भुमाफियाले जग्गा प्लटिङ्ग गरे जस्तो गरिएको सिमांकन मान्दैनौं ,पुर्व मन्त्री चौधरी

झापा, चितवन, सुर्खेत र कंचनपुर किन छुटाएको?
वीरगंज ५ भदौगच्छदारले प्रस्ताव गरेका थिए ८ प्रदेशको खाका
पुर्व मन्त्री एवम नेपाली कांग्रेस पर्साका सभापति तथा सभासद सुरेन्द्र प्रसाद चौधरी
ले पर्साबाट ठोरी गा.वि.स.लाई टुक्रयाई चितवन जिल्लामा गाभिने तीन दलिय निर्णय मधेश विरोधी भएको ठहर गर्दै सो निर्णयको विरोधमा आन्दोलनको घोषणा गरेका छन् । पार्टीका स्थानिय नेता र जिल्ला कार्यसमितिका सँग केन्द्रले राय सुझाव बिना नै ठोरीलाई चितवनमा मिसाईएको निर्णयबाट आफुहरु आश्चर्य चकित भएको बताउँदै तत्काल निर्णय सच्याउन माँग गरेका छन् । निर्णय नसच्याईए अखण्ड पर्साको पक्षमा आन्दोलन गरि रहेका आन्दोलनकारी शक्तिहरुसँग सहकार्य गरेर पर्सा जिल्लाको अस्तित्व स्थापित गराउन आफुहरु सडकमा उत्रिने बताउनु भएको छ । ...... अखण्ड पर्सा, अखण्ड नारायणी, अखण्ड जनकपुर तथा उदयपुर, सिन्धुली र नवलपरासीलाई समेटेर २ नम्बर प्रदेश बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।

झापा, चितवन, सुर्खेत र कंचनपुर किन छुटाएको?
No comments:
Post a Comment