संविधान सभा, सर्वोच्च र राष्ट्रपति सबै चुकेको खण्डमा अन्तिम अस्त्रको प्रयोग हुन्छ: मधेस अलग देशको घोषणा हुन्छ। र त्यो सीके राउत लाई outsource गर्न खोजेको कुरा होइन। २००६ को अप्रिल क्रांति मा जीउ ज्यान एक गरेर लागेको मान्छे म, मधेसी क्रांति मा जीउ ज्यान एक गरेर लागेको मान्छे म, ओबामा लाई राष्ट्रपति बनाउन जीउ ज्यान एक गरेर लागेको मान्छे म, अहिले संविधान निर्माण मा सकेसम्म सघाउन खोजेको मान्छे म। त्यो परिस्थिति आयेमा जीउ ज्यान एक गरेर लाग्ने निर्णय गरेको मान्छे म। मधेसी जनता लाई बीच नदीमा छोड्ने छैन।
त्यो अन्तिम अस्त्र भनेको सीके राउत हो। त्यो अंतिम अस्त्र ले अंतिम अस्त्र को रोल पनि खेल्नु पर्ने अनि त्यही अंतिम अस्त्र तरकारी काट्ने चक्कु पनि भइ दिनु पर्ने हुन सक्दैन। त्यो परिस्थिति आयेमा म मधेस अलग देश को एजेंडा मा नफर्किने गरी उभिन्छु भनेको ख्याल ख्याल होइन। बजाप्ते रोडमैप छ। कदम कदम सोच्न भ्याईसकेको।
संविधान सभा, सर्वोच्च, राष्ट्रपति र सीके राउत मध्ये सबै भन्दा निरीह संविधान सभा का मधेसी देखिएका छन, त्यसमा पनि मधेसी दलका नेता हरु। ती मधेसी दलका नेता जाबो पार्टी एकीकरण गर्न नसक्ने हरु। संख्या मा पनि राजनीतिक skill मा पनि कम, त्यही राजनीतिक skill मा कम भएकोले संख्या मा कम। तिनले सीके राउत ले आएर bad situation लाई worse बनाई दियो भन्ने तर्क सार्नु मानसिक दासता को थुप्रै मध्ये नया उदहारण हो। सीके राउत त्यहाँ छैन भने राष्ट्रपति र सर्वोच्च ले आफु ले गर्नु पर्ने गर्लान नगरलान भन्ने शंका हुन्छ। र सीके, शीतल र सर्वोच्च छैन भने मधेसी दलका मधेसी नेता लाई प्रतिक्रांतिकारी हरुले अहिले सम्म मा appetizer बनाएर खाइसकेको हुन्थ्यो। हजम।
यदि अहिले मधेसी दलका नेता सही संविधान ल्याउन सफल हुन्छन भने त्यसमा सीके राउत को ठुलो योगदान रहनेछ।
No comments:
Post a Comment