'मलार्इ दलहरुले सहमतिमा लिएनन्'
रामवरण यादवले राष्ट्रवादको खोक्रो नारा दिएर मुलुकलाई अधिनायकवादतिर धकेल्ने प्रयास भइरहेको बताएका छन् । अर्थतन्त्रबेगरको उग्रराष्ट्रवादले लोकतन्त्रलाई कमजोर बनाउने यादवको भनाइ छ । ...... केपी ओलीको नाम नलिई पूर्वराष्ट्रपति यादवले तितो भाषा बोलेर समस्याको समाधान नहुने ...... 'एकपटक गल्ती भएकै हो । अब महागल्ती नगरौं ।' ..... कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिदेखि असन्तुष्ट रहेका यादवले त्यसयताको संविधान संविधान निर्माणको प्रक्रियामा आफ्नो भूमिका नरहेको बताए । 'मलाई सहमतिमा नलिईकनै दुई पार्टीले सातबुँदे सहमति गरे । त्यसपछिको संविधान निर्माणको प्रक्रियामा म सिनमा छैन,' गुनासो पोख्दै यादवले भने, 'मलाई राजनीतिक दलले साथ दिएनन् ।' ...... आफूलाई मन नपर्दा नपर्दै पनि संविधान जारी गर्नु आफ्नो संवैधानिक कर्तव्य रहेको यादवले बताए ।.... 'नेकपा-माओवादी संविधानबाहिरै थियो । संविधान निर्माणको प्रक्रियामा रहेको मधेसी मोर्चा प्रदेशको सीमांकनको विषय लिएर बाहिरियो । उनीहरूलाई विश्वासमा लिएर संविधान जारी गर्न मैले सुशील, प्रचण्ड, केपी र विजयलाई बोलाएर भनें । संविधान निर्माणको प्रमुख समितिमा रहेका सभापतिहरूलाई पनि बोलाएर भनें केही दिन समय लिएर समस्या हल गरौं,' यादवले भने, 'मैले १५, १० र ७ दिन कति हुन्छ समय दिउँ भनेर जोड दिए । तर, संविधानसभामा संविधान जारी गर्ने समय पारित गरेर मेरो चाहनामा ब्रेक लगाउने काम भयो ।' उनले मधेसको फोर्सलाई बाहिर राखेर संविधान जारी गर्नुपर्दा आफूलाई पीडाबोध भएको पनि बताए ।दाहाल-ठाकुर भेटवार्ता
दाहालले मधेसी मोर्चालाई संसदमा विचाराधीन संविधान संशोधन प्रक्रियामा सहयोग गर्न आग्रह ..... दाहालले राजमार्ग र सीमा नाकामा मधेसी मोर्चाबाट भइरहेको अवरोध अन्त्य गर्नसमेत ठाकुरलाई आग्रह गरेकोसंकट लामो समय नजाला : कोइराला
हामीले यस्तै विश्वास नलाग्ने परिस्थिति पार गर्दै आएका हौं । सेना समायोजन हुन्छ, हतियार व्यवस्थापन हुन्छ भन्दा धेरैले पत्याएनन् । त्यसबेला शिविरमा बसेका लडाकु छाडेर निस्कनेसम्मको घटना पनि भएकै हो । .... तर, सेना समायोजन भयो, हतियार व्यवस्थापन भयो । ....... चुनाव हुन्छ भन्दा साथीहरू पत्याउँदैनथे । मतदान हुने १५ दिनअघिसम्म पनि धेरैलाई विश्वास थिएन तर संविधानसभाको चुनाव भयो । ..... तराई–मधेसको आन्दोलनले अहिले सारा देशले दु:ख पाएको छ । यहीबेला भारतको पनि व्यवहार हामीले अपेक्षा गरेकोभन्दा फरक भइदियो । मलाई लाग्छ यो संकट अब लामो समय नजाला । छिट्टै समाधान हुन्छ । .......हामीले उठाएको संशोधन प्रस्तावमा सबैको सहयोग भएको भए मधेसको मूल माग सम्बोधन हुने थियो ।
..... यो अवस्थामा हामीले संविधानमा केके छन् भनेर बुझाउन नसकेको जस्तो लाग्छ । आदिवासी–जनजाति साथीहरू आउनुहुन्छ, महिला, दलित आउनुहुन्छ, ज्ञापनपत्र दिनुहुन्छ र यस्तो भएन भने आन्दोलनमा जान्छौं भनेर मलाई नै पनि भन्नुहुन्छ । ...... त्यस्तै मधेसी साथीहरूको पनि कुरा हो ।संविधान हेर्नुस्, सबैको अधिकार सुरक्षित गरिएको छ ।
यो अभ्यासमा जान समय लाग्छ । हतार हतारले यसमा केके छन् भनेर बुझिने होइन । ....... यसले जातजाति, भाषाभाषी सबैको अधिकार सुरक्षित गरेको छ ....... मधेसी साथीहरूसँग सुरुमै छलफल चलाउँ भन्दा पार्टीहरूले साथ नदिएकै हुन । अनि यो समस्या आयो । ...... देशका ४० लाख युवा बाहिर छन् । ..... जसले चलाए पनि सजिलो अवस्था होइन । ..... मैले चलाउँदा पनि साथीहरूले मन्त्री हुन इच्छा नगरेका होइनन् तर, अहिलेजस्तो मन्त्रालय फुटाएर सबैको भाग पुर्याउनुपर्ने परिस्थिति भएन । त्यस्तो मामिलामा अहिले प्रधानमन्त्रीले संयोजन गर्न नसकेजस्तो लागेको छ ।