सामर्थ्य को कुरा के भने पूरै देश नै असमर्थ छ। फॉरेन ऐड बाट चलेको देश। त्यसैले भारत सँग राजनीतिक र आर्थिक एकीकरण गरौं भनेर भनेको।
उपेन्द्र यादवको पहाडियालाई चेतावनी-‘पहाडतिर पस, नत्र तिमीहरुको सखाप हुन्छ’
बिर्ताप्रथाको निरन्तरता
उपेन्द्र यादवको पहाडियालाई चेतावनी-‘पहाडतिर पस, नत्र तिमीहरुको सखाप हुन्छ’
कैलाली क्षेत्र न १,२ र ३ का थारु समुदायको सहभागितामा भएको विरोध सभालाई विहीबार सम्बोधन गर्दै अध्यक्ष यादबले कञ्चनपुर-कैलालीदेखि चितवनसम्म थरुहट र पर्सादेखि झापासम्म मधेसीको बृत्ता भएकाले यहाँ पहाडिया बाहुन र क्षेत्रीलाई शासन सत्ता गर्न नपाउने अभिव्यक्ति दिए ।‘दलित नै संविधान कार्यान्वयनको ब्यारोमिटर’
सबै दलसम्बद्ध दलित नेता कार्यकर्ताहरू एक ठाउँमा उभिनु सकारात्मक भएको विचार राखे। ..... कार्यक्रममा सभासदहरू मानबहादुर विक, दलजित श्रीपाइली, जितु गौतम, एमाले स्थायी कमिटी सदस्य छविलाल विक, नेताहरू शम्भु हजारा पासवान, विनोद पहाडी, पर्शुराम रम्तेल, तिलक परियार, विश्वेन्द्र पासवानलगायतले बोलेका थिए ।बोक्रे जातियता
डा कृष्ण भट्ट्चनको नयापत्रीकामा लेख पढेपछि केहि जवाफ दिन मनलाग्यो, वहाँको बौद्धिक क्षमतामा कुनै कमि देखिदैन, तर मानसिकतामा ज्यादैनै संकुचित देखियो, वहां जस्तो ब्यक्ति एतिसम्म रेसिस्ट हुनुहुदोरहेछ भन्ने थाहा पाउँदा अचम्म लाग्यो ..... म यस्तो बाहुन हुँ जस्को औँलामा गन्न सक्ने जति पनि बाहुन साथी छैनन् । मेरा सबै साथीहरु जनजाती नै छन्, हुर्के बढेको पनि बौद्धमै भएर पनि होला, मलाइ रेसिजम र धार्मिक कुरा पट्ट्कै मन पर्दैन । ...... के तपाइलाइ पढाउने बेलामा ति बाहुन शिक्षकले अरु बाहुनलाइ बढी र तपाईंलाई कम पढाए ? तपाइका बाहुन साथिले यो भट्ट्चन हो, मगर हो, सुब्बा हो,जनजाती हो यस्लाई घृणा गर्नु पर्छ भन्ने कहिले भने ? ...... तपाइजस्तै अवसर पाएका भए अरुपनी पुग्थे होलान् , पुग्न नसक्नु प्रत्येक ब्यक्तिको आफ्नै कम्जोरी हो, तपाईं कुनै जाती बिशेष भएर त्यहा पुगेको होइन होला शायद । ..... किन बृटिस गोर्खामा बाहुन क्षेत्रि, नेवार पुग्दैनन ? उनिहरुसँग त्यो मेहनत छैन,त्यो धैर्य छैन तेति शारिरिक बल पनि छैन । कोहि पढ्छ, निजामती कर्मचारी हुन्छ्न कोहि ब्यापार गर्छ्न ब्यवसायी हुन्छ्न तेस्मा जाती बिशेषको ट्याग लाउने तपाइ को हो ? कति मन्दिरमा मगर पुजारी छन त्यो पनि गलत हो ? कि त्यस्लाई पनि तपाईं बाहुन देख्नु हुन्छ ? ...... धरानको कालो बंगुर भनेर ब्यवसाय गर्नेले पनि राम्रै पैसा कमाएका छन, कुनै बाहुनको छोरो अरब गएर पनि कमाएको छ, समस्या जातमा होइन तपाईं जस्ता ब्यक्तीले समाजलाइ दिएको नकारात्मक शिक्षामा छ । जनजाती भएर उच्च शिक्षा हासिल र उच्चपदमा पुग्ने ब्यक्तीले समाजलाइ के शिक्षा दिने भन्ने चेत नभएसम्म जनजातीहरु पिछडिया नै रहन्छ्न । तपाइको लेखले कसैलाइ मद्दत गर्दैन उल्तो यस्ले झन नराम्रो गर्दै छ । ........
तेसो त जनजाती को झगडामा परिवार नै सखाप हुने गरि छ्प्काएको उदाहरण तपाईं जस्तो बुद्दिमान मान्छेलाइ थाहा नै होला । कोहि चलाख भएर केहि प्रगती गर्छ भने त्यस्लाई जातको ट्याग लाउन मिल्छ ? जनजाती हाकिम भएका सयौं कार्यलय छ्न् कि ति पनि तपाइको नजरमा बाहुन हुन् ? ........
हामी जस्तो मिश्रीत जातजाती भाषाभाषी र सस्कृति भएको देशमा तपाइहरु जस्तो ब्यक्तिले समाज भाड्ने लेख लेख्नुको मुख्य उद्देश्य सामाजिक सन्तुलनमा खलल पुर्याउनु नै हो।
यस्मा तपाईंमात्र होइन धेरै पत्रकार, अधिकारकर्मी र पार्टिका नेताहरु पनि छन् जो बनाउन भन्दा बिगार्न चिच्याउँदै भजन गाउँछन् । .......... त्यसरीनै जातजाती भन्दै कुर्लनु हुने तपाईं जस्ता बोक्रे बौद्धिक र सामाजिक मर्यादामा आँच पुर्याउने कुरालाई छाप्ने नयाँपत्रीका जस्ता पार्टिको मुखपत्र बनेर आउने संचारमाध्यमलाई यसरी नै खान पुगोस् ! नमस्कार !!
बिर्ताप्रथाको निरन्तरता
संघीयताको सीमांकनका नाममा तीन ठूला दलका बाहुनक्षेत्री हर्ताकर्ताले आफ्नाका लागि बिर्ता सुनिश्चित गरे। केही बक्सिस पाउने लोभ सायद साक्षी किनारामा सदरको औँठा छाप लगाउने थारु मधेसी नेतामा पनि होला। तर त्यस्ता हथकण्डा सान्दर्भिक रहिरहेका भए अध्यक्ष ज्ञानेन्द्र शाहले कमल थापालाई नयाँ मुख्तियार बनाइसकेका हुन्थे।
...... स्वघोषित माओवादीहरू अन्ततः महत्वाकांक्षी एवं कार्यकुशल राजनीतिक उद्यमीमात्र रहेछन्। अर्जुनदृष्टि सत्ताको कुर्सीमा भएपछि आदर्श, प्रतिबद्धता, सहकर्मी एवं समर्थक जति सबै लक्ष्य प्राप्तिका साधन बन्न पुग्छन्। उपयोगिता सकिएपछि तिनको निसङ्कोच विसर्जन गर्ने गरिन्छ। अब आएर सत्य साबित भयो– सशस्त्र संघर्षको उद्देश्य सत्य र न्याय नभएर सत्ताको राप र तापको आकर्षण रहेछ। .....
हजारौंका बलिदान, लाखौंको विस्थापन एवं करोडौंका सपनाको अन्त्य दुई थान पूर्व प्रधानमन्त्रीको उत्पादनमा समाप्त हुनु
.......
व्यापारिक समूह (कर्पोरेट) प्रारूपमा चल्ने नेकपा (एमाले)
...... सम्झिन त हात्ती र कुकुरले पनि स सम्झिन्छन्, सोच्ने शक्ति डल्फिन माछामा पनि हुन्छ। स्याल छठ्ठु हुन्छ, बिरालो बाठो, काग चलाख र कोइली चंख। ...... सहकार्य, सहयोग एवं सहमतिका लागि परिवार एवं वंशजस्ता प्राकृतिक समुदायभन्दा ठूलो र व्यापक समदाय निर्माण गर्नुपर्ने हुन्छ। कुटुम्ब, टोल, छिमेक, कबिला, गाउँ, क्षेत्र हुँदै राष्ट्र र राज्य निर्माणसम्मको यात्रा मूलतः सामूहिक सम्मानको खोजी, स्थापना र प्रतिरक्षा हो भने मान्यता आधारहीन होइन। ....... दुनियाँभरका गरिब एकै हुने भए फ्रेडरिक एन्जेल्सले अनुमान गरेजस्तै राज्यको विघटन उहिल्यै भइसकेको हुन्थ्यो। धनीहरूको नियन्त्रणमा रहने राज्यको सुरक्षाका लागि गरिबहरू सुरक्षा फौजमा भर्ती भएर मर्न र मार्न तयार हुने थिएनन्। धर्मले मात्र जोड्ने भए संसारमा बौद्ध, इसाई, मुसलमान र हिन्दुका चार ठूला देशमा ९० प्रतिशतभन्दा बढीको बसोबास हुन्थ्यो। भाषाले जोड्ने भए अमेरिका वा अस्ट्रेलियालाई बेलायतको नियन्त्रणबाट मुक्त हुनुपर्ने थिएन । ...... नेपालमा सयभन्दा बढी भाषाभाषी छन्, ककसलाई राज्य दिन सकिन्छ र ? ओँठे जवाफका रूपमा उच्चारण गरिने दम्भपूर्ण उद्घोषलाई मसौदा संविधानको आधारभूत सिद्धान्त ठहर्याइएको छ। ... प्रस्तावित संघीयताको प्रारूपले सम्मानको सान्दर्भिकतालाई पूर्णतः खारेज गरेको छ। अखण्ड र विखण्ड आन्दोलनहरू प्रायोजित तमासा हुन्। द्वन्द्वको आगो त मौनताको भुसभित्र सल्किरहेको हुनुपर्छ। भनिएकै छ, समय आइसकेको विचार जति शक्तिशाली दुनियाँमा केही छैन। ......
संसारको सबभन्दा अविकसित, असमान एवं अन्योलपूर्ण देशमध्ये एउटामा समार्थ्यको राजनीतिक बहस उपहासपूर्ण
.......... एक तिहाइ जतिको राष्ट्रिय आय विप्रेषणबाट आउँछ। बाँकी दुई तिहाइ त्यही एक तिहाइको बीज लगानी एवं कारोबार सिञ्चनबाट फस्टाएको हो।नागरिकता लिनेभन्दा त्याग्नेको प्रतिस्पर्धामा राज्य र समाजका सम्रान्त सबभन्दा अगाडि छन्।
...... नेपालको कम्तीमा दुई तिहाइ जनसंख्या आफ्नो मानसिक ऊर्जाको अधिकांश भाग ‘जे आफू होइन, त्यो भएको साबित कसरी गर्ने’ भन्ने उपक्रममा खर्चिन बाध्य छन् । आदर्श नेपाली – हिन्दु बाहुन, क्षत्री, नेपाली भाषी र पुरुष बन्ने ध्याउन्नामा बाँकी जति जम्मैलाई अल्झाएपछि गोर्खाली सम्रानान्तले पुर्खाले गरेको राजनीतिक लगानीको ब्याज खाए पुग्छ। फलतः नेतृत्वका भूमिकामा रहेको असली नेपाली जमातले पनि रचनात्मकता देखाउनु पर्दैन। गौरवशाली परम्पराको चण्डी पाठ गरे पुग्ने रहेछ। ..... राज्य विस्तारको प्रारम्भिक चरणमा विजेताले युद्ध मैदानमा वीरता देखाउने लडाकुलाई विजित भूमिमा बिर्ता दिने गर्थे। बिर्ता सम्पति मूलतः निष्ठा र बहादुरीको पुरस्कार हो । अहिले पनि प्रस्तावित संघीयताको सीमांकन हेर्दा तीन ठूला दलका बाहुनक्षेत्री हर्ताकर्ताले आआफ्नाका लागि बिर्ता सुनिश्चित गरेका छन्। .......दलाधिपतिले जेजति गरे पनि संविधानसभा फगत भारदारी सभा होइन। त्यहाँ दलका सचेतकको शाब्दिक कोर्रा (ह्विप) काम लाग्दैन।
No comments:
Post a Comment