संघीयताको विवाद नमिले नयाँ प्रस्ताव ल्याउने एमालेको तयारी
'मेरा भान्से बाहुन थिए, भात पकाउन मानेनन्'
बैठकमा एमालेले १६ बुँदे सहमति अनुसार प्रदेशको टुंगो पछि लगाउने गरी प्रस्ताव राख्ने तयारी गरेको छ । वरिष्ठ नेता झलनाथ खनालका अनुसार-अनुसुचीमा राख्दा हुने विषयलाई लिएर संविधान जारी गर्न रोक्न उपयुक्त हुँदैन ।चरी मारिनुमा मन्त्री महेश बस्नेतको यस्तो बयान
त्यो दिन मैले चरीलाई भनें, त्यसरी हत्या गर्ने त संगठनको नीति छैन, हातखुट्टसम्म भाँच्न सकिन्छ । ...... चरीले भन्यो, ‘यत्ति कामका लागि मलाई अहिले नै संगठनको आवश्यकता पर्दैन दाइ, म एक्लै काफी छु ।’ त्यसपछि उ उत्साहित हुँदै गयो । ...... चरी आफैं पनि माओवादी पीडित रहेछ । .... एकाध मान्छे चरीका पृष्ठभूमिका नभएसम्म वाइसियलले पेलिरहने निश्चित थियो । ....... चरीलाई ल्याउनुको कारण नै वाइसियललाई पछाडि धकेल्नु थियो। ..... एमालेको बुटवलमा महाधिवेशन चलिरहेको बेला मोबाइलमा चरीको फोन आयो । उसले भन्यो, ‘दाई हामीले हान्दिउ त्यसलाई । सायद बाँच्दैन होला । अस्पताल भर्ना भएको छ । छातीमै गोली लागेको छ । ...... मैले कुनै प्रतिक्रिया जनाउन सकिन । चरीले त्यो हदसम्म गएर कसैलाई गोली हान्ला भनी सोचेको पनि थिइन् । हदैसम्म भए जोग भाइको खुट्टा काट्नेको खुट्ट भाँचिदेला, सुशीलको हात काट्नेको हात भाँचिदेला भन्ने मात्रै ठानेको थिएँ । युथफोर्स युवा संघका त्यस अघिका कारवाहीहरुमा त्यस्तो हतियारको प्रयोग भएको थिएन । तर, चरीले गर्नु गरेको थियो । त्यसले मलाई ठूलो समस्यामा पार्यो । चरीले पार्टी प्रवेश गर्दिन भनेर काम गरेको थियो । ......... उसको काम क्षम्य थिएन । तर, माओवादीविरुद्ध गरेको आक्रमण भए पनि त्यो मेरो पनि एउटा गल्ती थियो । तर, त्यसले वाइसियललाई अलि साइजमा ल्याइदियो । त्यो घटनापछि युथफोर्सलाई थ्रेट आउन छा्ड्यो । ....... तर, उसका दुष्कर्महरु बारम्बार दोहोरिएका थिए । सम्झाउदा पनि उसका अपराधिक कार्य घटेको थिएन। गधालाई धोएर गाई बनाउन नसकिनेभएपछि म टाढिंदै गएँ । त्यति हुँदा पनि उसलाई अप्ठ्यारो परेको बेलमा मलाई फोन गर्न छाडेको थिएन । .......अहिलेको अवस्थामा कांग्रेसको महाधिवेशन हुनै सक्दैनः सुजाता
एकपटक दशैंताका प्रहरीले उसलाई गिरफ्तार गरेछ । सहयोगका लागि अनुनय विनय गरेपछि दशैको बेला भनेर मैले प्रहरीलाई हुनेसम्म सहुलियत दिन भनेपछि उसले सुध्रिन्छु भन्यो र प्रहरीले छोडिदियो ।
..... पछि एसपी रमेश खरेलसँग सल्लाह गरेरै उसलाई चार पाँच महिना थुनामा राखियो सुध्रिन्छ की भनेर । ...... चरी २०७१ साउन २१ गते प्रहरी इन्काउन्टरमा मारियो । त्यसभन्दा केही अगाडि प्रहरीले उसलाई पक्राउ गर्न खोजिरहेको छ भन्ने मलाई थाहा थियो । उसलाई पक्राउ गरियोस् र केही समय थुनामा राखियोस् भन्ने मेरो चाहना थियो । त्यो गर्दा उसमा सुधार आउँछ की भन्ने सोचेको थिँए ।
‘महाधिवेशनको कुनै पनि तयारी नभएकाले महाधिवेशन गर्न सम्भव छैन ।’ .... पार्टीका सबै नेताहरु संविधान निर्माणमा जुटेका बेला महाधिवेशन सार्दा फरक नपर्ने उनको भनाइ छ । कांग्रेसको महाधिवेशन पटक पटक सर्दै आएको छ । विधान अनुसार अव कांग्रेसको महाधिवेशन सार्ने ठाउँ नै छैन । ...... कोइरालाले पार्टीको १३ औँ महाधिवेशनमा सभापति पदमा लड्ने इच्छा समेत व्यक्त गरिन ।सिराहाका सिडिओ भन्छन्ः म आफैं छुवाछुत पीडित हुँ
'मेरा भान्से बाहुन थिए, भात पकाउन मानेनन्'
मैले सामाजिक समावेशीकरण विषयमा पीएचडी पनि गरेको हुँ र तराईका विभिन्न जिल्लामा छुवाछुत सम्वन्धी अन्वेषणमा पनि संलग्न छु । त्यसैले जातीय छुवाछुतका सामाजिक-सांस्कृतिक आयामहरुलाई गहिरोसँग बुझेको छु । ...... गाउँको परिवेश हेर्दा त्यहाँका मानिसहरुमा छुवाछुतसम्वन्धी परम्परागत सोचले जरो गाढेको पाइयो । यद्यपि हामीसितको छलफलमा गाउँलेहरुले जातीय कारणले पानी छुन नदिएको स्वीकार्नुभएन । ‘जातीय कारणले हो भने त मुसहर परिवारलाई पनि त दिने थिएनौं नि’ भन्ने तर्क राख्नुभयो । ..... मैले पछिल्लो समयमा प्रत्यक्षभन्दा बढी अप्रत्यक्ष छुवाछुतको सामना गरिरहेको हुन्छु । मेरो ओहदाका कारणले गर्दा प्रत्यक्ष छुवाछुत गर्न चाहिँ हिम्मत गरिहाल्दैनन् ...... दलित समुदायमाथि छुवाछुत कानूनबाट उन्मुलन भए पनि व्यवाहारिक रुपमा अझै छ्याप्छ्याप्ति छ । म आफैं पनि भुक्तभोगी हुँ । पाल्पाको दुर्गम गाउँमा जन्मेको हुनाले गाउँदेखि विद्यालयसम्म आफूमाथि गरिएका हेलाहोचोका घटनाहरु मन मस्तिष्कमा ताजै छन् । ...... मेरो जस्तो स्टाटसमा रहेको व्यक्तिले समेत प्रत्यक्ष वा परोक्षरुपमा ठाउँठाउँमा भेदभावको सामना गर्नुपरेको छ । ...... म पहिलोचोटि कार्यालय प्रमुख हुँदा मेरो भान्से बाहुन थिए । सुरुमा उनले मलाई खाना पकाउन इन्कार गरेका थिए । मैले उनलाई भनें, ‘मैले तपाईंलाई कुनै फाल्तु काम लगाएको छैन । पहिले गर्नुभएै काम हो । जागिर खानु छ भने आफ्नो काम गर्नुस ।’ उनले जागिर छाड्न सक्ने कुरा थिएन, त्यसैले वाध्य भएर काम गरे । ...... छुवाछुत दुई प्रकारका हुन्छन् : प्रत्यक्ष र अप्रत्यक्ष । प्रत्यक्ष छुवाछुत नांगो आँखाले देख्न सकिन्छ । तर,नयाँ संविधानको लडाइँ
अप्रत्यक्ष छुवाछुत मनोवैज्ञानिक प्रकारको हुन्छ । यो बाहिरबाट देखिँदैन तर असर उत्तिकै हुन्छ ।
........... यसको दिगो समाधान भनेको त जनचेतना नै हो । जातीय छुवाछुतविरुद्धको जनचेतनालाई अभियानकै रुपमा गाउँ गाउँसम्म पुर्याउनुपर्छ ।
No comments:
Post a Comment