२२९ बाट झरेर ८० मा पुगेको माओवादी अब १०-२० सीट मा पुग्ने बाटो अख्तियार गर्दैछ। युवा युवती लाई बन्दुक चलाउने प्रशिक्षण दिएको माओवादी ले आफ्नै पार्टी अध्यक्ष लाई सत्ता को चाहिं प्रशिक्षण दिन बिर्सेको रहेछ।
जनता को मा वोट माग्दा संविधान लेख्न भनेर वोट माग्ने तर जनताले सत्ता मा पुर्याए पछि काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर, अर्थ न बर्थ गोविन्द गाई, आफसेआफ पदमुक्त हुन लागेको र लगत्तै भएको पनि कटुवाल सँग निहुँ खोज्न मा प्रधान मंत्री प्रचंड ले आफ्ना सारा political capital खर्च गरे। त्यस पछि बचे खुचेको political capital एउटै वोटर बेस मा प्रतिस्प्रधा गर्ने र सामाजिक मुद्दामा कट्टर महेंद्रवादी सोंच भएको एमाले लाई बलियो बनाउन मा खर्च गरेको प्रचंड ले। माधव र झाले लाई प्र म बनाउन सक्दो गरेको, तर बाबुराम को पालोमा सक्दो असहयोग गरेको अचम्म को व्यवहार।
पहिलो संविधान सभा पछि को चुनाव पछि को प्रचंड को व्यवहार लाई strange नै भन्नुपर्ने हुन्छ। गाड़ी लाई पछ्याएको कुकुर ले गाडी समाये पछि "ला अब के गर्ने" भनेर अत्यास परे जस्तो।
आजीवन जंगल संघर्ष को बाहेक अरु संभावना को कल्पना गर्न नसके जस्तो देखियो।
होइन भने जनता ले आफ्नो कर्तव्य पुरा गरेको हो। सड़क मा आए। शहीद भए। सरकार बनाउन मिल्ने र संविधान लेख्न सकिने गरी वोट दिए। बदलामा प्रचंड को नौटंकी र तांडव नृत्य बाहेक केही पाएनन्। अनि जनता ले लोप्पा नख्वाये के ख्वाउँछ? अझ दोस्रो चुनाव ताका सबै भन्दा ठुलो विपक्षी ठानेको मधेसी दल लाई।
प्रचंड directionless.
Headless chicken जस्तो "सहमति" का लागि यता कुद्नु उता कुद्नु। काम न काज को।
आफ्नो मैंडेट waste गरे। सजाय पाए। सबक सिकेका छैनन्। अझ ठुलो सजाय पाउँछन्।
एमाले त माफिया पार्टी हो। कुनै सिद्धांत बाँकी रहेन त्यस पार्टी को। एमाले का अगाडि लम्पसार परे दुई कम्निष्ट पार्टी बीच "सहकार्य" हुन्छ कि भन्ने लोभ छ प्रचंड लाई। त्यो दिवास्वपन हो। बरु त्यसरी लम्पसार पर्दा एमाले ले स्वाप्पै खाइ दिन्छ। जनता ले हेरिराखेको छ। एमाले को मा लम्पसार पर्ने पार्टी सँग किन जाने? बरु एमाले सँगै किन नजाने भन्ने सन्देश जान्छ। वोट बेस त उस्तै उस्तै हो दुई पार्टी को।
कमल थापा राजा को मान्छे होइन। राजतन्त्र फर्किने संभावना ठ्याक्कै छैन। बाबा जी हरु भाड़ा मा उपलब्ध हुने कुरा।
गलती प्रचंड को आफ्नै छ। आफ्नो पार्टी को साइज ह्वात्तै घटाउन लागेका छन।
नवराजा हरु
16 States
विपक्षी नेता: उपेन्द्र यादव
बाबुराम भट्टराई डराउनु पर्ने कारण छैन
भारत बाट आउने भाड़ा मा उपलब्ध बाबा जी हरु
राजा होइन नवराजा हरु संग डर छ
बाजे हरु ले कसलाई झुक्याउन खोजेको?
आत्म समर्पण को पनि सीमा हुन्छ
चार दलीय सहमति प्रतिगामी, सशक्त आन्दोलनका लागि अपिल : तुलाधर
बाबुराम भट्टराईलाई खुल्ला पत्र
कुनै बेला म सोच्थें बाबुरामजीले पार्टी खोल्नु भयो भने वहाँसँग काम गर्नु पर्ला। तपाईको बौद्धिकताको म प्रशंसक थिएँ। हुन त म दलमै लागेर राजनीति गर्न अभिरुचि राख्ने मान्छे होइन तैपनि तपाईँले देशलाई अग्रगामी बाटोमा लैजानु हुन्छ कि भन्ने आश थियो।
No comments:
Post a Comment