालमा राजा महेन्द्रले त्यसलाई अपहरण गरे । हाम्रो युगका एक महान नेता विपी कोइरालाले समेत त्यसलाई थेग्न सक्नुभएन् । ०१७ सालमा नेपाक कम्युनिष्ट पार्टीले तत्कालिन दरभंगा प्लेनममा संविधानसभाको नारा उठायो त्यसलाई फेरी अगाडी बढाउन सकेन, त्यहाँ केशरजंग रायमाझीहरु पैदा भए । उनी अन्ध राष्ट्रवादको नाममा फेरी दरबारको सेवामा गएर संविधानसभालाई तुहाइदिए । .....संविधान जारी हुने दिन तराई मधेशका अधिकांश ठाउँहरुमा कफर्यु लाग्यो । जनताले बत्ति समेत बालन पाएनन् । त्यस्तो खुसिका क्षणमा पनि आधा नेपालले दिपावली मनायो आधा नेपाल अन्धकारमा रहँदा मलाई थोरै दाँतमा ढुंगा लागेजस्तो भयो ।
..... संविधानमा धेरै कुरा प्रगतिशील छन् । तैपनि कुरा छुट्न पुगे । खासगरी थारु बाहुल्य क्षेत्रमा उनीहरुले आफ्नै प्रदेशको माग पुरा गर्न नसक्नु हाम्रो ठुलो कमजोरी रह्यो । त्यसैगरी कत्तिपय जाती जनजाती र मधेशका केही भागहरुलाइ समेटेर प्रदेश निर्माणका क्रममा त्रुटि रहेको छ । समाुनपतिकको सवाल पहिले स्वीकार गरिएपनि पछी हटेको छ । महिला र दलितका केही माग छुटेका छन् । ...... मुख्य रुपमा शासकिय प्रणाली जुन ९० प्रतिशत जनताले सुझाव दिएको प्रत्यक्ष निर्वाचित कार्यकारीको मागलाई समावेश गर्न नसक्नु ठुलो कमजोरी बन्न गएको छ । त्यसैले यो संविधानले पनि सरकार बनाउने र गिराउने खेलमा मात्र सहयोगी हुन्छ की भन्ने आशंका छ । तराइ मधेशको एउटा हिस्सा आन्दोलनमा भएकाले उनिहरुलाइ बार्तामा ल्याएर संविधान कार्यान्वयन गर्न सकेमा राम्रो हुनेछ । तर अहिलेको विडम्वना के छ भने, हिजो संघियता धर्मनिरपेक्षताको विरोध गर्नेहरु आध धेरै नाचगान गरिरहेका छन् । तर आन्दोलनबाट आएका शक्तिहरु चैं पुरै खुसी हुन सकेका छैनन् । यो विडम्वनापुर्ण अवस्था हो । इतिहास्मा यस्तै हुनेगरेको छ, बाली एउटाले लगाउने फल अर्काले लैजाने कुरा इतिहासमा हुँदै आएको छ । ....... शुरुमा मलाई कांग्रेस कम्युनिष्ट थाहा थिएन् । राजतन्त्रको अन्त्य हुनुपर्छ भन्ने मात्रै लग्थ्यो । पछी म कम्युनिष्ट पार्टीमा आवद्ध भएर यहाँसम्म आएँ । तर यहाँ आएपछी नेपालले एउटा युग पुरा गरेको छ अब अर्को युगमा नेपाल प्रवेश गरेको हुनाले अब पार्टीहरु साधान हुन् साध्य होइनन् । अबका साध्य जनता हुन् । अब तरकाी काट्ने चक्कु काम छैन, खसि काट्ने खुकुरी चाहिन्छ । त्यसैले अब पुरानो ढंगका पार्टिहरुको काम छैन । नयाँ ढंगको शक्ति निर्माण गरेर जानुपर्छ । त्यसो भएको हुनाले, सवैसँग ब्यापक छलफल गर्नेगरी एनेकपा माओवादीको साधारण सदस्य समेत त्यागेको घोषणा गर्न चाहन्छु । अव म एक नेपाली नागरिक मात्र हुनेछु ।
रोक्नुहुन्छ भनेर बाबुरामजीले मलाई १५ मिनेट अगाडि मात्र भन्नुभयो : टोपबहादुर
No comments:
Post a Comment