सरकारी आँकड़ा अनुसार देशमा ४३ लाख मधेसी नागरिकता पत्र विहीन छन। को हुन ती? नेपाल यस्तो देश हो जहाँ तपाइँसँग नागरिकता पत्र छैन भने तपाइँको नाममा जग्गा हुन सक्दैन। भने पछि ती ४३ लाख सबै भूमिहीन हुनुपर्छ। भने पछि ती भारतबाट भागेर आएका हुन त? सम्भव छैन। नेपालको मान्छे मलेशिया जान्छ, कतार जान्छ। भारतको मान्छे नेपाल किन आउने? २५० वर्षको एकात्मक व्यवस्थाले गर्दा सड़े गलेको अर्थतन्त्रमा त्यस्तो के आकर्षक कुरा छ कि भूमिहीन भए पनि नेपालमैं बस्नुपर्ने? पुस्तों पुस्ता देखि बसिबसाऊ गर्दै आएका मिथिलावासीलाई पहाडबाट झरेर आएको केपी ओली जस्तो मेहमानले विदेशी भन्दिने?
मैथिलीमा एउटा कहावत छ ----- कनि बैठे दिय, कनि गोर पसारे दिय, कनि सुतहु दिय। अलिकति बस्न देउ, (केही समय पछि) अलि कति खुट्टा खुकुलो पार्न पाए हुन्थ्यो, (केही समय पछि) सुत्न ठाउँ देउ। पहाडबाट झरेको शरणार्थी केपी ओली, अहिले आएर स्थानीय वासिन्दालाई नै बिहार युपी धपाउने कुरा गर्ने?
वर्गीय मुक्तिको कुरा छ। जातीय शोषणको पक्षमा उभिएको प्रमुख शक्ति आजको एमाले। त्यो
मार्क्सवाद हुँदै होइन। मार्क्सवाद भनेको जातीय शोषणको विरुद्धको सिद्धान्त हो। र जातीय शोषण र वर्गीय शोषणबीच सम्बन्ध छ। जातीय शोषणमा परेकाहरु वर्गीय शोषणमा पनि परेका हुन्छन्। जातीय शोषणमा परेकाहरुको समुह बेग्लै, वर्गीय शोषणमा परेकाहरुको समुह बेग्लै भन्ने छैन। त्यो कुरा नेपालमा टडकारो रुपमा देख्न सकिन्छ।
जातीय मात्र होइन लैंगिक शोषणको प्रमुख शक्ति पनि
आजको एमाले हो।
देशलाई माफियाकरणको बाटोमा लांदा सबभन्दा मर्का पर्ने भनेको साधारण जनता हो। मर्कामा पर्ने खस समुदायकै ९८% मानिस हुन। त्यसलाई उराठलाग्दो वर्गीय विभेद नै भन्नुपर्ने हुन्छ।
जातीय विभेदको पक्षधर, लैंगिक विभेदको पक्षधर, वर्गीय विभेदको पक्षधर आजको एमाले पुर्ण रुपले विचलित पार्टी हो। यो पार्टीले बाटो हराएको छ। त्यसको सजाय देशले पाउनु हुन्न।
मधेशमा वर्गीय विभेदकै कुरा गर्ने हो भने नागरिकता पत्र नहुनु, भूमिहीन हुनु र निरक्षर हुनुमा सबैभन्दा गार्हो नागरिकता पत्र नहुनु नै हो। त्यस्तो मान्छेले पासपोर्ट बनाउन पाउँदैन अनि मलेसिया कतार जान पाउने कुरा आउँदैन। ती ४३ लाख भूमिहीन मधेसीलाई नागरिकता पत्र दिनुहुन्न भनेर सबैभन्दा चर्को स्वरमा कराएको शक्ति एमाले हो।
गिरिजा जस्तै म पनि बिहारमा जन्मेको मान्छे। मलाई बिहारी भन्दिन्दा हुन्छ केपीले, तर ती ४३ लाख मधेसीलाई नागरिकता पत्रबाट वंचित राख्नु पाप हो।
नागरिकताको सवालमा ठुलो स्वरमा कराउने मधेसवादी पार्टीहरु वास्तवमा मधेसमा वर्गीय मुक्तिका सच्चा सिपाही हुन। जातीय मुक्ति र वर्गीय मुक्ति जोडिएको छ।
पहिला त ती ४३ लाखले कमसेकम वोट खसाल्ने गरेका थिए।
माधव नेपालले त्यो पनि चिलिम गर्दियो।
को हुन ती ४३ लाख नागरिकता पत्र बिनाका मधेसी? ती स्थानीय भूमिहीन हुन। ती
राजा जनकका सन्तति हुन। तिनलाई वोटर लिस्टमा लाने हो। तिनलाई नागरिकता पत्र दिने हो। तिनलाई भूमि दिने हो। तिनलाई शिक्षा र स्वास्थ्य उपलब्ध गराउने हो। तिनको रोजगारीको व्यवस्था गर्ने हो। तिनको उत्थान गर्ने हो।