भारतको अर्को चेतावनीयुक्त विज्ञप्ति : नेपालको आपूर्तिमा असर हुने संकेत
मधेसका चोक-चोकमा यसरी जल्यो संविधान (फोटोफिचर )
मान्य हुँदैन मण्डले राष्ट्रवादको यो नौलो संस्करण
आजको विज्ञप्तिपछिसंविधान जारी भएपनि भारतलगायतका अन्तराष्ट्रिय समुदायको समर्थन छैनः शुक्ला
भारत हुँदै नेपालमा हुने आपुर्तिमा समस्या हुन सक्ने अड्कल काटिएको छ । विज्ञप्तिमा तराईमा जारी तनावका कारण ढुवानी गर्ने कम्पनीहरुले असुरक्षित महसुस गरिएको रहेको ढुवानीमा अप्ठ्यारो भइरहेको गुनासो गरेको उल्लेख गरिएको छ । विज्ञप्तिमा संविधान जारी भएपछि पनि भारतीय सीमा क्षेत्रमा भइरहेको तनाव र हिंसात्मक घटनालाई लिएर भारत चिन्तित रहेको बताइएको छ ।
आफूले बारम्बार नेपालको राजनीतिक नेतृत्वलाई तनाव कम गर्न तत्काल कदम चाल्न आग्रह गरे पनि त्यसको वेवास्ता गरिएको उल्लेख छ । यदी समयमा नै हामीले भनेको सुनेको भए यस्तो गम्भिर परिस्थितिलाई रोक्न सकिन्थ्यो, विज्ञप्तिमा उल्लेख छ । भारतले विज्ञप्ति मार्फत तराईमा देखिएको समस्या राजनीतिक समस्या भएको भन्दै त्यसको समाधान बलले भन्दा पनि संवादबाट समाधान गर्नुपर्ने सुझाव दिएको छ । हामी अझै पनि नेपालको राजनीतिक नेतृत्वले अहिले देखिएको तनावको कारक तत्वलाई प्रभावकारी ढंगले समाधान गर्नेछ ।
शुक्लाले अबको दिनमा आन्दोलन फरक शैलीबाट जाने संकेत गरेका छन् । मंगलबार राजबिराजमा हुने मधेशी मोर्चामा आवद्ध पार्टी अध्यक्षहरुको बैठकले आन्दोलनको भावी रणनिति तय गर्ने उनले जानकारी दिए । मधेशीका ४ मूल मागहरु पुरा नभए सम्म आन्दोलन निरन्तर चलिरहने उनले जनाए । संविधानमा नागरिकताको बिषय मात्र संसोधित धएर आएको र बाकी मागहरु समानुपातीक समावेशी प्रतिनिधित्व, जनसंख्याको हिसाबमा जन प्रतिनिधिको ब्यावस्था र मधेशमा दुई प्रदेश नदिए सम्म आन्दोलन नरोकिने उनले बताए । ..... उनलेभारतीय मिडियाको विश्लेषण : नेपालको संविधान भारतमाथि ‘सानदार प्रतिघात’, वैद्यानिकतामाथि उठायो प्रश्न
पूर्व झापा देखी पश्चिम महेन्द्र नगर सम्म मानव जंजिर बनाई मधेशी थारुको एकता देखाउने तयारी भईरहेको बताए । हुलाकी बाटोमा मानव सागर उतारने तयारी भैरहेको
शुक्लाले बताए ।
नेपालमा संविधान जारी भएपछि भारतले त्यसको स्वागत नगरेको सन्देश दिएको अवस्थामा भारतीय मिडियाले अहिलेको अवस्थामा संविधान जारी हुनुलाई ‘भारतमाथि प्रतिघात’ को सज्ञा दिएका छन् । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले भारतले बराम्बार संविधान जारी गर्ने मिति सारेर भए पनि संविधानलाई सर्वस्वीकार्य बनाउन आग्रह गरेपनि नेपालले संविधान जारी गरेर भारतमाथि प्रतिघात गरेको जनाएको छ । .... नेपालको संविधानलाई ४० प्रतिशतभन्दा बढी जनताले अस्वीकार गरेको दाबी गर्दै यसको वैद्यानिकतामाथि प्रश्न समेत उठाएको छ । ‘अर्थपूर्ण रुपमा भारतले जारी गरेको विज्ञप्तिमा संविधानको स्वागत भन्दा पनि असन्तुष्टलाई समेट्न जोड दिएको छ’ ..... भारतले संविधानको स्वागत नगरेको अवस्थामा चीनले संविधानको स्वागत गर्नुलाई नेपाली नेतृत्वले प्रयोग गर्न सक्नेगोरखामा संविधानको स्वागत बाबुराम भट्टराई समूहद्वारा बहिष्कार
एमाओवादीको प्रचण्ड विचार समूह र डा बाबुराम भट्टराई विचार समूहको गोरखामा छुट्टाछुट्टै पार्टी कार्यालय सञ्चालनमा छ । ..... गतवर्षदेखि एमाओवादी भट्टराई समूहले समानान्तर जिल्ला कमिटी गठन गरी छुट्टै कार्यालय सञ्चालनमा ल्याएको हो । जिल्ला कमिटी, तीन क्षेत्रमा क्षेत्रीय कमिटीका साथै गाउँ–गाउँमा पनि समानान्तरक गाउँ कमिटी गठन गरिसकेको छ ।
मधेसका चोक-चोकमा यसरी जल्यो संविधान (फोटोफिचर )
मान्य हुँदैन मण्डले राष्ट्रवादको यो नौलो संस्करण
यही सुशिल कोइराला, शेरवहादुर देउवा, कृष्ण सिटौला र भीम रावलहरु हुन जसले पहिलो संविधान सभावाट ग्यारह प्रदेशसम्म मान्ने प्रस्ताव स्वीकार गरेका थिए । त्यसमा तराईमधेशमा तीनवटा प्रदेशको खाका प्रस्तुत गरिएको थियो । तर आज तिनै अनुहारहरुले सत्ताको मदमा तराईमधेश शव्द पनि उच्चारण गर्न चाहन्न । ...... यस्तो अवस्थामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका परिपक्क नेताहरुले आफ्नो हुर्मत पनि गच्छेदार झै लिन्छ भन्ने कुरा बुझेर नै होला बालुवाटार नटेकेका हुन । ......भारतले फेरि किन बोलायो राजदूत रेलाई ?
प्रधानमन्त्री सुशिल कोइराला भन्नु हुन्छ– ‘म पनि मधेशी हूँ ।’
यो सरासर गलत हो । भ्रामक हो । दुष्प्रचार हो । त्यसैले समस्याको जडो प्रधामंत्रीको जडतामा छ । राजनीतिक विश्लेषक सिके लालको शब्दमा मधेश र मधेशी शब्दले भौगोलिकताभन्दा त्यसको साँस्कृतिक र समाजिक परिवेशलाई बढी बुझाउछ । प्रम कोइराला सिन्धुली दुम्जाका वासी हुन । दुम्जा पहाडमा छ । मधेशमा होइन । पहाड र मधेशको आफ्नो छुट्टाछुट्टै समाजिक र साँस्कृतिक परिवेश छ । तर समग्रमा सवै नेपाली भएकोले पहाडी समुदाय मधेशमा वसोवास गर्न सक्छन भने मधेशी समुदाय पहाडमा । ...... दशकौदेखि मधेशमा वसोवास गरिरहेका पहाडी समुदायको संस्कृति मधेश र मधेशी जस्तो भएको छैन भने राजा रणवहादुर शाहको पालामा नै उपत्यका भित्रिएका मैथिल बाहुनहरुको विहेवारी अहिले पनि मैथिल वाहुनसंग मात्र हुन्छ । ...... कांग्रेस÷एमालेसंग नजिक लेखनदासहरुले सधै मधेशी र माओवादीलाई जातीय÷साम्प्रदायिक भनेर चित्रण गरेकोले उसका नेता, कार्यकर्ता तथा समर्थकहरु एकलकाटे भएका छन् । प्र.मं कोइराला पनि त्यसैमध्येका एक पात्र हुन । ..... अवको संघर्षको लक्ष्मण रेखा कोर्नै पर्छ । यस सम्वन्धमा डा. बाबुराम भट्टराईले अभिव्यक्त गरेको विचार नै पार्टीको आधिकारिक धारणा हो भन्ने बुझ्दा कुनै अतिशयोक्ति हुने छैन । यस सन्दर्भमा पार्टीले जारी गरेको प्रेस विज्ञप्ति आधिकारिक होइन चाहे त्यसमा प्रचण्ड र कृष्ण वहादुर महराको सहिछाप किन न होस् । किनभने फरक मत र असहमतिको आधारमा संविधान निर्माण गरेका एमाओवादीलाई अहिलेको विषम परिस्थितिमा खुशी हुनु स्वभाविक हो तर त्यसले विजयोत्सवसम्म पु¥याउदैन । जुलूस र दीपावली गर्नु त घातक हो । यो सरासर गैरमाक्र्सवादी सोच हो । ...... विगतको मण्डले राष्ट्रवादको यो नौलो संस्करण हो । .... माक्र्सले विकाश गरेको वर्गीय अवधारणा अनुसार शोषक र शोषित वीचको विभेदलाई लेनिनले जातीय उत्पीडनसंग जोडेर रुशमा समाजवादी क्रान्ति सम्पन्न गर्नु भएको थियो, जसलाई अक्टुवर क्रान्ति भनिन्छ । तर नेपालमा युगान्तकारी जनयुद्ध, जनआन्दोलन र मधेश विद्रोहले अढाई सय वर्षको राजतन्त्रको अन्त्य गरेपनि आन्तरिक राष्ट्रियता बलियो हुन नसकेको यथार्थ हो ।
भारतको इच्छा विपरित तीन दलले बहुमतले सविधान जारी गरेपछि मोदी सरकारमै असर परेको छ । विहारमा चुनावको रौनक बढेसँगै मधेशमा जारी आन्दोलन लिएर विहारका नेताहरु मोदी सरकारको खुलेर आलोचना गरेपछि नेपालको तराई मधेशमा भइरहेको आन्दोलन बारे थप जानकारी लिनका लागि नेपालका लागि भारतीय राजदूत रन्जित रे लाई दिल्ली बोलाएको हो । ......
विहार हुने चुनावलाई लिएर भारतीय सरकार तराई मधेशको आन्दोलन लिएर निकै चिन्तित देखिएको छ ।
.... तराई मधेशमा आन्दोलन गरिरहेका मधेशी नेताहरुले विहार, उत्तर प्रदेशका भारतीय संसद् तथा वरिष्ठ नेताहरुलाई भेटेर आन्दोलनको बारेमा जानकारी गराउनुको साथै ज्ञापनपत्रहरु पनि दिएका छन् । ती भारतीय नेताहरुले तराई मधेशमा भएको आन्दोलन लिएर मोदी सरकारलाई दवाव दिएका छन् । संसदमा कुरा उठाएका छन् । भारतीय संसदहरुले मधेशी नेताहरुको तर्फबाट प्रधानमन्त्री मोदीलाई ज्ञापनपत्र नै बुझाएका छन् । ...... भारतमा रहेका मधेशी समुदायका व्यक्तिहरुले त्यहाँ पनि आन्दोलन गरिरहेका छन् । संविधान जलाउनु देखि लिएर विभिन्न गतिविधिहरु गरिरहेका छन् त्यसले गर्दा पनि भारतीय सरकारमाथि दवाव बढेको हो । ......विहारका मुख्य मन्त्री नितिशकुमारले मधेशको आन्दोलनलाई समाधान गर्न नसक्ने प्रधानमन्त्री मोदीले विहारलाई के नै दिनसक्छन् भन्दै चुनावी सभामा टिप्पणी गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेश अन्दोलनप्रति गम्भीर भएका छन् ।
No comments:
Post a Comment