बाबुराम भट्टराई, अमरेशकुमार सिंह र बिदेशी राजदूतको सहकार्य हिजोको दिन जस्तो भोलीका दिन सफल नहोस-नहोस !(हिमाली-पहाडी-मधे...
Posted by Kanak Mani Dixit on Saturday, September 12, 2015
आजको २४ घण्टाले नेपालको अखण्डता जोगाउन सक्छौं कि सक्दैनौं भन्ने फैसला गर्नेछ !
‘नेपाल’ भनेको हिमाल, पहाड, तराईमा बसोवास गर्ने विविध वर्ग/जाति/लिंग/भाषा/धर्म/संस्कृति/पेसाका जनताको अनेकताबीचको एकताको सामूहिक अभिव्यक्ति/पहिचान हो । एउटा जाति/क्षेत्र/समुदायले मात्र आफूलाई ‘नेपाली’ र अरुलाई अनेपाली ठान्ने प्रवृत्तिले अखण्ड नेपाल कायम राख्न सक्दैन ! ...... नेपाल मात्र अखण्ड हो र त्यसभित्रका अरु सबै इलाका संघीय ढाँचामा पुनर्संरचना हुनसक्छन् भन्ने बिर्सेर वा बुझ पचाएर पुरानो राज्यले बनाएको आफ्नो चुनावी क्षेत्र/ जिल्ला/अंचल/विकास क्षेत्रलाई ‘अखण्ड’ राख्ने हठले पुर्खाले छोडेर गएको नेपालको अखण्डता धरापमा पर्दैछ ! ....... नेपालका विभिन्न जाति र भाषाको बसोवास रहेका क्षेत्रहरु : यस्तो विविधतालाई स्वीकार्ने कि एकल जातीय राज्य कायम राख्ने ? ...... खासगरी पूर्वदेखि पश्चिमसम्मको तराई/मधेसमा झण्डै एक महिनादेखि असन्तुष्टि र विग्रहको ज्वालामुखी पुत्पुताइरहेको र दिनहुँ मान्छेको ज्यान गुमेर स्थिति विष्फोटक बन्दै गएको अवस्थामा त्यसलाई सम्बोधन नगरी अघि बढ्ने हठ कसैले गर्नुहुँदैन ! राजनीतिक समस्यालाई फौजी दमनले हल गरेको इतिहास कतै छैन !....
एउटा जाति/क्षेत्र/समुदायले मात्र आफूलाई “नेपाली” र अरुलाई अनेपाली ठान्ने प्रवृत्तिले अखण्ड नेपाल कायम राख्न सक्दैन !
नेपाली, एउटा नेपाली जातीयता हो। त्यो तिमी आफुसँगै राख। हाम्रो जातीयता भारतीय हो। विवाद त्यहाँ छैन। तिम्रो नेपाली जातीयता बर्मा, भुटान, आसाम का "नेपाली" सँग बाँडिचुंडी राख। त्यहाँ हाम्रो लगाव छैन। कुरा पर्यो राज्य (state) र त्यस सँग नागरिक को सम्बन्ध को। Confusion भयो भने देशको नाम मिथिला या महाभारत राखौं। ताकि तिम्रो नेपाली जातीयता को अझ सुदृढ़ अलग पहिचान होस्।
हामी अलमलमा परेको हामीलाई एक छिन त के लाग्न पुगेथ्यो भन्दा हामी सबैले मिलेर एउटा आधुनिक राज्य (modern state) बनाउन खोजेको हो जस्तो लाग्न पुगेको थियो। त्यो होइन भने। होइन भने। नया बन्ने संविधान मा तिमीले हामीलाई समानता दिने होइन, हामीले पनि तिमीलाई समानता दिने हो। हाम्रो सहमति बिना तिमीले पनि समानता पाउन सक्दैनौ। हामी तिमीलाई थिचोमिचो गर्ने राज्य खड़ा गर्ने सामर्थ्य राख्दछौं। तर हामी अल्मलिएको, हामीलाई एक छिन confusion के भइदियो भन्दा खेरी, कहीं हामीले एउटा आधुनिक राज्य (modern state) त बनाउन खोजेको होइन, हामीलाई त्यस्तो लाग्न पुग्यो। राजा को संविधान मा तिमीलाई समानता थिएन त! हाम्रो सक्रियता बिना त्यो राजा नफालिने हो।
आधुनिक राज्य (modern state) मा अंतरिम संविधान नमान्ने, पहिलो संविधान सभा को सहमति नमान्ने, अहिले दोस्रो सभाको सहमति नमान्ने भन्ने हुँदै हुँदैन। त्यो binding contract हो। अंतरिम संविधान मा थप्न पाइन्छ, घटाउन पाइँदैन।
नागरिकता को आधुनिक परिभाषा को भाषा हामीले बोल्न खोज्दा तिमीलाई गार्हो भयो। तिमीले सहमति सम्झौता नमानेको तिमीलाई "अमीलो" जस्तो लाग्यो। छुछुंदर। आलु।
यो देश टुटने नटुट्ने कुरा, बिभिन्न का बिभिन्न angle होलान। मेरो angle चाहिं के भन्दा पुरा दक्षिण एशिया को आर्थिक र पछि राजनीतिक एकीकरण गर्नु पर्ने जमाना मा एउटा देश दुई फ्याक हुने उल्टो दिशामा नदी बग्यो। तर जुन देश भित्र सबै नागरिक लाई समानता छैन त्यस्तो देश दुई त के २० फ्याक् भए पनि मेरो लागि कुनै टाउको दुखाइ होइन। नेपाल लाई २० टुकड़ा पारेर पनि दक्षिण एशिया को आर्थिक र पछि राजनीतिक एकीकरण संभव छ। झन बढ़ी संभव छ। Monetary Union त हामी पहिलो दिन नै गर्दिन्छौं।

No comments:
Post a Comment