पाँचौं दिन पनि जाजरकोट बन्द
आन्दोलन कुनै समूदाय बिरुद्ध होइनः यादव
‘ओलीले प्रतिगमनको नेतृत्व गरे’
दूतावासद्वारा ४० एम्बुलेन्स र ८ बस उपहार प्रदान
आन्दोलन कुनै समूदाय बिरुद्ध होइनः यादव
‘ओलीले प्रतिगमनको नेतृत्व गरे’
उनले सैद्धान्तिक आधार बिना पहिचान र सामथ्र्यलाई उल्टाएर ६ प्रदेश बनाईएको आरोप लगाए । उनले पर्सा देखि सप्तरीसम्मलाई सामथ्र्य विनाको प्रदेश बनाईएको बताए । ...... विगतमा भएका सहमति, अन्तरिम संविधान, समानुपातिक समावेशी, नागरिकता र राज्यपुर्नर्संरचना समिति लगायतको प्रतिवेदन उल्टाएर संविधानसभाले स्वामित्व ग्रहण गरेको विषय पनि चार दलले उल्ट्याएर संविधान ल्याउन लागेकाले स्विकार्न नसकिने बताए । ...... ‘जन विरोधी संविधान हामी मान्दैनौ । यसले एक भाषे नीति लागु गर्दै छ,’ उनले भने– ‘पाएको अधिकार पनि खोसिने काम गरेको छ । अपाङ्ग मस्यौदाले जन्माउने अपाङ्ग संविधान हामीले खोजेका होइनौं ।’‘संविधानमा समाजको सबै क्षेत्रका भावना समेटिने भारतको आशा’
एमाओवादीप्रति लक्षित गर्दै यादवले हिजो मगरात, लिम्बुवान, मधेस, थारुवान, बाड्दै हिड्नेले नै पहिलो संविधानसभा असफल बनाएको आरोप लगाए । साथै एमाले अध्यक्ष केपी ओली अहिले प्रतिगमनको तेतृत्व गरिहरकेको उनको आरोप थियो ।
दूतावासद्वारा ४० एम्बुलेन्स र ८ बस उपहार प्रदान
‘सबका साथ सबका विकास’ को भारतीय अवधारणा भारतका लागिमात्र नभएर छिमेकी मुलुकहरुसँग पनि हातेमालो गर्दै जाने नीति रहेको ...... भारतले सन् १९९४ देखि नेपालको ७३ जिल्लामा अवस्थित विभिन्न संस्थाहरुलाई ५ सय २ एम्बुलेन्स प्रदान गरिसकेको छ । भारतले नेपालका २५ जिल्लामा रहेका विभिन्न शैक्षिक तथा कल्याणकारी संस्थाका लागि ९८ बस उपहार स्वरुप प्रदान गरिसकेको छ । थारु आन्दोलनले जनजीवन प्रभावित
थारुकल्याणकारी सभाले आव्हान गरेको बन्दले शनिबार पनि रौतहटको जनजीवन प्रभावित भएको छ । आन्दोलनकारीले शनिबार बिहानदेखि सदरमुकाम गौर जाने र गौर भित्रने सबै सवारी रोकेका छन् । पूर्व-पश्चिम राजमार्गमा चल्ने सयौँ सवारीहरु दिनभर चन्द्रनिगाहपुरमा रोकीएको छ । प्रहरीले बलप्रयोग गरी राजमार्ग खुलाउन लाग्दा आन्दोलनकारीसँग केही बेर धकेलाधकेल भएको थियो । .......प्रदेश–२ मा पहाडी जिल्ला जोड्न लबिङ
आन्दोलनमा कांग्रेस, एमाले, एमाओवादी, लोकतान्त्रिक फोरम लगायत दलका नेता तथा कार्यकर्ताले नेतृत्व गरिरहेका छन् ।
प्रदेशमा चुलिएका असन्तुष्टि
नक्सा सार्वजनिक गरे लगत्तै बरु धेरैले गडबडी हुने अनुमान गरेको पूर्वी मधेस अपेक्षाकृत शान्त रह्यो । तर सर्वप्रथम अनपेक्षित ठाउँ अर्थात् खसआर्य समूहको प्राधान्य रहेको सुर्खेतमा त्यसको उग्र विरोध भयो । पहाड, त्यो पनि पश्चिम पहाडमा त्यति चर्को विरोध होला भनेर नेपाली कांग्रेस र एमालेले त परै एमाओवादीले पनि सायदै अनुमान गरेको थियो । त्यही अनुपात र चर्को रूपमा नभए पनि माथि कर्णालीसमेत सीमांकनको विरोधमा सडक प्रदर्शनमा आयो । चार दल प्रमुखहरूले नक्सांकन गरिरहँदा निश्चय नै यसबाट कर्णाली असन्तुष्ट हुन्छ भनेर अनुमान गर्न सक्नुपथ्र्यो । किनभने यसलाई एउटा स्वायत्त एकाइका रूपमा मान्यता दिनुपर्ने माग लामो समयदेखि बहसमा रहेको हो । तर
सुर्खेतको असन्तोष दलहरूलाई मात्र होइन, संघीयताका विज्ञहरूका लागि पनि आश्चर्यप्रद हुनपुग्यो ।
..... संघीयताका आधारमा राज्यको पुन:संरचना गर्ने उद्यममा जिल्ला, अञ्चल र विकास क्षेत्रलाई यथावतै राखेर नयाँ संरचना बनाउन हम्मे पर्छ भन्ने विषयविज्ञ विशेषज्ञले भनिआएका हुन् । तर संविधान निर्माणका लागि खटिएका राजनीतिक दलहरूले विगत करिब एक दशकभर आ–आफ्ना पंक्तिलाई यस यथार्थसँग अवगत गराएनन्, संघीयताका विषयमा शिक्षित, प्रशिक्षित गराएनन् । ....... यथार्थमा यो सर्वविदितै छ, जातीय प्रदेशको आग्रह मुलुकभर वितरित खसआर्य समूहसँग अलगावको भावनाबाट प्रेरित छ । ....... सुरुमा एक मधेस एक प्रदेश भनिरहेकाहरूले कालक्रममा यो थाहा पाए, त्यस्तो मधेस नेपालमा उपलब्ध छैन । भौगोलिक मधेस मेचीबाट सुरु भएर पर्सामा टुट्छ । अर्को मधेस नवलपरासीबाट पश्चिम जाँदै गर्दा दाङमा हराउँछ । त्यसपछि बाँकेबाट पश्चिम महाकाली पुगेर टुंगिन्छ । विशेषगरी सुनसरी र सप्तरीका मधेसी अभियन्ताहरूलाई देशको भूगोलकै बारे राम्रो जानकारी नभएकाले उनीहरूले एक मधेसको ढिपी गरिरहेका थिए, कतिपय उतै सुनसरी र सप्तरीकाहरू अझै यसैमा हठ गरिरहेका छन् । अर्को महत्त्वपूर्ण पक्ष मधेसको भूगोलमात्रै खण्डित होइन, त्यहाँ त सांस्कृतिक निरन्तरता नै टुटेको छ । भूगोलकै कुरा गर्दासमेत सप्तरी पश्चिम पर्सा, त्यसमा पनि धनुषा पश्चिम पर्सासम्म मात्र, त्यो पनि भावरलाई छोडेर, मधेसी मूलको सघन बसोबास छ । पूर्वमा झापा मधेसी मूलका हकमा लगभग शून्य छ भने पश्चिममा कैलीली, कञ्चनपुरमा उस्तै दशा छ । निश्चय नै नवलपरासी र रूपन्देही पश्चिम बाँके, बर्दियासम्म मधेसी मूलको गणनायोग्य उपस्थिति पाइन्छ । ....... नत्र विखण्डनको स्वरका कारण मधेसीहरूप्रति सहानुभूति राख्ने कतिपय पहाडीहरू नराम्ररी बिच्किए । त्यतिमात्र होइन, मधेस आन्दोलनमा एकजुट भएका मधेसीहरूसमेत खण्ड—खण्डमा बाँडिएर तिनको गणनाका लागि छुट्टै तथ्यांक विभाग खोल्नुपर्ने अवस्था उत्पन्न भएको छ । ......... पूर्वमा लिम्बुहरूको स्वायत्तताको चाहनाबाहेक पहाडको जनजाति आन्दोलनको सम्पूर्ण कमान माओवादीका हात थियो । आफ्नो विद्रोह विस्तारका क्रममा विभिन्न जातजातिलाई समावेश गर्न यसले जातजातिलाई स्वायत्तता दिने भ्रम बाँड्यो । मगरलाई जनसांख्यिक वितरण नै नहेरी मगरात भन्दियो, गुरुङलाई तमुवान बनाउने आश्वासन । नेवार जो देशैभर वितरित छन्, उनीहरूलाई काठमाडौं उपत्यकामा नेवा: राष्ट्रको पहिचान दिन खोज्यो । तामाङका लागि तामसालिङ भन्यो, राईका लागि खम्बुवान छुट्यायो । पूर्वी तराईका राजवंशी, सन्थाल र मेचेलाई कोचिला दिने बाचा गर्यो । थारुलाई थरुहट र भोजपुरी भाषीलाई भोजपुरा दिने भयो । त्यसबीच यस देशमा जातजातिलाई ठग्ने भनेका खसआर्य, त्यसमा पनि बाहुन हुन् भनेर कित्ताकाट गर्ने प्रयत्न गरियो । तर जातजातिलाई छुट्टाछुट्टै प्रदेश दिने आश्वासन दिइए पनि यस देशमा त्यस्तो नक्सा बन्न सम्भव थिएन । किनभने जतिसुकै हीन शब्दले खसआर्यलाई गाली गरे पनि यही नस्लका मानिस देशैभर छरिएर रहेका छन् । अर्थात् खसआर्य समूह एउटा क्षेत्रमा सीमित क्षेत्रीय समुदाय नभएर राष्ट्रभरि वितरित समुदाय हो । ......... गुरुङ, मगर, तामाङ, राई र लिम्बुहरू त्यस्तै तराईका थारुहरू पनि देशभर विस्तारित हुँदै गएका पाइए । पछिल्ला दुई—तीन सय वर्षमा पहाडमा यति धेरै आन्तरिक बसाइँ—सराइ भयो कि पुरानो थातथलोको आग्रह विस्तारै मेटिँदै नयाँ थातथलोको परिचय विकसित भयो । यहाँसम्म कि जस्तै पूर्वी पहाडको पाँचथरलाई नै हेरौं, त्यहाँ नेपालका सबैथरीका जातजातिहरू बसोबास गर्छन् । खसआर्य त छन् नै, गुरुङ त्यहीं मगर पनि छन् । त्यहाँका बाहुन—क्षत्रीलाई उनीहरूको थातथलो दुई सय वर्षपूर्व सिंजातिर थियो भन्नुको कुनै अर्थ छैन । पाँचथर नै उनीहरूको पैतृक थलो बनेको छ र हो । त्यस्तै गाउँका गाउँ राईहरू छन्, उनीहरूलाई खोटाङ फर्क भन्न मिल्दैन । .......निर्णायक स्थानमा बसेका दलहरूले आफ्ना पंक्तिलाई संघीयता के हो, साझा पहिचान किन भन्ने विषयमा राम्ररी प्रशिक्षित नगरेकाले वास्तवमा सुर्खेत प्रकरणको उदय भएको हो ।
........ प्रस्तावित छैटौं प्रदेशमा कर्णालीको स्थान र पूर्वी प्रदेशमा विशेष गरेर पूर्वी सीमान्तका नौ जिल्लालाई यस सीमांकनले यथोचित सम्बोधन गर्नसकेको छैन ।
No comments:
Post a Comment