डा बाबुराम भट्टराई: आन्दोलनको उत्कर्ष र त्रस्त सत्ता
Baburam Bhattarai May Not Preach Violence To The Seven Party Alliance
यो लेख म कनिकुथी लेखिराखेको छु। नेपालीमा टाइप गर्न थालेको धेरै भएको छैन। विस्तारै विस्तारै लेखिन्छ। ह्रस्व दीर्घ समय समयमा नमिलेको सिकायतहरु पनि सुन्नुपरेको छ। तर नेपालीमा लेखे नेपालमा बढी मान्छेले पढ्न पाउने भएकोले नेपालीमा लेख्नुको बढी स्वाद छ। यो लेख म स्पष्ट रुपले डा बाबुराम भट्टराईको भर्खरै नेपाल पत्रिकामा प्रकाशित भएको लेख "आन्दोलनको उत्कर्ष र त्रस्त सत्ता" को उत्तरको रुपमा लेखिराखेको छु। वहाँलाई अन्तर्वार्ता लिने पत्रकार देखि लिएर मावोबादी वेबसाइटमा रहेको इमेल ठेगाना मार्फत वहाँसँग सिधा सम्पर्क गर्न खोजेको धेरै भयो। अहिलेसम्म सफल भएको छैन। हामीले वादविवाद गर्नु जरुरी छ।
अमेरिकाको १७७६ को क्रान्ति हिंसात्मक रह्यो, फ्रान्सको १७८९ को क्रान्ति हिंसात्मक रह्यो, र त्यो हिंसाकालागि अमेरिका र फ्रान्सले कहिले क्षमायाचना गरेको छैन। उल्टै ती क्रान्तिहरुको वार्षिकोत्सव दुवै देशले भव्य रुपमा मनाउँछन्। अमेरिकामा सबैभन्दा बढी आतिशबाजी जुलाई ४ को साँझ हुन्छ। र यी कम्युनिष्ट अथवा समाजवादी देश पनि होइनन्। एउटाले ब्रिटिश साम्राज्यवाद फाल्यो, अर्कोले राजतन्त्र फाल्यो, त्यतिमात्र। नेपालमा अहिले जे हुन लागेको हो त्यो अमेरिकाको १७७६ को क्रान्ति र फ्रान्सको १७८९ को क्रान्ति जस्तो हो भनेर मैले आफैं नै भनेको छु। (Loktantra: Pahilo Patak) तर मैले हिंसाको कडा प्रतिवाद गरेको छु। (Baburam Bhattarai May Not Preach Violence To The Seven Party Alliance) त्यो ममा वैचारिक अस्पष्टता देखिएको हो त? कि मैले अज्ञानतावश आन्दोलनलाई कमजोर पार्न खोजेको हो?
माओवादीको विश्व इतिहासमा नै अर्को उदाहरण नभएको एकतर्फी युद्धविरामलाई लत्याउने राजाको निर्णयले मलाई लोकतान्त्रिक गणतन्त्रको पक्षमा स्पष्ट रुपमा उभ्यायो। त्यसपछिको काठमाण्डुको कर्फ्युको नौटंकीले त झनै लोकतान्त्रिक गणतन्त्रको लक्ष्यलाई मेरो दिल र दिमागमा स्पष्ट पारिदियो। (लोकतान्त्रिक गणतन्त्र नै किन?)